Posts

Showing posts from June, 2024
Image
  हरेक १ जुलाईले लिम्बुधुरा गाउँलाई सम्झाउँछ त्यो कहालीलाग्दो बिहान मिरिक:   मिरिक महकुमा अन्तर्गत टिङलिङ चियाबारी लिम्बुधुरा गाउँको लागि १ जुलाईलाई कालो दिनको रुपमा मानिन्छ। यसै दिन १ जुलाई २०१५ को बिहान ३ बजेर १० मिनटतिर गएको विनाशकारी पैह्रोमा परि लिम्बुधुराका १९ जनाले ज्यान गुमाएका थिए। यसै दिन मिरिक महकुमा भरी २५ जनाले पैह्रोमा परि ज्यान गुमाएका थिए। नभन्दै त्यो विभत्स अनि कहालीलाग्दो दिनको सम्झना गर्दै आज १० वर्ष बितिसकेको छ। यसै सम्झनामा त्यससमय पैह्रोमा आफ्ना ११ जना सदस्य गुमाउने एक जीवित व्यक्ति बालकृष्ण शर्माले ती दिनलाई कसरी सम्झना गर्छन् अनि के कस्तो स्थिति अनि परिस्थितिसित जुझ्दै जीवन बाँचिरहेका छन् ।  यसबारेमा  प्रस्तुत छ   मिरिकका सुपरिचित पत्रकार  दीप मिलन प्रधान को यो विशेष रिपोर्ट :
Image
सिक्किम:   तिर्कुताममा खेत खलियानमा रमाइलो रोपाइँ नेपाली विभाग , नरबहादुर भण्डारी सरकारी महाविद्यालय , तादोङ‌द्वारा आयोजित गान्तोक: नेपाली विभाग , नरबहादुर भण्डारी सरकारी महाविद्यालय , तादोङ‌ले रमाइलो रोपाइँको दोस्रो प्रकरण साङअन्तर्गत तिर्कुताममा सम्पन्न गर्‍यो। विद्यार्थीहरूलाई पुस्तकीय ज्ञानका अतिरिक्त खेत खलियानको अनुभव गराउनका साथै कृषि-कर्मको महत्त्व र मूल्य-मान्यता बोध गराउने उद्देश्यका साथ यस वर्ष नेपाली सम्मान चौथो सत्रका जम्मा ६० जना विद्यार्थीहरू यस अवसरमा उपस्थित थिए। गत वर्षदेखि थालिएको यस प्रकल्पलाई निरन्तरता दिँदै यस पटकको प्रकरणमा विद्यार्थीहरूले सक्रियताका साथ सहभागिता जनाए। खेतमा धान रोप्ने , हिल्याउने बियाडबाट बिउ उखेल्ने , दाँदै लगाउने , आली अँचिला लगाउने जस्ता सामान्य लाग्ने तर श्रमसाध्य कार्यको महत्त्वबारे विद्यार्थीले क्षेत्रगत भ्रमणबाट नै ज्ञान आर्जन गर्न पाउने ध्येय लिएर यो रमाइ‌लो रोपाइँ आयोजन गरिन्छ। कृषि कर्म सम्बन्धी कतिपय शब्दहरू आजको कृत्रिम बौद्धिकता र प्राविधिक विद्याको चपेटमा लोप भएर जाने सम्भावना बढिरहेको बेला भाषिक , सांस्कृतिक र पारम्परिक मूल...
Image
सामाजिक अभियन्ता स्व. खप्पनदास राईको जन्मजयन्ती भव्य रुपमा पालन   मिरिक: मिरिक महकुमाअन्तर्गत सौरेनी बस्तीस्थित घुमाउनेटारको सर्वाजनिक भवनमा आज   युग पुरुष स्व. खप्पनदास राईको   जन्मजयन्ती समारोह भव्य रुपमा पालन गरियो। प्रेम साम्पाङको अध्यक्षतामा सम्पन्न भएको समारोहमा मुख्य अतिथि मिरिक पञ्चायत समितिका अध्यक्ष कैलाश खवास अनि विशिस्ट अतिथिको रूपमा जीटीएका कार्याकारी सभासद अरुण सिग्ची उपस्थित थिए। युवा सचेतक एवं समाजसेवी मनोज नाम्दुङद्वारा संचालित समारोहमा स्व. खप्पनदास राईको जीवन संघर्ष र उनको सामाजिक योगदान बारे आयोजक समितिका अध्यक्ष एन.डी.नामदुङले   प्रकाश पारेl स्व. खप्पनदास राई जस्ता व्यक्तित्वको सक्रियतामा शुरु भएको सौरेनी बस्तीको गरिमामय इतिहासलाई दिगो राख्न आजको युवा पिडीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता माथि उनले जोड दिए।  स्व. खप्पनदास राई ले   सौरेनी बस्तीका नागरिकहरुलाई खासमलवासी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिएl बस्तीमा   प्राथमिक पाठशाला निर्माण गर्न , सडक निर्माण , प्राथमिक स्वस्थ्य केन्द्र निर्माण , लगायत ...
Image
‘टिस्टा बचाऊ आन्दोलन’मा ओर्लिन तयार भयो गोर्खा गौरव संस्था प्रेरणाको स्रोत बन्यो ‘नर्मदा बचाऊ आन्दोलन’   कालेबुङ: टिस्टा नदीको गम्भीर अवस्थालाई लिएर कालेबुङबाट गोर्खा गौरव संस्था टिस्टा बचाऊ अभियानमा ओर्लिन तयार भएको छl टिस्टा बचाउनका लागि गोर्खा गौरव संस्थाले आन्दोलनको रुपरेखा तयार पारेर सार्वजनिक गरेको छl  गत वर्ष ४ अक्टोबरमा ल्होनर्क पोखरी फुट्दा टिस्टा नदीमा भीषण बाढी आएर कहालीलाग्दो अवस्था सृजना भएको थियोl यसै बेलादेखि केन्द्र सरकार र पश्चिम बंगाल सरकारको टिस्टा आपदा अनि प्रकोपमाथि नै उदासिनता देखाएको संस्थाको भनाइ छl आजपर्यन्त पीडित अनि प्रभावित परिवारहरूलाई पुनर्वासको व्यवस्थाका साथ ठोस  वैकल्पिक व्यवस्था प्रदान गरेको छैन भन्ने कुरा उठाएको छl संस्थाको भनाइ यस्तो छ, ‘टिस्टा नदी नजिकका क्षेत्रहरूलाई यस्ता प्रकोपहरूबाट बचाउन कुनै चासो नदेखाइएकोले अनि अब टिस्टा नदी नजिकका क्षेत्रवासीहरूलाई  न्याय दिलाउन अनि टिस्टा नदी क्षेत्र साथै पर्यावरणलाई बचाउन ‘टिस्टा बचाऊ आन्दोलन’ गर्न हामी अघि आएका छौं।‘ यस टिस्टा बचाऊ आन्दोलनलाई हालमा पश्चिम बंगालको रम्फूदेखि सेभोक बजार...
Image
  उत्तर सिक्किम र जोङ्गु क्षेत्रसँग सम्पर्क पुनर्स्थापित गर्न बीआरओको कार्य युद्धस्तरमा चल्दै सेनाका ईन्जिनियरहरूसँगको समन्वयमा बेली ब्रिज शुरु गान्तोक: यसै महिना १२ जूनदेखि लगातार परेको पानीले उत्तर सिक्किममा विनाशै मच्चायो। भारी वर्षाका कारण उत्तर सिक्किम जाने विभिन्न सडकहरू जस्तै डिक्चु-सङ्कलाङ-तुङ , मंगन-सङ्कलाङ , सिङताम-राङराङ , राङराङ-तुङले धेरै ठूला पैह्रोहरूले पुर्याएका क्षतिहरूको अनुभव गरेका छन् , जसले गर्दा उत्तर सिक्किमको सम्पर्क विच्छेद भएको छ। पुलबाट उत्तर सिक्किम र जोङ्गु क्षेत्रको सम्पूर्ण जोडिएको कारण साङ्कलाङमा नवनिर्मित झोलुङ्गे पुल भत्किएपछि स्थिति गम्भीर बनेको थियो। परिस्थितिको गम्भीरता महसुस गर्दै बोर्डर रोड अर्गनाइजेसन (बीआरओ ) का साहसी कार्यकर्ताहरूले प्रकृतिले दिएको चुनौतीलाई स्वीकार गरे। पहिलो दिनदेखि बीआरओको परियोजना स्वस्तिकले पहिलो प्रतिक्रियाकर्ताको रूपमा स्लाइड क्लियरेन्स कार्यहरूको लागि विशाल जनशक्ति र भारी मेसिनरीहरू परिचालन गरेर पुनर्स्थापना प्रयासहरूमा प्रवेश गर्यो। भारी वर्षा र खराब मौसमको बावजुद बीआरओले मंगन-चुङ्थाङ सडकको राफाङखोला र लान्थाखो...
Image
  सञ्जय प्रधान - घरका मूल दैलोको एकपट्टि हरियो पोशाक लगाएर घोडामा चडेर हातमा धनुकाँढ बोकेर निशाना लगाइरेका किराँती राजा यलम्बरको यो तस्वीरले उहिले कुनै जमानाको युद्धभूमिको दृश्य झल्काउँछl यसका साथै राई जातिका परम्परा र संस्कृतिसित जोडिएका विभिन्न सामग्रीहरू सानो नाङ्लोमा टाँसेर घरको मूल दैलोमा दुईपट्टि झुन्ड्याइएको यो घर निक्कै अघिको हो भन्ने स्पष्ट बुझिन्छl वरिपरि पहाडको बीचमा बाक्लो हरियो जङ्गल र खेतीपातीको बीचमा अवस्थित यस घरको अघिल्तिरको आँगनमा बनाइएका ढुङ्गाको कञ्चनजङ्घा हिमालको प्रतीकले सुन्दरता अझ खुलेको छl पूर्व सिक्किमको एउटा चर्चित ठाउँ रोङ्गली बजारदेखि करिब ९-१० किलोमिटर माथि नर्थ रिगुको छुबा बस्तीमा अवस्थित यस घरका धनी हुन् उद्यमी पौरखी पुरुष ५७ वर्षीय विकाश राईl उनी खेतीपातीका साथमा पारम्परिक सामग्रीहरू संरक्षण गर्ने कार्यमा निक्कै चासो राख्छन्l बाजेको पालाको घर अहिले पनि उस्तै आकर्षक देखिन्छ अनि पुरानो जमानाको सम्झना गराउँछl यस घरबाट देखिने वरिपरिका खेतीपाती, माछाका ठूला ठूला   पोखरी र मौरीका डोढहरूको दृश्य खुबै रमाइलो देखिन्छl उनका छोरा प्रीतम राई प्रतिभाशाली ...
Image
४ जुलाईमा आदि पत्रकार गङ्गाप्रसाद जयन्तीमा विशेष व्यक्तिहरूलाई सम्मान जनाइने   टेकबहादुर तामीलाई गङ्गाप्रसाद स्मृति साहित्य सम्मान टाइम्सका समाचार सम्पादक अर्पण प्रधानलाई पत्रकारिता सम्मान रेभ. सी. सोदेम्बालाई सामाजिक सम्मान गान्तोक: गङ्गाप्रसाद स्मृति प्रतिष्ठानले आउँदो महिना ४ जुलाईको दिन गान्तोकमा आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको १७३औँ जन्म जयन्ती भव्यतापूर्वक पालन गर्ने भएको छ। बिहीबार , २० जूनको दिन गान्तोकमा बसेको प्रतिष्ठानको बैठकले यस्तो निर्णय लिएको हो। गङ्गाप्रसाद स्मृति प्रतिष्ठानले यस अवसरमा विभिन्न क्षेत्रमा योगदान दिँदै आएका व्यक्तित्त्वहरूलाई गङ्गाप्रसाद स्मृति सम्मानद्वारा सम्मानित गर्ने निर्णय लिएको छ। यसअन्तर्गत सिक्किमेली साहित्यकार टेकबहादुर तामीलाई गङ्गाप्रसाद स्मृति साहित्य सम्मान , पत्रकार एवं सम्मिट टाइम्सका समाचार सम्पादक अर्पण प्रधानलाई पत्रकारिता सम्मान , कलाकार जोन डी. खवास   सङ्गीत सम्मान , सामाजिक क्षेत्रमा रिनाक किङस्टोनको अखिल सिक्किम असहाय कल्याण समितिका प्रमुख रेभ. सी. सोदेम्बालाई सामाजिक सम्मान , अध्यात्ममा पास्टर पीएस तिङबु अन...
Image
  फिल्म ‘ कङ्गारु ’ मा कलाकार जितु नेपाल अनुबन्धित काठमाडौं: फिल्म ‘ कङ्गारु ’ मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले   शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो।  यो फिल्ममा यस अघि कलाकार केदार घिमिरे ‘ माग्ने बुढा ’ र अर्पण थापा अनुबन्धित भइसकेका छन्। राजिभ गुरुङ ‘ दीपक मनाङ्गे ’ को प्रस्तुतिमा तयार हुने  फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बन्दै गएको छ। जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको  बताएका छन्। उनले भने , ‘ फिल्म ज्वाइँ साबको सेटमै आएर स्ताक्षर गराउनु भयो , यो अवसरका लागी निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक दिलीप पन्त जी लगायत सम्पूर्ण टिम प्रति आभारी छुl ’ यसअघि फिल्म ‘ लाखे ’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स , थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। हाल अष्ट्रेलीयामा फिल्मकालागि छायांकन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब हप्तामा नायिका फाईनल गरेसँगै छायांकनमा जाने तयारी रहेको जानकारी दिए। ३५ दिनको छा...
Image
लेज फार्म इक्वलद्वारा महिला किसानहरूको सम्झनामा अनुकूलित माईस्ट्याम्स जारी कोलकाता: महिलाहरू पुस्तौंदेखि कृषि क्षेत्रको मेरुदण्ड बनेका छन्। उनीहरू चुपचाप जमिन जोत्छन् , बालीहरू हेर्छन् , र परिवार अनि र समुदायहरूका लागि खाद्य सुरक्षा सुनिश्चित गर्छन्l यसकारण उनीहरूको अनगिन्ती कथाहरू छन्। पेप्सीको इण्डियाले हिजो (१५ मई)मा आफ्नो लेज ब्राण्ड मार्फत भारतीय किसानका मुटु मानिने महिला किसानहरूको सम्झनामा अनुकूलित माईस्ट्याम्स जारी गर्न भारत सरकारको हुलाक विभागसँगको सहकार्यमा आफ्नो अद्वितीय पहलका साथ महत्त्वपूर्ण कदम अगाडि बढाएको छ। हुलाक टिकट संचारको एक कालातीत माध्यम हो जुन अब एक संग्रहणीय भएको छ, अनि भारतको संस्कृति साथै इतिहासमा एक महत्वपूर्ण आयामको प्रतीक बनेको छ। टिकटहरूको विमोचनसँगै लेजले भारतको कृषि परिदृश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ओझेलमा परेका यी नायिकाहरू अर्थात महिला किसानहरूको अथक समर्पणलाई उजागर गर्दछ। गुडगाउँको पेप्सिको इण्डिया कार्यालयमा आयोजित उद्घाटन समारोहले कृषिमा महिला सशक्तिकरणको साझा उद्देश्यलाई उजागरको थियोl यस अवसरमा पेप्सीको इण्डिया र हुलाक विभाग दुवैका प्...
Image
स माज भन्नाले भिन्न भिन्न समूहका मानिसहरू एउटै उद्देश्य वा धर्म अँगालेर एकै साथमा बसिने ठाउँ , संस्कारी अनि असल मानिसहरू एकत्रित भई बसेको ठाउँलाई समाज भन्ने गरिएको पाइन्छ। समाजको मूल मेरूदण्ड जातीयतामा आधरित हुन्छ अनि यसको अर्को विशेष तत्त्व समुदायिक स्वरूप हो। समाजमा समुदाय बनिनलाई कुनै जात वा जाति विशेषमा जन्म ग्रहण गर्न आवश्यक पर्दैन। उदाहरण स्वरूप नेपाली भाषा बोल्ने ठाउँमा वा समाजमा कुनै बिहारी , बंगाली , मारवाडीहरूको ‘ भाषाभाषी समुदाय ’ बाट पनि एउटा समाज गठित हुनसक्छ , यस्तो समाज दार्जीलिङ जिल्ला तराई-डुवर्स क्षेत्रमा प्रशस्त पाउन सकिन्छन्।  कुनै पनि समाज निर्माणका संघटक तत्त्वहरूमा समाजमा प्रचलनमा रहेका पारम्परिक संस्कार-संस्कृतिको महत्वपूर्ण प्रभाव रहेको पाइन्छ। धेरै लामो कालखण्डसम्म विभिन्न जातिका परिवारहरू एउटै समाजमा बसोबासो गर्दाहुँदी एकार्काको भाषा , बोली , रितिथिति , संस्कार संस्कृतिको प्रभाव पर्नु स्वभाविक देखिन्छ। यसरी गठन भएको समाजमा हामी बस्छौँ। मानिस सामाजिक प्राणी हो , त्यसैले उ आफ्नो परिवारसित समाजमा बस्छ , समाजसित सरोकार राख्छ , समाजको गतिविधि र कार्यकलापमा संल...
Image
दरबारदेखि बिचफ्रन्ट होटलसम्म , दुबईमा विवाहको लागि आकर्षक स्थल कोलकाता: विवाहको सिजन नजिकिँदै गर्दा , दुबई जोडीहरूका लागि जीवनभरको यात्रा शुरु गर्नको लागि आकर्षक गन्तव्य बन्न तयार छ। समुद्रको मनोरम तट रिसोर्ट्सदेखि शहरी भव्यतासम्म दुबईले विभिन्न प्रकारका विवाह स्थलहरू प्रदान गर्दछ, जसमा सबै जोडीहरूको अद्वितीय रोजाई र इच्छाहरू पूरा गर्दछ। एटलान्टिस द रोयल , दुबई एटलान्टिस द रोयलको भव्य परिसरहरूमा अवस्थित विवाह विलासिताको प्रतीक: एउटा स्वर्ग जहाँ सपनाहरू वास्तविकतामा परिणत हुन्छन्। अरब सागरको नीलो पानीले चम्किलो दुबईको क्षितिजसँग मिल्ने पन्ना बगैंचाको सुन्दरताको बीचमा वाचाहरू आदानप्रदान गर्ने कल्पना गर्न सकिन्छ। यस बाहेक , डायमण्ड बलरूमको भव्यतामा पनि आनन्द लिन सकिन्छ , जुन विलासिता र सौन्दर्यको प्रतीक हो। यहाँ , विश्व स्तरीय व्यञ्जनदेखि लिएर समर्पित विवाह विशेषज्ञहरूद्वारा प्रदान गरिने अतुलनीय सेवासम्म सबै कुरा सावधानीपूर्वक क्युरेट गरिएको छ। यात्रा एटलान्टिस द रोयलको दुर्लभ हावामा शुरु हुन्छ , जहाँ प्रत्येक क्षण अनुपम भव्यता र आकर्षणले भरिएको हुन्छ। जुमेराह बीचमा फोर सीजन्स रिसोर्...
Image
डा. लोगनाथन मुरूगनले सम्हाले सूचना एवं प्रसारण राज्यमन्त्रीको कार्यभार नयाँ दिल्ली: डा. एल मुरूगनले आज केन्द्रीय सूचना एवं प्रसारण राज्यमन्त्रीको कार्यभार सम्हाले। यस अवसरमा मिडियासँग कुरा गर्दै उनीमाथि भरोसा गरेवापत् उनले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे। सूचना एवं प्रसारण मन्त्रालयले सरकार र देशका जनमानसबीच संवाद सेतुको रूपमा काम गरी सरकारी नीतिहरू कार्यान्वित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।  सरकार गरिब कल्याणको निम्ति प्रतिबद्ध रहेको र प्रधानमन्त्री आवास योजनाअन्तर्गत तीन करोड ग्रामीण तथा शहरी घर बनाउन क्याबिनेटले लिएको निर्णय यसको उदाहरण रहेको उनले बताए। मन्त्रालयका सचिव सञ्जय जाजू अनि मन्त्रालय तथा यस अन्तर्गत मिडिया एकाइका अन्य वरिष्ठ अधिकारीले वैष्णवलाई स्वागत जनाए। -पीआईबी
Image
अश्विनी वैष्णवले सम्हाले केन्द्रीय सूचना एवं प्रसारण मन्त्रीको कार्यभार ग्रहण सरकार जनमानसको सेवाका लागि प्रतिबद्ध , क्याबिनेटको प्रथम निर्णय गरीबहरूलाई समर्पित: वैष्णव नयाँ दिल्ली: केन्द्रीय सूचना एवं प्रसारण मन्त्रीका रूपमा अश्विनी वैष्णवले कार्यभार सम्हालेका छन्। यस अवसरमा मिडियासँग कुरा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा रहेको सरकार गरीबहरूको उत्थानका लागि समर्पित रहेको वैष्णवले बताए। क्याबिनेटद्वारा तीन करोड ग्रामीण एवं शहरी घर निर्माणबारे निर्णय दोहोऱ्याउँदै वैष्णवले सरकारको पहिलो दिनको क्याबिनेटको पहिलो निर्णय गरिब सशक्तिकरणको निम्ति समर्पित रहेको बताए। सरकारले देशका जनमानसको निरन्तर सेवा गरिरहने पनि उनले बताए। सूचना एवं प्रसारण मन्त्रीका रूपमा सेवा गर्न यस अवसरको निम्ति उनले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे। मन्त्रालयका सचिव सञ्जय जाजू अनि मन्त्रालय तथा यस अन्तर्गत मिडिया एकाइका अन्य वरिष्ठ अधिकारीले वैष्णवलाई स्वागत जनाएl –पीआईबी
Image
गुरुदेव  निमा होइसर  कर्म वाङचुक टुल्कुप्रति समर्पित भजन ‘निश्छल नयन’ सार्वजनिक  ८०वाँ जन्मदिन दिवसको पवन अवसरमा भजन सार्वजनिक गायक लाक्पा छिरिङ तामाङ मङ्पू: गुरूदेव निमा होइसर कर्म वाङचुक टुल्कुको हिजो ८०वाँ जन्मदिन दिवसको पवन अवसरमा युवा गायक लाक्पा छिरिङ तामाङको संगीत र स्वरमा रहेको भजन ‘निश्छल नयन’ सार्वजनिक गरिएको छ। गुरूदेवप्रति समर्पित गरिएको उक्त भजनलाई मङ्पू साङ्गे जाम्बुलिङ सार्वजनिक गुरुङ गुम्बा परिवारले निर्माण गरेका छन्। युवा सर्जक दिलकस विद्याभूषण तामाङको शब्द रचना रहेका उक्त भजनलाई गायक लाक्पा छिरिङ तामाङले संगीत र स्वर दिएका छन् भने सुरेन बर्मेले संगीत संयोजन गरेका छन्। मङ्पू साङ्गे जाम्बुलिङ सार्वजनिक गुरुङ गुम्बामा आयोजित गुरूदेव कर्म वाङचुक टुल्कुको ८०वाँ जन्म जयन्तीको पवन पूजा अनुष्ठानदेखि सार्वजनिक गरिएको ‘निश्छल नयन’ भजनलाई गुम्बा कमिटीका अध्यक्ष प्रकाश गुरुङ , सचिव आशिष गुरुङ , गुम्बा निर्माण समितिका सदस्यवर्ग , मङ्पू साहित्य संस्थानका अध्यक्ष सुभद्र बम्जन , सचिव दीप थापा , पूर्व शिक्षिका चन्द्रकला गुरुङ , गायक कुङ्गा तामाङ आदिको सुबाहुलीबाट लोकार्...