४ जुलाईमा आदि पत्रकार गङ्गाप्रसाद जयन्तीमा विशेष व्यक्तिहरूलाई सम्मान जनाइने  


  • टेकबहादुर तामीलाई गङ्गाप्रसाद स्मृति साहित्य सम्मान
  • टाइम्सका समाचार सम्पादक अर्पण प्रधानलाई पत्रकारिता सम्मान
  • रेभ. सी. सोदेम्बालाई सामाजिक सम्मान

गान्तोक: गङ्गाप्रसाद स्मृति प्रतिष्ठानले आउँदो महिना ४ जुलाईको दिन गान्तोकमा आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको १७३औँ जन्म जयन्ती भव्यतापूर्वक पालन गर्ने भएको छ। बिहीबार, २० जूनको दिन गान्तोकमा बसेको प्रतिष्ठानको बैठकले यस्तो निर्णय लिएको हो। गङ्गाप्रसाद स्मृति प्रतिष्ठानले यस अवसरमा विभिन्न क्षेत्रमा योगदान दिँदै आएका व्यक्तित्त्वहरूलाई गङ्गाप्रसाद स्मृति सम्मानद्वारा सम्मानित गर्ने निर्णय लिएको छ। यसअन्तर्गत सिक्किमेली साहित्यकार टेकबहादुर तामीलाई गङ्गाप्रसाद स्मृति साहित्य सम्मान, पत्रकार एवं सम्मिट टाइम्सका समाचार सम्पादक अर्पण प्रधानलाई पत्रकारिता सम्मान, कलाकार जोन डी. खवास  सङ्गीत सम्मान, सामाजिक क्षेत्रमा रिनाक किङस्टोनको अखिल सिक्किम असहाय कल्याण समितिका प्रमुख रेभ. सी. सोदेम्बालाई सामाजिक सम्मान, अध्यात्ममा पास्टर पीएस तिङबु अनि शैक्षिक क्षेत्रमा उत्तर सिक्किमको जङ्गुस्थित लुम प्राथमिक पाठशालालाई सम्मानित गरिने निर्णय लिइएको छ। प्रतिष्ठानका अध्यक्ष कमल चामलिङको अध्यक्षतामा सम्पन्न सभामा सल्लाहकार एवं साहित्यकार चुनिलाल घिमिरे, पास्टर सिलास राई, एल्डर पत्रुस गुरुङ, ताराचन्द लोहागण, पास्टर सोलोमन शंकर, अरुण छेत्री, महासचिव भीम रावत कोषाध्यक्ष रिङ्कु लेप्चा, पत्रकार प्रवीण खालिङलगायत अन्यले आ-आफ्नो सुझावहरू राखेका थिए।

Comments

Popular posts from this blog