‘टिस्टा बचाऊ आन्दोलन’मा ओर्लिन तयार भयो गोर्खा गौरव संस्था

प्रेरणाको स्रोत बन्यो ‘नर्मदा बचाऊ आन्दोलन’  

कालेबुङ: टिस्टा नदीको गम्भीर अवस्थालाई लिएर कालेबुङबाट गोर्खा गौरव संस्था टिस्टा बचाऊ अभियानमा ओर्लिन तयार भएको छl टिस्टा बचाउनका लागि गोर्खा गौरव संस्थाले आन्दोलनको रुपरेखा तयार पारेर सार्वजनिक गरेको छl  गत वर्ष ४ अक्टोबरमा ल्होनर्क पोखरी फुट्दा टिस्टा नदीमा भीषण बाढी आएर कहालीलाग्दो अवस्था सृजना भएको थियोl यसै बेलादेखि केन्द्र सरकार र पश्चिम बंगाल सरकारको टिस्टा आपदा अनि प्रकोपमाथि नै उदासिनता देखाएको संस्थाको भनाइ छl आजपर्यन्त पीडित अनि प्रभावित परिवारहरूलाई पुनर्वासको व्यवस्थाका साथ ठोस  वैकल्पिक व्यवस्था प्रदान गरेको छैन भन्ने कुरा उठाएको छl संस्थाको भनाइ यस्तो छ, ‘टिस्टा नदी नजिकका क्षेत्रहरूलाई यस्ता प्रकोपहरूबाट बचाउन कुनै चासो नदेखाइएकोले अनि अब टिस्टा नदी नजिकका क्षेत्रवासीहरूलाई  न्याय दिलाउन अनि टिस्टा नदी क्षेत्र साथै पर्यावरणलाई बचाउन ‘टिस्टा बचाऊ आन्दोलन’ गर्न हामी अघि आएका छौं।‘ यस टिस्टा बचाऊ आन्दोलनलाई हालमा पश्चिम बंगालको रम्फूदेखि सेभोक बजारसम्म सीमित राख्ने संस्थाले बताएको छ। ‘समय, काल र परिस्थिति हेरेर आन्दोलनको कर्मक्षेत्र जलपाइगढी अनि छिमेकी  राज्यमा विस्तारित  गर्न सकिने छ’, संस्थाको भनाइ यस्तो छ।  टिस्टा बचाऊ आन्दोलन पूर्ण रुपमा गणतान्त्रिक सामाजिक आन्दोलनको रुपमा गरिने भएको छ। यसले कुनै राजनैतिक रूप लिनेछैन् तथापि आन्दोलनका कार्यक्रमहरूमध्ये कतिपय कार्यक्रमहरू राजनैतिक जस्तापनि देखिन सक्ने संस्थाले बताएको छ।

गोर्खा गौरव संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा यसरी बताएको छ, ‘टिस्टा बचाऊ आन्दोलनमा  सेभोक बजारदेखि रम्फू (पश्चिम बंगाल)सम्मका आमनागरिकहरू लगायत दार्जीलिङ पहाड अनि पश्चिम बंगाल साथै भारतका अन्य प्रान्तका सामाजिक व्यक्तित्वहरू, मानव अधिकारवादीहरू, पर्यावरणविदहर, कानूनविदहरू,  बुद्धिजीविहरू, वैज्ञानिकहरू, अभियन्ताहरू, डाक्टरहरू, प्रोफेसरहरू, सिनेमा अनि नाटक क्षेत्रका कलाकारहरू, साहित्य क्षेत्रका सर्जकहरू, संगीत क्षेत्रका कलाकारहरू, अवकाशप्राप्त कर्मचारीहरू, शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू, मिडियाका साथीहरू लगायत समाजका हरेकवर्गका नागरिकहरू आफनो स्वेच्छाले सहभागी हुनसक्नेछन्।‘

गोर्खा गौरव संस्थाले नर्मदा बचाऊ आन्दोलनलाई आफ्नो प्रेरणा साथै उर्जाको रुपमा लिएको छl   ‘नर्मदा नदीमा जो गुजरात, मध्यप्रदेश अनि महाराष्ट्र राज्य भएर बग्ने गर्दछ। यस नर्मदा नदीमाथि धेरै ड्यामहरू निर्माण गरिएकोले साथै सरदार सरोबर प्रोजेक्ट्सको कारण धेरै समस्याहरू उत्पन्न भएकाले सन् १९८५ मा मेघा पाटेकर अनि बाबा आम्टेको नेतृत्वमा ‘नर्मदा बचाऊ आन्दोलन;को सूत्रपात भएको थियो। उक्त सामाजिक आन्दोलन त्यहाँका बासिन्दाहरू, पर्यावरणविद् हरू अनि मानव अधिकारका कार्यकर्ताहरूले शुरू गरेका थिए। नर्मदा बचाऊ आन्दोलनको याचिकामाथि भारतको सर्वोच्च न्यायालयमा सुनवाई पनि भए साथै फैसला पनि सुनाएका छन्। नर्मदा बचाऊ आन्दोलनले राहत अनि पुनर्स्थापनासँगै अन्य मागहरूपनि राखेका थिएl यी सबै मागहरूलाई स्वीकार पनि गरे। हामी मान्छौँ हाम्रो लागि नर्मदा बचाऊ आन्दोलन मार्गदर्शक हुन्। हुनत् नर्मदा बचाऊ आन्दोलन  हुनमा कारणहरू अनि हाम्रो टिस्टा बचाऊ आन्दोलनका कारणहरूमा पार्थक्य छन्, तथापि हामीले प्रेरणा  सामाजिक कार्यकर्ता मेघा पाटेकर, बाबा आम्टे अनि नर्मदा बचाऊ आन्दोलनबाट नै पाएका हौं’, संस्थाले विज्ञप्तिमा यसरी बताएको छl   

गोर्खा गौरव संस्थाद्वारा जारी गरिएको आन्दोलनको कार्यसूचीहरू:

१) भारतका प्रधानमन्त्री अनि पश्चिम बंगालका मुख्यमन्त्रीलाई पत्रचार; भारत सरकार अनि पश्चिम बंगाल सरकारद्वयका सम्बन्धित विभागहरूलाई पत्रचार गरिनेl

२) दार्जीलिङ जिल्लापाल, कालेबुङ जिल्लापाल र एनएचपीसीका अधिकारहरूलाई डेपुटेसनl

३) व्यापक पोस्टरिङl

४) शान्तिमय धरणा धर्ना: जिल्लापाल कार्यालय कालेबुङ र दार्जीलिङ अनि एनएचपीसी कार्यालय, रम्बीl

५) टिस्टा जन संघर्ष पैदल यात्रा ६३ किलोमिटर –रम्फूदेखि सेभोकसम्मl

६) ७२ घण्टा रिले अनशनl

७) आमरण अनशनl

८) दार्जीलिङ पहाडको सम्पूर्ण एनएचपीसी र एनटीपीसीलाई ताला लगाइने।

९) भारतको सर्वोच्च न्यायालयमा मुद्दा दायरl  


Comments

Popular posts from this blog