घरका
मूल दैलोको एकपट्टि हरियो पोशाक लगाएर घोडामा चडेर हातमा धनुकाँढ बोकेर निशाना
लगाइरेका किराँती राजा यलम्बरको यो तस्वीरले उहिले कुनै जमानाको युद्धभूमिको दृश्य
झल्काउँछl यसका साथै राई जातिका परम्परा र संस्कृतिसित जोडिएका विभिन्न सामग्रीहरू
सानो नाङ्लोमा टाँसेर घरको मूल दैलोमा दुईपट्टि झुन्ड्याइएको यो घर निक्कै अघिको
हो भन्ने स्पष्ट बुझिन्छl वरिपरि पहाडको बीचमा बाक्लो हरियो जङ्गल र खेतीपातीको
बीचमा अवस्थित यस घरको अघिल्तिरको आँगनमा बनाइएका ढुङ्गाको कञ्चनजङ्घा हिमालको
प्रतीकले सुन्दरता अझ खुलेको छl
‘यो लुगाको फूल हो?’
म
जस्तो विकाश राईको घरको अघि पुगे मेरो आँखा घरको रेलिङमा गमला राखिएको फूलमा
पर्योl करिब दश बाह्र फीटको टाडोबाट त्यो आकर्षक देखिने सेतो र उज्यालो गुलाबी रङको
फूललाई राम्ररी नियालेर हेरें खुबै मिहिनेत गरेर लुगाले बनाएको जस्तो लाग्योl नजिकमा
गएर हेरें अनि सोधे ‘यो लुगाले बनाएको हो?’ विकाश राईले भने, ‘होइन यो बेगनभेली
हो, बोन्साई गरेकोl’ आफैलाई भित्रबाट अलिक अप्ठ्यारो लाग्यो खुट्याउन नसकेकोमाl
लुगा फूल होइन रहेछl वरिपरि यसो हेरे अन्य केही प्रजातिका प्लान्टहरू पनि बोन्साई गरेको देखेंl
खेतीपातीमा प्रदुषणको असर पर्दै
मौसम
परिवर्तनसँगै पर्यावरण प्रदुषणको असर बिस्तारै हिमाली भेकमा पर्दै जान थालेको छl
पहाडदेखि कोशौं टाडाका ठूला ठूला औद्योगिक कल-कारखानाहरूबाट निस्किने विभिन्न
किसिमका ग्याससँगैका धुलोहरू मिस्सिएको हावा पहाडमा आउने हुनाले गर्दानै असर पर्ने
गर्छ। हिजोआज मार्च अप्रेल महिनामा पनि तुवाँलोले ढाकेर हिमालको दृश्य राम्रोसित
देखिन्दैन। अर्को कुरा शहरीकरण बढ्दै गएर पहाडी क्षेत्रका गाउँ-बस्तीका नजिकतिर
पुगिसकेका छन्l साधारण रुपमा हेर्ने हो भने एउटा गाउँमा १० वटा घरको चुल्हा जल्नु ,
अनि केही समय पछि त्यही गाउँमा ५० घरको चुल्हा जल्नुले धरै फरक पर्छl प्रदुषण
बढ्दै जाँदा कालान्तरमा समग्र खेतीपतीलाई असर पर्ने सम्भावना देख्नु यो भविष्यको
लागि चिन्ताजनक विषय होl
खेतीपतीसँगै माछा पालन
संरक्षण
गर्दै
उहिलेका
बाजेबोज्युका पालामा नेपाली दैनिक जीवनमा प्रयोग गरिने सामग्रीहरू र दुर्लभ बन्दै
गएका बाजाहरू विकाश राईले संरक्षण गर्ने प्रयास शुरु गरेका छन्l यस्ता उहिलेका
सामग्रीहरूमा धागो कात्ने चर्खा, तराजु, फलामको धिब्री, दुई तीन किसिमका ठेकी,
उहिलेको बाँसको काङ्ग्यो, पुराना जमानाको हुक्का, ढुङ्गाको जाँतो, धान राख्ने
ढिकुटी, उहिलेको डोको, थुन्चे साथै अन्य धेरै छन्l यसका साथै पुराना बाजाहरू उनले
संरक्षण गरेर राखेका छन्l यस्ता पुराना बाजाहरूमा राई जातिका बाँसले बनिएको यलम्ब
बाजा (बाँसको मादल पनि भनिन्छ), पुरानो बाँसुरी, ढोल, एकतारा, सारङ्गी, एउटा सात
वटा लामो छोटो बाँसको बाजा छ, यसलाई राईहरूले छावातेन भन्ने गरेको विकाश राई
बताउँछन्l यसलाई चरी बाजा भन्ने गरेको पनि उनको भनाइ छl यसमा कति बाजेका पालाका
हुन् भने कति चाहिं उनी आफैले खोजी गरेका हुन्l उनी भन्छन्, ‘यो सबै सानोमा हामीले
देखेका थियौं, अहिले कति लोप भएको छl’ अहिले उनले होमस्टे खोलेका छैनन्, तरै पनि
,उनको घर-आँगन देखेर पर्यटकहरू आउँछन् र रमाइलो मानेर फोटो सम्झनाका लागि खिच्छन्l
स्वाभावले
शान्त देखिने विकाश राई संस्कृति र परम्पराको संरक्षण गर्ने अनि पर्यावरणबारे सचेत
पनि छन् अनि चिन्तित पनि छन्l आज संस्कृति, परम्परा, पर्यावरण मास्सिन्दै जाँदा
थुप्रै विकाशहरू चिन्तित छन्l
Comments
Post a Comment