सामाजिक अभियन्ता स्व. खप्पनदास राईको जन्मजयन्ती भव्य रुपमा पालन  

मिरिक: मिरिक महकुमाअन्तर्गत सौरेनी बस्तीस्थित घुमाउनेटारको सर्वाजनिक भवनमा आज  युग पुरुष स्व. खप्पनदास राईको  जन्मजयन्ती समारोह भव्य रुपमा पालन गरियो। प्रेम साम्पाङको अध्यक्षतामा सम्पन्न भएको समारोहमा मुख्य अतिथि मिरिक पञ्चायत समितिका अध्यक्ष कैलाश खवास अनि विशिस्ट अतिथिको रूपमा जीटीएका कार्याकारी सभासद अरुण सिग्ची उपस्थित थिए। युवा सचेतक एवं समाजसेवी मनोज नाम्दुङद्वारा संचालित समारोहमा स्व. खप्पनदास राईको जीवन संघर्ष र उनको सामाजिक योगदान बारे आयोजक समितिका अध्यक्ष एन.डी.नामदुङले  प्रकाश पारेl स्व. खप्पनदास राई जस्ता व्यक्तित्वको सक्रियतामा शुरु भएको सौरेनी बस्तीको गरिमामय इतिहासलाई दिगो राख्न आजको युवा पिडीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता माथि उनले जोड दिए।

 स्व. खप्पनदास राई ले  सौरेनी बस्तीका नागरिकहरुलाई खासमलवासी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिएl बस्तीमा  प्राथमिक पाठशाला निर्माण गर्न, सडक निर्माण, प्राथमिक स्वस्थ्य केन्द्र निर्माण, लगायत  कविर पन्थ समाजप्रति उनले दिएका योगदानलाई  स्मरण गर्दै मूल्यांकन गर्न आवश्यक रहेको वक्ताहरुले बताए। यस अवसरमा स्व. खप्पनदास राईको स्मृतिमा सडकको नामकरण गरियो भने कबिर पन्थ समाजबाट बिनोद राङरिसा साहेबद्वारा शब्द भजन प्रस्तुत गरियोl स्थानीय रोयल अकादमीका मसिना साना साना विद्यार्थीहरूले नृत्य तथा गीत प्रस्तुत गरे। यस समारोहमा मिरिक पञ्चायत समितिका सदस्यहरु, ग्राम पञ्चायत एकका प्रधान अनि सदस्यहरु लगायत स्थानीय नागरिकहरु बाक्लो संख्यामा  उपस्थित थिए।



Comments

Popular posts from this blog