लेज
फार्म इक्वलद्वारा महिला किसानहरूको सम्झनामा अनुकूलित माईस्ट्याम्स जारी
कोलकाता: महिलाहरू पुस्तौंदेखि कृषि क्षेत्रको मेरुदण्ड बनेका छन्। उनीहरू चुपचाप जमिन जोत्छन्, बालीहरू हेर्छन्, र परिवार अनि र समुदायहरूका लागि खाद्य सुरक्षा सुनिश्चित गर्छन्l यसकारण उनीहरूको अनगिन्ती कथाहरू छन्। पेप्सीको इण्डियाले हिजो (१५ मई)मा आफ्नो लेज ब्राण्ड मार्फत भारतीय किसानका मुटु मानिने महिला किसानहरूको सम्झनामा अनुकूलित माईस्ट्याम्स जारी गर्न भारत सरकारको हुलाक विभागसँगको सहकार्यमा आफ्नो अद्वितीय पहलका साथ महत्त्वपूर्ण कदम अगाडि बढाएको छ। हुलाक टिकट संचारको एक कालातीत माध्यम हो जुन अब एक संग्रहणीय भएको छ, अनि भारतको संस्कृति साथै इतिहासमा एक महत्वपूर्ण आयामको प्रतीक बनेको छ। टिकटहरूको विमोचनसँगै लेजले भारतको कृषि परिदृश्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ओझेलमा परेका यी नायिकाहरू अर्थात महिला किसानहरूको अथक समर्पणलाई उजागर गर्दछ।
गुडगाउँको
पेप्सिको इण्डिया कार्यालयमा आयोजित उद्घाटन समारोहले कृषिमा महिला सशक्तिकरणको
साझा उद्देश्यलाई उजागरको थियोl यस अवसरमा पेप्सीको इण्डिया र हुलाक विभाग दुवैका
प्रतिनिधिहरू उपस्थित थिए। यो प्रक्षेपण परियोजना फार्म इक्वलको विस्तार हो, एक
बहुआयामिक कार्यक्रम पेप्सीको इण्डिया र युएसएआईडीद्वारा ग्लोबल डेभलपमेन्ट
एलायन्स प्रोजेक्ट (जीडीए) मार्फत सञ्चालित परियोजनाले २ हजार ५ सय भन्दा बढी महिला किसानहरूलाई उनीहरूका
विशिष्ट चुनौतीहरूलाई सम्बोधन गरेर सशक्त बनाउँछl
१२
टिकटहरूको माईस्ट्याम्प सेटमा पहेंलो साडी लगाएकी महिला किसानको जीवन्त चित्रण छ, जसले
गर्वका साथ ताजा आलुले भरिएको टोकरी समातेकी छिन्। यो तस्वीर लेजको आलु खेतमा
परिश्रम गर्ने र आफ्नो समर्पण अनि बलिदानको प्रतीकको रुपमा अनगिन्ती महिलाहरूको
शक्तिशाली प्रतिनिधित्व दर्शाएको छ। दिल्ली सर्कलकी मुख्य पोस्टमास्टर जेनरल सुश्री
मञ्जु कुमारले भनिन्, ‘पोस्टल स्ट्याम्पहरूको सधैं एक अद्वितीय सांस्कृतिक महत्त्व
रहेको छl डिजिटल युगमा पनि टिकटहरू एक शक्तिशाली कथा सुनाउने माध्यम बनेका छन्।
लेज र हुलाक विभागद्वारा जारी गरिएको हुलाक टिकटहरूले सुन्दर ढंगले महिला किसानहरूको
योगदानलाई जीवन्त बनाउँछ, अनि भारतीय कृषिमा उनीहरूको अमूल्य भूमिकालाई प्रदर्शन
गर्दछ।‘
टिकटहरू
बारे आफ्नो विचार साझा गर्दै पेप्सीको इण्डियाको श्रेणी प्रमुख (आलु चिप्स) सौम्या
थाउरले भने,
‘स्ट्याम्पहरू विश्वव्यापी रूपमा सम्मानको प्रतीक हुन् जसले
मानिसहरू, क्षणहरू र उत्कृष्ट सांस्कृतिक मूल्यहरूको
आन्दोलनलाई जारी राख्छl प्रोजेक्ट फार्म इक्वलसँगको प्रयास महिला कृषकहरूलाई
सशक्तिकरण गर्न यो पहल मार्फत महिलाहरूलाई कृषिमा अग्रपंक्तिमा ल्याएर उनीहरूलाई
आवश्यक ज्ञान र उपकरणहरू थप शिक्षित गर्न अनि लैजाने हाम्रो यात्रामा एउटा महत्त्वपूर्ण
कोसेढुङ्गा होl’ भारतमा अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी)का
मिसन निर्देशक कविना रेड्डीले भनिन्, ‘विश्व कृषि
कार्यशक्तिको ४० प्रतिशतभन्दा बढी महिला छन्, तर तालिम, प्रविधि,
वित्त र भूमिमा महिलाहरूको असमान पहुँच छ।‘
एग्रो पेप्सिको इण्डियाका निर्देशक अनुकुल जोशीले भने, ‘हाम्रो फार्म इक्वल पहलको व्यापक प्रभाव देखेर म अत्यन्तै गौरवान्वित छु जसले मलाई विशेष गरी महिला किसानहरूले खेलेको महत्वपूर्ण भूमिका हो, जसको समावेशले नयाँ परिप्रेक्ष्य दिएको छ। महत्वपूर्ण कृषि अभ्यासहरू लागू गर्नमा उनीहरूको कडा परिश्रम र अनुशासनले उत्पादनको सुरक्षा र फसलको पूर्ण क्षमताको ग्यारेन्टी प्रदान गर्दछl हुलाक विभागले जारी गरेको कस्टमाइज्ड माई स्ट्याम्पको यो कदमले उनीहरूको अथक प्रयासलाई सम्मान जनाउँदछ।‘ अलिगढको लेजको आलु खेतमा काम गर्ने किसान राजनदेवीले भनिन्, ‘हाम्रो कडा परिश्रम र समर्पणको कदर गरेकोमा म लेजप्रति धेरै आभारी छु। हाम्रो आफ्नै हुलाक टिकट छापिएकोमा हामी धेरै खुशी छौं, अनि गर्व गर्छौंl हाम्रो सम्पूर्ण समुदायको लागि एक धेरै खुशीको क्षण हो, र हाम्रो प्रयासहरू मूल्यवान छन्।‘ लामो समयदेखि रोकिएको यो पहलले कृषिमा महिलाहरूको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्दछl यो उनीहरूको समर्पण र लचिलोपनको प्रभावशाली मान्यता हो, अनि उनीहरूले सामना गर्ने अवरोधहरू पार गर्ने दिशामा एक कदम हो। टिकटहरू ई-पोस्ट अफिसमा १५ जूनदेखि सर्वसाधारणका लागि उपलब्ध भएको छl जुन कृषिमा महिला सशक्तिकरणको लागि लीजको समर्पणको स्थायी प्रतीक बनेको छ।
Comments
Post a Comment