
विश्व धुम्रपान निषेध दिवसको अघि रुबी क्यान्सर सेन्टरको आयोजनामा जनचेतनामूलक रंगारंग पदयात्रा आयोजना कोलकाता: सुर्तीको सेवन विश्वव्यापी मृत्युको प्रमुख रोकथाम कारण साथै फोक्सोको क्यान्सर , हृदयघात र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी)को प्रमुख कारक भन्ने कुरा हामी सबैलाई थाहा भएको हो। चुरोटमा निकोटिन पाइने हुनाले , यसले लत छोड्ने प्रक्रियालाई धेरै लामो र कठिन बनाउँछ। विश्व धुम्रपान निषेध दिवस (३१ मई २०२४)को अवसरमा कोकाताको रुबी जेनरल अस्पतालको एक एकाई रुबी क्यान्सर सेन्टरले ३० (बिहीबार) मानिसहरूलाई धुम्रपान छोड्न र सुर्तीजन्य महामारीसँग लड्न प्रोत्साहित गर्न रंगारंग पदयात्रा आयोजना गर्यो। यसबारेमा रुबी जेनरल अस्पतालका चीफ जेनरल म्यानेजर ओपरेसन्स सुभाशिष दत्तले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्l रुबी क्यान्सर केयर एण्ड रिसर्च फाउन्डेसन पनि यस कार्यक्रमको एक हिस्सा बनेको थियोl तपाईले के गर्न सक्नुहुन्छ , वाचा गर्नुहोस् अनि टाउको र घाँटीको क्यान्सरले व्यक्ति , परिवार र समुदायमा पार्ने प्रभावलाई कम गर्न विभिन्न कार्यहरू भन्दै मानिसहरूलाई साझा गरेको ...