एनआईटी सिक्किममा उद्यमशीलता र सीप विकासमा पाँच दिने फ्याकल्टी विकास कार्यक्रम
कार्यशालाको अवधिमा सहभागीहरूले प्रतिष्ठित विज्ञहरू, सम्मानित
शिक्षाविद्हरू र प्रतिष्ठित संस्थान र उद्योगहरूका प्रतिष्ठित उद्योगीहरूबाट
अन्तर्दृष्टि प्राप्त गर्नेछन्। डा. मनिष आनन्द, सीईओ,
आईएचयुबी आईआईटी रुड्की, डा. जे एस सैनी,
पूर्व प्रोफेसर तथा प्रमुख, एनआईटीटीटीआर
चण्डीगढ, डा. रमेश मित्तल, वरिष्ठ
निर्देशक, सीसीएसएनआईएएम, जयपुर,
श्रीमती झरना शर्मा, एनएसडीसी, सिक्किम उल्लेखनीय वक्ताहरू समावेश छन्। यी दिग्गजहरूले आफ्ना अनुभवहरू
साझा गर्नेछन्l उनीहरूले एफसीपीमा उद्यमशीलता र सीप विकासमा नवीनतम प्रवृत्ति र
अभ्यासहरूमा मूल्यवान मार्गदर्शन प्रदान गर्नेछन्।
एनआईटी सिक्किममा उद्यमशीलता विकास केन्द्र र इन्क्युबेशन केन्द्रको
स्थापना उत्तर पूर्वी परिषद (एनईसी), शिलोङको प्रायोजनमा भएको थियोl भारत
सरकारको सीप विकास तथा उद्यमशीलता मन्त्रालयअन्तर्गत भारतीय उद्यमशीलता संस्थान गुवाहाटीद्वारा
लागू गरिएको छ। एडीपीले विभिन्न संस्थाका फ्याकल्टी सदस्यहरूको उद्यमशीलता र सीप
विकास क्षमताहरू अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यो नवाचार र आत्मनिर्भरता
प्रवर्द्धन गर्ने राष्ट्रको दृष्टिकोणसँग पङ्क्तिवद्ध गर्दै विद्यार्थीहरूमाझ
उद्यमशील मानसिकता र सीपलाई प्रवर्द्धन दिन शिक्षकहरूलाई सशक्त बनाउन तयार गरिएको हो। यो कार्यशाला ३१ मई मा समापन हुनेछ। -पीआईबी
Comments
Post a Comment