सन्दकफूमा अस्वस्थ्य हुँदा  एक जना पर्यटकको निधन

दार्जीलिङ: दार्जीलिङदेखि करिब ६१ किलोमिटर टाडो सन्दकफू घुम्न गएका उत्तरी दिनाजपुर कल्याणगञ्जका २९ वर्षीय पर्यटक तन्मोय कुण्डुको निधन भएको छl उनी अस्वस्थ्य भएको हुँदा हिजो अस्पताल लगिएपछि मृत घोषणा गरिएको समाचार छ। कुण्डु आफ्ना ६ जना साथीहरूका साथमा  ३६४६ मिटर उचाईंमा अवस्थित प्रख्यात पर्यटन स्थल सन्दकफू गत २४ मईमा घुम्न आएका थिएl कुण्डुसँगै सन्दकफू गएका साथीहरु मध्ये एक जना टी.बसाकका अनुसार उनीहरू तुम्लिङमा राति बसेर भोलिपल्ट सन्दकफू पुगेका थिए,  र २७ मईमा फर्किने तयारी गरेका थिए।२७ मईमा तन्मोय कुण्डुलाई पेट दुखेको र केही समयपछि श्वासप्रश्वासमा समस्या भएको उनले बताएका छन्l उनले बताएअनुसार छेउमा अर्को हटमा बसेका एकजना पर्यटकको रुपमा आएका डाक्टरले नजिकैको अस्पतालमा भर्ना गर्न सल्लाह दिए।

सन्दकफू वा यसको निकटमा खासै गम्भीर अवस्थामा आपतकालीन उपचारको सुविधा नहुँदा उनीहरुले हतारिन्दै कुण्डुलाई त्यहाँबाट ३९ किलोमिटर टाढाको सुकेपोखरी अस्पतालमा ल्याएl त्यहाँ पुग्न करिब अढाई घण्टा लागेको उनको भनाइ छ। अस्पतालमा उनलाई मृत घोषित गरियो अनि राति नै  दार्जीलिङ ल्याइएको थियो। आज पोस्टमार्टम गरियो भने मृत्युको कारण भने आउन बाँकी छ। उनको परिवार पनि आज साँझ शव लिन दार्जीलिङ आइपुगे। दार्जीलिङ पहाडको पर्यटनको क्षेत्रमा सन्दकफू सर्वाधिक लोकप्रिय स्थान होl तर यहाँ गम्भीर बिमार भए आपतकालिन चिकित्साको लागि स्वास्थ्य केन्द्र नभएको मानिसहरू बताउँछन्l एक महिना अघि यहाँ जीटीए पहलमा आपतकालको लागि सानो अक्सिजन सिलिण्डर र एकजना कर्मचारी राखिएको छl स्थानीय मानिसहरू साथै घुम्न आउने पर्यटकहरू पनि  सन्दकफूमा स्वास्थ्य केन्द्र स्थापना हुनुपर्छ भन्ने सुझाव राख्छन्l                

Comments

Popular posts from this blog