सिक्किममा पर्वतारोहण र सहासिक खेलकूदको प्रवर्द्धन गर्न छलफल

भारत सरकारको खेल तथा युवा मामिला मन्त्रालयकी सचिवसित एसएमएको भेटघाट,

 सहासिक खेलबारे गम्भीर चर्चा

गान्तोक: सिक्किममा सहासिक खेल तथा पर्यटनबारे निरन्तर कार्य गरिरहेको संस्थान सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) का प्रतिनिधिहरूले सिक्किम भ्रमणमा रहेकी भारत सरकारको खेल तथा युवा मामिला सचिव श्रीमती मिता राजिवलोचनसित भेटघाट गरेका छन्। एसएमएका अध्यक्ष कुञ्जाङ ग्याछो (एफरेस्टर)को नेतृत्वामा उपाध्यक्ष सुरेन गुरुङ, प्रवक्ता प्रवीण खालिङ र महासचिव भाइचुङ योञ्जनको टोलीले गान्तोकको स्थानीय होटलमा श्रीमती राजिवलोचनसित भेटघाट गरेर सिक्किममा पर्वतारोहण र सहासिक खेलकूदको सम्भावना र भावि योजनाबारे गम्भीर छलफल गरेका छन्। लगभग एक घण्टासम्म चलेको भेटघाट कार्यक्रममा एसएमएले गर्नसक्ने मानव संसाधन तयारीबारे प्रभावित बनेकी श्रीमती राजिवलोचनले मन्त्रालयले प्रचार प्रसारमा सहयोग पुऱ्याउने तथा एसएमएको कार्य योजनाहरूलाई विभिन्न माध्यमबाट सहयोग गरेर धेरै भन्दा धेरैलाई यो दिशामा सहभाहगी गराउने दिशामा पहल गर्नसक्ने बताइन्। उनले कार्ययोजनाबारे विस्तृत परियोजना रिपोर्टको  आह्वान पनि गरेकी छन्। उनले सिक्किम सरकारको खेलकूद विभाग मार्फत भावि योजनाहरूको आवेदन पठाउने आह्वान गरिन्।

बैठकको क्रममा विशेष रूपले पर्वतारोहण र सहासिक खेलकूदको दिशामा दक्षिण भारतीय युवा विद्यार्थीहरूले देखाएको चासो र उनीहरूको निम्ति अनुकूल वातावरण सिर्जनाको निम्ति गर्न सकिने सम्भावनाबारे दोहोरो चर्चासितै यसलाई परियोजनागत हिसाबले अघि ल्याउनुपर्ने छलफल गरिएको जानकारी प्रवक्ता प्रवीण खालिङले प्रेस बयानमा दिएका छन्। यसैगरि एसएमएको कार्यकारी सदस्यहरूले सिक्किम सरकारको नव नियुक्त खेलकुद् तथा युवा मामिला सचिव  योगिता राईसित पनि औपचारिक भेटघा गरेर संक्षिप्त चर्चा गऱ्यो। श्रीमती राजिवलोन पाँच दिवसीय सिक्किम भ्रमणमा गान्तोक आइपुगेकी छन्।

Comments

Popular posts from this blog