पोडकास्ट ‘गुराँस’मा इक्ला सुब्बा र क्यान्डल क्वीन स्मिता राईको रोचक कुराकानी

(तलको लिंक क्लिक गर्नुहोस्)     

खरसाङ: मोमबत्तीलाई सुन्दर आकर्षक रुप दिने सिक्किमकी क्यान्डल क्वीन स्मिता राई अहिले सिक्किममा एक अग्रगामी महिला उद्यमी हुन्l उनको नेतृत्वमा संचालन भइरहेको नाम्ची डिजाइनर क्यान्डल देशका विभिन्न भागहरूमा निक्कै प्रचलित छl नाम्ची डिजाइनर क्यान्डल सिक्किममा आत्मनिर्भरता र महिला सशक्तिकरणको विशेष उदाहरण बनेको छl स्मिता राईले रेस्टुरेन्टको व्यवसायमा पनि तीन वटा कोशेढुङ्गा खडा गरिसकेकी छिन्l उनी सफल उद्यमी महिला भएकी हुनाले उनको कार्य प्रणाली र शैली सीबीएससीको १२ कक्षाको पाठ्यक्रम ‘बिजनेस स्टडिज- पार्ट वान’मा समावेश गरिएको छl

सिक्किमबाट शुरु गरिएको पोडकास्ट ‘गुराँस’मा इक्ला सुब्बाले यिनै महिला उद्यमी स्मिता राईसित खुबै रोचक साथै नयाँ पुस्तालाई प्रोत्साहन, उर्जा र मार्गदर्शन प्राप्त हुने कुराकानी गरेकी छिन्l महिला सशक्तिकरणलाई प्रमुखता दिएर स्थापित गरिएको ‘गुराँस’ अनलाइन महिला पत्रिका होl महिलाहरूसित सम्बन्धित विभिन्न विषय र समस्याहरूलाई ‘गुराँस’ले प्रमुखता दिने गरेको छl स्मिता राईसितको कुराकानी यहाँ ‘दार्जीलिङ प्राइम टाइम’बाट प्रस्तुत गर्न अनुमति प्रदान गरिएकोमा ‘गुराँस’ परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौंl यहाँ सुन्नुहोस् ‘गुराँस’की कार्यक्रम प्रस्तोता इक्ला सुब्बाले स्मिता राईसित गरेकी रोचक कुराकानी:

यहाँ क्लिक गर्नुहोस्



Comments

Popular posts from this blog