कोलकाता: सुर्तीको सेवन विश्वव्यापी मृत्युको प्रमुख रोकथाम कारण साथै फोक्सोको क्यान्सर, हृदयघात र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी)को प्रमुख कारक भन्ने कुरा हामी सबैलाई थाहा भएको हो। चुरोटमा निकोटिन पाइने हुनाले, यसले लत छोड्ने प्रक्रियालाई धेरै लामो र कठिन बनाउँछ। विश्व धुम्रपान निषेध दिवस (३१ मई २०२४)को अवसरमा कोकाताको रुबी जेनरल अस्पतालको एक एकाई रुबी क्यान्सर सेन्टरले ३० (बिहीबार) मानिसहरूलाई धुम्रपान छोड्न र सुर्तीजन्य महामारीसँग लड्न प्रोत्साहित गर्न रंगारंग पदयात्रा आयोजना गर्यो। यसबारेमा रुबी जेनरल अस्पतालका चीफ जेनरल म्यानेजर ओपरेसन्स सुभाशिष दत्तले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्l
रुबी क्यान्सर केयर एण्ड रिसर्च फाउन्डेसन पनि यस कार्यक्रमको एक हिस्सा बनेको थियोl तपाईले के गर्न सक्नुहुन्छ, वाचा गर्नुहोस् अनि टाउको र घाँटीको क्यान्सरले व्यक्ति, परिवार र समुदायमा पार्ने प्रभावलाई कम गर्न विभिन्न कार्यहरू भन्दै मानिसहरूलाई साझा गरेको प्रेस विज्ञप्तिमा बताएको छ। र्यालीमा ३५० भन्दा बढीको सहभागिता रहेको थियो भने क्यान्सरबाट बचेका वास्तविक सेलिब्रेटीलाई अन्य क्षेत्रका सेलिब्रेटी तथा प्रतिष्ठित व्यक्तित्वले सम्मान जनाए। क्यान्सरबाट बचेकाहरू धेरैलाई क्रुसेडरको रूपमा मनोनीत गरियो, जसले जागरूकता जगाउन र मानिसहरूलाई सुर्ती छाड्न मद्दत गर्न सक्रिय भूमिका खेल्ने जिम्मेवारी वहन गर्नेछन्। रुबी अस्पतालले यी क्रुसेडरहरूलाई ज्ञान, पर्चाहरू, ब्रोसरहरू साझा गरेर र पश्चिम बंगालभरि उनीहरूको सम्बन्धित इलाकाहरूमा सचेतना कार्यक्रमहरू आयोजना गर्न मद्दत गरेर समर्थन गर्नेछ।
रुबी जेनरल हस्पिटलमा नि:शुल्क सुर्ती सेवन उन्मूलन काउन्सिलिङको लागि एउटा महत्त्वपूर्ण घोषणा गरिएको छ, जहाँ मानिसहरूले सुर्ती छाड्न र स्वस्थ जीवनशैलीको नेतृत्व गर्न यो सुविधा लिन सक्छन्। रुबी क्यान्सर केयर एण्ड रिसर्च फाउन्डेशनले कुनै पनि सरकारी र निजी अस्पतालहरूको एक सय गजभित्र सिगरेट र अन्य तम्बाखुको बिक्री र सेवनलाई रोक्न राज्य र केन्द्रका अधिकारीहरूलाई पत्र पठाउने भएको छ, जुन चाहिं सिगरेट एण्ड अदर टोब्याको प्रोडक्ट्स ऐन, २००३ (सीओटीपीए)ले विद्यालय र कलेजहरूको लागि गरेको छ।
उक्त
पदयात्रामा देशभित्र साथै भुटान र बंगलादेशका करिब २० क्यान्सर पीडित र उनीहरुका
परिवारहरू साथै नर्स, अस्पतालका
कर्मचारी, रुबी नर्सिङ स्कूल एण्ड कलेजका विद्यार्थी तथा
प्रख्यात डाक्टर, मनोवैज्ञानिक, ओन्कोलोजिस्टहरू लगायतको सहभागिता
रहेको थियो। अभिनेताहरू फाल्गुनी च्याटर्जी, सुभाषी मुखर्जी,
चन्दन सेन, अरिन्दम सिल, सुदेष्णा रोय, अनिन्द्य ब्यानर्जी, सोहिनी सरकार, गायक सैकत मित्र, प्रतिष्ठित खेलकुद व्यक्तित्वहरू डोला ब्यानर्जी, अनित
घोष, रिमो साह, कौशिक मित्र, चिफ
अपरेशन म्यानेजर कमर्शियल, मेट्रो रेलवे साथै धेरै प्रसिद्ध
व्यक्तित्वहरू सहभागी थिए। जनचेतना जगाउन विभिन्न क्षेत्रका मानिसहरुको पनि ठूलो
सहभागिता रहेको प्रेस विज्ञप्तिमा बताएको छ। शहरका व्यस्त भागहरूमा पर्चाहरू वितरण
गरेर मानिसहरूमा चेतना जगाउने रंगीन झाँकीहरू शहरभर घुमाइएको थियो।
Comments
Post a Comment