टिस्टा नदीको मान्ताम झीलमा बनिएको पुल बगेपछि १० वटा गाउँ सम्पर्कहीन
गान्तोक: उत्तर सिक्किमको जङ्गुको दुर्गम १० वटा गाउँ सम्पर्कहीन बन्न पुगेको छ। टिस्टा नदीको मानताम झीलमाथी बनिएको पक्की पुल हिज अपराह्न लगभग ३ बजे नदीको जलस्तर बढेपछि डुबानमा परेपछि दुई वटा ग्राम पञ्चायत एकाई सम्पर्कीहीन बनेको हो। साक्योङ पेत्नेतोक जिपीयुको साक्योङ, पेन्तोङ, बे, अप्पर लिङज्या र नर लिङज्या गाउँ सड़कसम्पर्कबाट विक्षिन्न बनेको छ भने तिङबुङ जिपीयुको तिङबुङ, लिङ्को, नामप्रिक, नुङ र कुसुङ गाउँ मुलधारबाट टाडिएको छ। बर्खाको शुरुआती झरीले नै गाउँलाई टाडा पारेको छ भने सम्पर्कको मूल साधन नै डुबानमा परेर भत्किएपछि यो वर्ष १० वटा गाउँको निम्ति सकसपूर्ण हुने देखिएको छ।
अहिले मान्छे तर्नको निम्ति फुट सस्पेन्सन झोलुङे पुलमात्र छ।
त्यसैको सहारामा गाउँलेहरूले त्राण संकलन गर्न वारीपारि गर्नुपर्ने एकमात्र विकल्प
रहेको साक्योङ पेन्तोक जीपीयुका अध्यक्ष पेन्तोक लेप्चाले बताए। केही दिन अघि केही
मात्रामा खाद्यान्न भण्डारण गरिएको तर यो वर्खाभरि नपुग्ने भएको कारण घाम लागेपछि
मान्छेले झोलुङ्गे पुल तारेर खानेकुरा बोक्नुपर्ने उनी बताउँछन्। प्रशासनले यो पुल
नदीमा डुब्नु अघि नै निकाल्ने निर्णय गरेको भए पनि गाउँ समाजले केही दिन राखिदिने
आग्रह गरेको तर हिज अचानक आएको बाढीले पुल डुबाएपछि प्रशासनले पनि नोक्सानी खप्नै
परेको छ। यद्यपी घटनाको जानकारी पछि प्रशासनले उचित पद्क्षेप लिने गाउँलेहरूको आशा
छ। अर्कोतिर यहाँका मानिसहरूको निम्ति खाद्यान्न ढुवानी गर्ने मान्छे आफैले बोक्नु
र पुल भएको बेला नदी पार गराउनुको अर्को विकल्प छैन्। १० वटा गाउँ भएको कारण
गाउँकै सुविधाको निम्ति भए पनि हेलिप्याड हुन आवश्यक देखिएको छ। जसले यस्तो आपदको
समय खाद्यन्न ढुवानीमा महत्वपूर्ण भुमिका खेल्छ। उल्लेखनीय छ, सन् २०१६ मा गएको
सुख्का पैह्रोको कारण नदीको बहाउमा बार लागेपछि मानताम झील बनिन पुगेको हो।
त्यसपछि लगातार रूपमै गाउँले वर्षेनी यो सास्ती भोग्दै आएको तथा पीडाको विकल्प र
निवारण अझै फेला परेको छैन्।
Comments
Post a Comment