मालाबार ग्रुपले शुरु गर्यो ‘हंगर-फ्री वर्ल्ड’ कार्यक्रम
दैनिक ५१ हजार पौष्टिक खानाका
प्याकेट वितरण गरिने
कोलकाता: विश्वको छैठौं ठूलो आभूषणको समूह मालाबार ग्रुपले वर्ल्ड हंगर डेको अवसरमा कोलकाताका विभिन्न भागहरूमा ‘हंगर-फ्री वर्ल्ड’ अर्थ 'भोकमुक्त संसार' अन्तर्गत खाद्य प्याकेटहरू वितरणको कार्यक्रमहरू आयोजना गर्यो। ‘हंगर-फ्री वर्ल्ड’ परियोजनाअन्तर्गत मालाबार गोल्ड एण्ड डायमण्ड्स स्टोर, क्याम्याक स्ट्रिट र मालाबार गोल्ड एण्ड डायमण्ड्स स्टोर, कंकुरगाँचीद्वारा आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न शहरमा खाद्यान्न वितरण गरेका छन्। हंगर-फ्री वर्ल्ड परियोजना संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २- शून्य भोक, आवश्यकतामा परेकाहरूलाई दैनिक खाना उपलब्ध गराउन र भोक विरुद्धको विश्वव्यापी लडाइमा योगदान गर्न समर्पित मालाबार समूहको अग्रगामी पहल हो। हंगर-फ्री वर्ल्ड विश्व कार्यक्रम एक उच्च मान्यता प्राप्त सामाजिक कल्याणकारी गैरसरकारी संस्था ‘थानाल- दया रिह्याबिलिटेशन ट्रस्ट' को सहयोगमा लागू गरिएको छ।
मालाबार समूहले आफ्नो ‘हंगर-फ्री वर्ल्ड’ कार्यक्रमको विस्तारको घोषणा गरेको छl आर्थिक वर्ष २०२४-२५ को लागि प्रति दिन ५१ हजार पौष्टिक खाना उपलब्ध गराउने आफ्नो महत्वाकांक्षी वार्षिक वितरण योजनाको अनावरण गरेको छ। समूहले कोलकाताका विभिन्न भागहरूमा लगभग ३५ सय फूड प्याकेटहरू मापन गर्ने र वितरण गर्ने योजना बनाएको छ। पश्चिम बंगाल, ओडिशा र झारखण्डलगायत पूर्वी क्षेत्रमा कुल ५ हजार स ७ सय फूड प्याकेटहरू वितरण गरिने छ, र यसले थप शहरहरूमा विस्तार गर्ने लक्ष्य राखेको छ। कम्पनीको सफलताको बारेमा टिप्पणी गर्दै मालाबार ग्रुपका अध्यक्ष एम पी अहमदले भने, ‘हाल यो कार्यक्रम खाडी देशहरूमा केही केन्द्रहरू बाहेक, केन्द्र शासित प्रदेशहरूसहित १६ राज्यहरूमा फैलिएको कोलकातासहित ३७ शहरहरूमा लागू गरिएको छ। यस कार्यक्रमले अब १६ राज्यहरूमा ७० शहरहरू समावेश गर्नेछl यसका साथै यो समूहले अफ्रिकी देश जाम्बियामा पनि लगभग ३१ हजार खानाक प्याकेटहरू उपलब्ध गराउने योजना बनाएको छl विस्तारका क्रममा अब ५१ हजार पौष्टिक खानाका प्याकेट वितरण गरिने भएको छ।‘
एनजीओ
स्वयंसेवकहरूले भोकमरीको सामाजिक र आर्थिक कारणहरू मूल्याङ्कन गर्न लाभार्थीहरूको
सर्वेक्षण पनि गरिरहेका छन्। यस कार्यक्रमको एक भागको रूपमा, मालाबार
ग्रुपले थानालसँगको सहकार्यमा गरिब र अनाथ वृद्ध महिलाहरूको पहिचान गर्न अनि उनीहरूलाई
निःशुल्क खाना, आवास र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउन 'ग्र्यान्डमा होम' परियोजना शुरु गरिसकेको छ। बैंगलोर
र हैदरावादमा यस्ता दुई ‘ग्र्यान्डमा होम’ स्थापना गरिएका छन्। चेन्नई, कोलकाता, दिल्ली, मुम्बई र केरलाका केही चयनित शहरहरूमा यस्तै
घरहरू स्थापना गर्ने योजना रहेको एक प्रेस विज्ञप्तिमा बताएको छ। समूहले मालाबार
गोल्ड एण्ड डायमण्ड्स लगायतका सञ्चालनहरूबाट हुने नाफाको पाँच प्रतिशत सामाजिक
कल्याणकारी गतिविधिहरूको लागि सीएस कोषको रूपमा छुट्याएको छ। समूहले त्यस्ता
सामाजिक कल्याणकारी कार्यक्रमहरूमा २४६ करोड रुपियाँ खर्च गरिसकेको बताएको छ।
Comments
Post a Comment