बाक्लो जङ्गलबीच ठाडो, उकालो तेर्सो, भिरालो बाटो-
अर्को बाटो उस्तै रुखको मुढाबाट काली खोला पार गर्दै उनी मध्य रातको १२ बजे २ बजे
निष्पट्ट अँध्यारोमा पनि मूल सडकमा जस्तै हिड्छन्l यस्तो बाटोमा उनी एक पटक मात्र
होइन दिनमा तीन चार पटक हिड्छन्l उनीसित हिड्दै उनको कुरा सुन्दा दन्ते कथा सुनेको
जस्तै लाग्छl रोमाञ्चक छ उनको यस्तो जीवनl बाक्लो जंगल र खोला हुँदै उनको ट्राउट
माछाको फार्ममा पुग्दा वरिपरिकाका स्वच्छ वातावारणले भरिएका प्राकृतिक सौन्दर्यले
अघि हिडेको अप्ठ्यारो बाटो र थकानलाई चट्टै बिर्साइदिन्छl विभिन्न चराहरूको अलग
अलग सुमधुर आवाज, केही तलतिर बगिरहेको काली खोलाको हल्का आवाज, हल्का सिरसिरे हावा
चल्दा आइरहने सुँइ...सुँइ...आवाज, वरिपरि बाक्लो हरियो जङ्गलको बीचमा बसेको जमिनमा
यो फार्म बिछट्टै सुन्दर देखिन्छl
कुवामा चारो हाल्दा माछाहरू उफ्रिएको दृश्य झनै
रामाइलो हुन्छl शहर-बजारको गाडीको कोलाहल, कालो धुँवा, धुलो, कंक्रिटको जङ्गलको
कल्पना गर्दा यस्तो ठाउँ स्वर्ग नै होला भन्ने महसुस हुन्छl यस्तै दुर्गम तर प्रकृतिको
मनमोहक ठाउँमा उनले बृहत रुपमा ट्राउट माछाको फार्म स्थापित गरेका छन्l दिन रातको
कठिन परिश्रमकै कारण आज ४६ वर्षीय सुवास राई सिक्किममा एकजना पौरखी पुरुष बन्नका
साथै ट्राउट माछाको विशेषज्ञ समेत बनेका छन्l पूर्व सिक्किमको एउटा प्रसिद्ध ठाउँ रोङ्ली
बजारदेखि माथि नर्थ रिगुमा बग्ने काली खोला क्षेत्रमा सुवास राईले ट्राउट माछाको
फार्म सन् २०१७ देखि स्थापित गरेका छन्l
खेतीपातीबाट
ट्राउटको फार्म
काली खोलाको अलिक माथि सुवास राईले आफ्नो १२ ऐकरमा फैलिएको जमिनमा पहिला अलैंची, नाकिमाको खेती गर्थेl यसका साथै १७ वटा गाई, ३० वटा सुँगुर, करिब पाँच सय जति बस्तीको कुखुरा राखेर फार्म बनाएका थिएl यसैलाई उनले आफ्नो व्यवसायको रुपमा चलाउँथेl एक समय राज्यको मत्स्य पालन विभागले बी बी चामलिङ, विकास राई, कालु राईलाई कश्मीरमा लागेको उनी बताउँछन्l उनीहरूबाट कश्मीरको ट्राउट माछाको फार्मको फोटोहरू हेरेका थिएl उनको भनाइअनुसार सो बेला ट्राउट माछा १२ सय रुपियाँ प्रति किलो थियोl कश्मीरको सोही फोटोहरू हेरेर सुवास राई प्रेरित भए अनि ट्राउट माछाको फार्मतर्फ इच्छा जागृत भयोl तर यसबारे कुनै जानकारी थिएनl
उनी भन्छन्, ‘राज्यको मत्स्य विभागसित कुरा गरेर पानी हेरें सबै ठीक थियोl विभागले प्रशिक्षण गराएपछि प्रारम्भिक ज्ञान प्राप्त भयोl’ यसपछि उनले सन् २०१७ देखि दुई वटा कुवामा चार हजार माछा हालेर ट्राउट माछाको फर्म शुरु गरेl यसबारेमा राम्रो जान्नका लागि तीन वर्ष अर्थात तीन सिजन लाग्ने उनी बताउँछन्l यसमा धेरै नै मिहिनेत गर्नुपर्छl बिस्तारै उनले माछासँगै कुवा बढाउन थालेl उनी भन्छन्, ‘एकपल्ट सन् २०२१ मा पाँच लाख अण्डा पारेको थियोl तर पाँच सय जति मात्र बच्चा निस्कियोl दोस्रोपल्ट एक लाख अण्डाबाट ७० हजार बच्चा निस्कियोl’ पहिला कश्मीर, डेनमार्कबाट आउने माछाको बच्चा सिक्किममा राज्यको मत्स्य विभागबाट पाउँथेl हिजोआज उनी माछा पालनमा सिपालु भएका छन्l उनी भन्छन्, ‘अहिले सिक्किममा हामी आफै बच्चा निकालेर दिन्छौंl’ पश्चिम सिक्किमको श्रीबदाममा ट्राउट माछाको धेरै ठूलो फार्म भएको उनी बताउँछन्l पूर्व सिक्किमको मेमेन्चुमा राज्यको मत्स्य विभागको आफ्नो ठूलो पोखरी छl
पौरखले बन्यो भरपर्दो व्यवसाय
साँच्चै सुवास राई पौरखी हुन्l स्कूलको शिक्षा भनेको उनले १० कक्षासम्म पढेl पहिला आरिटार जुनियर हायर सेकेण्डरी स्कूल अनि यसपछि रिनोक सिनियर सेकेण्डरी स्कूलमा पढेl पहिला रोङ्ली-रिगुबीच ट्याक्सी गाडी चलाउँथेl सन् २००० देखि सन् २०११ सम्म विदेशको भूमि बाहरिनमा काम गरेl एक दशक विदेशको घाम-पानी, हावाहुरी झेलेर सङ्घर्ष गरेl बाहरिनबाट फर्किएर आएपछि आफ्नै पौरखमा खेतीपाती शरु गरेl ट्राउट माछा, खेतीपातीको बारेमा कुरा गर्दा उनी एकजना स्रोत व्यक्ति रहेको स्पष्ट बुझिन्छl उनी परेर, लडेर, गरेर पूर्ण रुपले खारिएर शोधार्थीहरूका लागि राम्रो स्रोत व्यक्ति बनेका छन्l उनी जङ्गलका हरेक थोकसित चिरपरिचित छन्l \
काली खोलाको ठिक माथि वरिपरिको बाक्लो जङ्गलबीचमा
सुवास राईको फार्म गजबकै बनिएको छl दुई वटा कुवाबाट शुरु गरिएको माछा पालन अहिले सानो
ठूलो गरेर १७ वटा कुवा बनिएका छन्l माछा बिक्रीका लागि पाक्योङको न्यू मार्केटमा
उनले एउटा स्टल राखेका छन्l वर्षमा करिब २६ क्विन्टल माछा बिक्री गर्छन्l सन्
२०२२-२३ मा २६ क्विन्टल अनि २०२३-२४ मा २० क्विन्टल माछा बिक्री गरेl सन् २०२२-२३
मा ४० हजार माछाको बच्चा करिब चार लाख रुपियाँमा विभागलाई बिक्री गरेl यस्तै
२०२३-२४ मा पाँच लाख रुपियाँको माछाको बच्चा विभागलाई अनि एक लाख रुपियाँको बाहिर
बिक्री गरेको उनी बताउँछन्l अहिलेघरि ट्राउट माछा आठ सय रुपियाँ प्रति किलो रहेको
छl माछाको फार्म शुरु गर्दा राज्यको मत्स्य पालन विभागले सहयोग गरेको अनि अहिले
पनि विभागले धेरै सहयोग गर्ने गरेको उनी बताउँछन्l
स्वादिलो-पोषिलोका
कारण ट्राउटको माग बढ्दै
सन् २०२० मा कोभिड-१९ को पहिलो लहरको महामारी र सन्
२०२१ मा दोस्रो महामारीको कहालीलाग्दो अवधिलाई कसैले बिर्सिन सक्दैनन्l यति बेला
कोभिड-१९ ले ग्रस्त रोगीहरूलाई पौष्टिक आहारको आवश्यकता हुन्थ्योl कोभिड-१९ को
महामारीमा ट्राउट माछाको माग बढेको सुवास राई बताउँछन्l यो माछा निक्कै पोषिलो
मानिन्छl शरीरमा इम्युनिटी अर्थात प्रतिरोधक क्षमता बढाउनका लागी ट्राउट माछा
निक्कै लाभदायक रहेको सुवास राई बताउँछन्l सुप पिउनका लागि यसको माग निक्कै बढ्योl
धेरैले नै यसको सुप पिउनु निक्कै लाभदायक मानेका छन्l ट्राउट माछाको सुप खुबै स्वादिलो
हुन्छ अनि पोषिलो महसुस हुन्छl यो स्वादिलो र पोषिलो हुनुको कारणले सिक्किमका ठूला
ठूला स्टार होटलहरूमा यसको माग बढी छl यसबाहेक बिहे, जन्मदिन साथै अन्य उत्सवहरूमा
पनि ट्राउट माछाको माग बढ्दो छl अहिले रोङ्ली क्षेत्रमा यसको मूल्य आठ सय रुपियाँ
प्रति किलो छl सुवास राईको प्रति महिनाको हिसाबमा डेढ देखि दुई क्विन्टलको
हाराहारीमा बजारमा पुग्छl यो त उनको फार्मको मात्र कुरा हो, सिक्किममा अझ यस्ता
फर्महरू धेरै छन्l यो माछाको माग बढी रहेको अन्य धेरैको मुखबाट पनि सुनियोl
डाक्टरका सुझावअनुसार यो माछा मुधुमेह, क्यान्सरका
कुनै पनि बिमारीले खाँदा हुन्छ भन्ने कुरा सुवास राई बताउँछन्l नानी, सुत्केरी,
बुढाबुढीका लागि राम्रो हुने अनि हड्डीको लागि पनि राम्रो हुने उनको भनाइ छl उनी
भन्छन्, ‘कतिले तीन सय देखि चार चय ग्रामको राम्रो मान्छन्l कतिले एक देखि दुई
किलोको राम्रो मान्छन्l’ तपाईं कसरी खानु हुन्छ भन्दा उनी भन्छन्, ‘म फ्राई भन्दा
बढी तोरी पिसेर हालेको ग्रेभीमा अनि सुप बनाएर खान्छुl’ यसको बार्बेक्यु पनि
राम्रो हुने उनी बताउँछन्l सन् २०१० मा म ट्रेकिङमा जाँदा चिवाभञ्ज्याङबाट उत्तरे
पुग्दा त्यहाँ बार्बेक्यु गरेको ट्राउट पहिलो पटक खाएँको थिएँ थिएl खाँदा नयाँ अनि
छुट्टै स्वादिलो लाग्योl
अहिले उनको फार्ममा सानो ठूलो १७ वटा कुवाहरू छन्l
एउटा कुवाको चौडाइ ७ फीट अनि लम्बाई ५६ फीटको छl यसको मुनि फ्लोरमा एकापट्टि पाँच
फीट अनि अर्को पट्टि साढे तीन फीट रहेको सुवास राई बताउँछन्l यस कुवामा भएको
ट्राउट माछालाई रेन्बो (इन्द्रेणी) ट्राउट भनिन्छl यो माछा पालनको लागि सबैभन्दा
मुख्य रुपमा ध्यान दिनुपर्ने भनेको पानी पूर्ण रुपमा सफा अनि चौबीसै घण्टा बगिरहने
हुनुपर्छ र पानी रोकिनु हुँदैनl यो माछा पालन उच्च स्थानमा राम्रो हुने उनी
बताउँछन्l उनी भन्छन्, ‘पानी १९ डिग्रीभन्दा चिसो हुनुपर्छl १६ देखि १२ डिग्री
चिसो हुनु राम्रो होl गर्मीमा १६ डिग्री पार गर्दैनl’ उनको जमिनमा पानीको गतिलै स्रोत
छl पानीकै लागि उनले करिब १२ लाख रुपियाँ खर्च गरेका छन्l अहिले त्यहाँ फार्मको
लगानी करिब करोड रुपियाँको हाराहारीमा पुगेको छl फार्मको वरिपरि उनले पर्यावरण र
जङ्गललाई विशेष ध्यान दिएर संरक्षण गरेका छन्l उनले आफ्नो क्षेत्रमा चेरीका
रुखहरु, घुर्पिसका रुखहरू रोपेका छन्l जुन रुखहरू प्राय: हुर्किएका छन्l बर्ड
वाचिङका लागि चराहरू आएर बस्ने रुखहरू पनि रोपेका छन्l
बृहत लक्ष:
‘गाउँ फर्किआऊ’ अभियान
खासै त सुवास राईको मूल घर रिगुकै तालखर्क, ढाडे
बस्तीमा होl उनका एक जना छोरा रिगुको स्कूलमा शिक्षक छन्l तर उनी कालीखोला माथिको
त्यही आफ्नो फार्ममा सानो डेरा बनाएर बस्छन्l मध्यरातमा पनि त्यो जोखिमपूर्ण
बाटोमा दिउँसो ठूलै अलकत्रे सडकमा हिडेको जस्तै तेज रफ्तारमा हिड्छन्l डेरामा सानो
कार्यालय बनाएका छन्l अहिले उनको फार्ममा दुई जना कार्मचारी छन्l आउँदो दिनमा
फार्मलाई अझ ठूलो गरि विस्तार गरेर त्यहाँ राम्रो होम स्टे पनि निर्माण गर्ने
विचार गरेका छन्l आफ्नै ठाउँमा सबैका लागि रोजगार सृजना गर्ने उनको महत्त्वपूर्ण
योजना रहेको छl सात समुद्र पारि विदेशको दु:खकष्ट र सङ्घर्षमय जीवनलाई उनले नाजिकबाट
हेरेका हुनाले नै आफ्नै ठाउँमा रोजगार सृजना गर्ने एउटा सङ्कल्प लिएको उनका
कुराबाट महसुस गर्न सकिन्छl
अहिलेघरि आफ्नो ठाउँ छोडेर रोजगारको लागि बाहिरतिर
जाने घटना सबैतिर नै छl यसमा कति राम्रा प्रतिभाहरू पनि बाहिर जाने गरेका छन्l
यस्तै बाहिर जान रोक्न र बाहिर भएकाहरूलाई आफ्नै ठाउँमा फर्किआऊ भन्ने सन्देश उनी दिन चाहन्छन्l यस्तै
सन्देश दिन अनि पर्यटनलाई विकास गर्न उनले सामूहिक अभियान मौन रुपमा शुरु गरेका
छन्l गाउँ फर्किने अभियानमा उनले गाउँवासीहरूका साथमा सडकको छेउछाउमा चेरीका
थुप्रै रुखहरु रोपेका छन्l यी चेरीका रुखहरू पर्यटनलाई आकर्षित पर्ने अनि अर्को आफ्नै
गाउँमा आफ्नै उधोगधन्दा स्थापित गरौं भन्ने सन्देशका प्रतीकात्मक रुपमा दर्शाएको
छl
व्यवसायसँगै
सामाजिक कार्य
एउटा भनाइ छ, दाहिने हातले दिएको देब्रेले थाहा
नपाओस्l यसै भनाइलाई उनले आत्मसात गरेको थाहा लाग्योl यताउतिबाट उनले असहाय
मानिसहरूलाई सहयोग गरेको कुरा सुनेंl यसबारेमा सोद्धा उनले उल्टै सोधे, ‘तपाईले
कसरी थाहा पाउनुभयो?’ उनको प्रश्नलाई नजरअन्दाज गर्दै कुरा कोट्याई रहँदा उनले
भने, ‘मान्छे भएपछि आवशयकतामा परेकालाई सहयोग गर्नुपर्छl कहिले कहिले सहयोग गर्नुपर्छ,
तर हल्ला गर्नु हुँदैनl’ यसबारेमा उनी केही बढी बोलेनन्l उनी सामाजिक कार्यकर्ताको
रुपमा पनि परिचित छन्l सामाजिक कार्यकै कारणले १५ अगस्त २०२२ मा स्वाधीनता दिवसको
अवसरमा ७६औं स्वाधीनता दिवस समारोह समितिद्वारा दक्षिण रिगु माध्यमिक विद्यालयमा
उनी सम्मानित भइसकेका छन्l उत्कृष्ट मत्स्य पालनको लागि उनी सिक्किम राज्यमा
पुरस्कृत भइसकेका छन्l यसबाहेक आईसीएआर, डाइरेक्टोरेट अफ कोल्ड वाटर फिसरिज
रिसर्च, भीमताल नैनीताल, उत्तरखण्डको आयोजनामा ‘प्रोग्रेसिभ फार्मर अवार्ड’ जस्ता राष्ट्रिय
पुरस्कार उनलाई प्राप्त भएको छl ट्राउट
माछा पालनले उनलाई अझ बढी पौरखी बनायोl सुवास राई आज एक उर्जाशील उद्यमी बनेर
भविष्यमा रोजगारको अवसर सृजना गर्ने मार्गमा अघि बढिरहेका छन्l
स्वास्थ्यवर्धक ट्राउट माछा
Comments
Post a Comment