Posts

Showing posts from April, 2024
Image
  पारिवारिक चलचित्रहरुलाई मान्यता दिने बलिउडका राजश्री प्रोडक्सन हिन्दी चलचित्र समय अनुसार परिवर्तन हुँदै गइरहेको छ। समाजमा परिवर्तन हुँदै गइरहेको सामाजिक परिवेश र नयाँ नयाँ विषयहरू हाम्रो जीवनमा समावेश भइरहेको कुराहरू पनि चलचित्रहरूतिर देखाइने गरिन्छ। पुरानो हिन्दी चलचित्र विशेष गरी १९७० को दशक भन्दा अघिको समयहरुमा देखाइने चलचित्रहरूमा गाउँ बस्तीलाई केन्द्र गरेर चलचित्रहरू देखाइने गरिन्थियो, तर अहिलेको हाम्रो वर्तमान चलचित्रहरूमा गाउँ बस्तीको जीवनहरु त्यति देखाइने गरिँदै। शोले , नदिया के पार , मदर इण्डिया जस्ता चलचित्रहरू गाउँले जीवनलाई केन्द्र गरेर निर्माण गरिएको चलचित्रहरू थियो। अहिलेको हिन्दी चलचित्रहरू गाउँ बस्ती लाई केन्द्र गरेर त्यत्ति बनाइन्दैन र त्यसप्रति निर्माता हरुको ध्यान गएको पनि हुँदैन। यसै गरी अहिलेको अधिकांस चलचित्रहरूमा संयुक्त परिवारहरूका मेलमिलाप माथि आधारित चलचित्रहरु पनि बनिने गरिँदैन। हुन पनि अहिले संयुक्त परिवारको समय रहेको छैन अधिकांश परिवार छुट्टिएर नै बस्न रुचि राख्छन् त्यसैले पनि होला अचेल परिवार माथि आधारित चलचित्रहरू बन्न छोडी सक्यो। हिन्दी सिने ...
Image
  चिया कविता पुरस्कार २०२४ घोषणा , श्रीमती प्रभा राईलाई विश्व चिया दिवसको दिन प्रदान गरिने  गान्तोक: चिया कविता , सिक्किमले प्रत्येक वर्ष विश्व चिया दिवसको अवसर पारेर साहित्यिक क्षेत्रमा योगदान दिँदै आएका एकजना व्यक्तित्वलाई चिया कविता पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो भने प्रथम चिया कविता पुरस्कारले डुप छिरिङ लेप्चालाई पुरस्कृत गरेको थियो। यस वर्ष पनि यसै परम्परालाई निरन्तरता दिँदै आसाङथाङ नाम्ची निवासी प्रभा राईलाई चिया कविता पुरस्कार २०२४ ले पुरस्कृत गर्ने निर्णय गरेको छ। सोमबार गान्तोकमा बसेको चिया कविता समुहका कार्यकारी सदस्यहरूको बैठकले उक्त निर्णय लिएको हो। प्रभा राईले पछिल्लो लामो समयदेखि आफ्नो गाउँमा बसेर साहित्यिक क्षेत्र , शैक्षिक क्षेत्र र पठन संस्कृतिको विकासका लागि योगदान दिँदै आएकी छन्। नाम्चीको आसाङथाङको दुमी गाउँका बालबालिका साथै आम पाठकहरूका लागि उनले आफ्नो व्यक्तिगत प्रयासमा आफ्नै गाउँमा पुस्तकालय निर्माण गरेर पठन संस्कृतिको विकासका लागि काम गर्दै आएकी छन्। डीजी रिडिङ रूम रिसोर्स एण्ड एडुकेशन फाउन्डेशन सन् २०१९ देखि गठन गरेर सिक्किममा पठन संस्कृति , भ...
Image
  बलिउडका सुप्रसिद्ध गायक जावेद अलीको स्वरमा ‘ आँधी बिच ’ सार्वजनिक काठमाडौं: संसारभर हजारौं  गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक जावेद अलीको स्वरमा ‘ आँधी बिच’ उक्त गीतमा सुरेन्द्र मान सिंहको   सम्पादन र विशाल गुरुङको निर्देशन रहेको छ। संगीतकार कृष रिजालको जादुमय संगीतमा रहेको उक्त गीत गीतकार मणि शर्मा रिजालको रचना रहेको छ। अमेरिकाको विभिन्न ठाउँमा भिडियो सुटिङ सम्पन्न भएको उक्त गीतमा लक्षु शर्मा र योगिता महर्जनको अभिनय रहेको छ। गीत माया प्रेममा आधारित रोमान्टिक रहेको छ।
Image
बक्सर छोरी त्रिलेखा गुरुङ  हाम्रो वैकुण्ठपुर पत्रिकाद्वारा    सम्मानित सिलगढी: गत १६ देखि २५ अप्रेलसम्म हरियाणाको रोहतकमा राष्ट्रिय बक्सिङ अकादमीमा बक्सिङ फेडरेशन अफ् इण्डियाद्वारा सम्पन्न भएको अण्डर-१९ भारतीय महिला बक्सिङ टोलीको क्याम्पमा सहभागी भएर घर फर्किएकी छिन्l सालुगढा-सिलगढीस्थित राज फाप्री निवासी त्रिलेखा गुरुङलाई शनिबार हाम्रो वैकुण्ठपुर पत्रिकाद्वारा भेटघाट गरी सम्मान जनाइएको छ। सिलगढीस्थित खोलाचन्द फाप्रीबाट द्वैमासिक रुपमा प्रकाशित हुने हाम्रो वैकुण्ठपुर पत्रिकाका संस्थापक एवं सम्पादक विकास तिम्सिना र अनामिका छेत्रीले युवा बक्सर त्रिलेखा गुरुङलाई उनकै निवास स्थानमा गएर शनिबार सम्मान जनाएका हुन्। द्रोणाचार्य पुरस्कार प्रापक जगदीश सिंह र दार्जीलिङ जिल्ला बक्सिङ एसोसिएशनका महेन्द्र थापाको देखरेखमा यस वर्ष रोहतकमा सम्पन्न दश दिवसीय खेलमा सिलगढीबाट भाग लिने आफू एक खेलाडी भएको त्रिलेखा गुरुङले बताइन्। ‘आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गरेर सफलता प्राप्तगर्न पाउँदा आफैलाई धेरै खुशी लागेको छl भविष्यमा राष्ट्रिय , अन्तर्राष्ट्रिय स्तरमा खेलेर देशको नाम उज्ज्वल पर्ने इ...
Image
 ‘चरी बस्यो बनैमा’ नयाँ म्युजिक भिडीयो सार्वजनिक (हेर्नुहोस् भिडीयो) काठमाडौं। ‘ चरी बस्यो बनैमा ’ बोलको नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ। गायक तीर्थराज गुरागाई र गायिका स्वस्तिका ढकालको स्वर रहेको गीत शनिबार ‘ नेपमेलो ’ को युट्युब च्यानलबाट सार्वजनिक भएको हो। सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा संगीत रहेको छ। यस गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो। गीतको भिडियोमा अहिलेका चर्चित मोडल प्रभात पल ठकुरी र अनिषा ओलीको नृत्य देख्न सकिन्छ। राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिचेका हुन्। गीतको निर्देशन सान थापाले गरेका हुन्।  अष्ट्रेलियामा करिब दुई दशकदेखि कर्मथलो बनाउँदै आएका गायक गुरागाईको यो पहिलो गीत हो। सार्वजनिक गीतले नेपालीहरूको मनमा छाप छोड्ने उनको विश्वास छ।
Image
  ‘ पूर्ण बहादुरको सारङ्गी ’ मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित काठमाडौं: सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘ पूर्ण बहादुरको सारङ्गी ’ मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्। जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो। उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन। सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन्। निर्माण पक्षले यस अघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो। जसमा फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरबाट मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। यो फिल्मले एक गहन विषयलाई उठान गर्न लागेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
Image
  आरबीआई गान्तोकद्वारा वित्तीय साक्षरता केन्द्र (सीएफएल) हितधारकहरूसँग ‘ फेस-टु-फेस अन्तरक्रिया ’ आयोजना गान्तोक: भारतीय रिजर्भ ब्यांक (आरबीआई) गान्तोकले विभिन्न हितधारकहरूसँगको सहकार्यमा सिक्किममा वित्तीय साक्षरता केन्द्र (सीएफएल) परियोजनाको प्रगति र प्रभावकारिताको मूल्यांकन गर्ने उद्देश्य लिएर ‘ फेस-टु-फेस अन्तरक्रिया ’ आयोजना गरेको छ। २४ अप्रेल , 2024 मा आरबीआई गान्तोक परिसरमा आयोजित बैठकमा नाबार्ड , एसएलबीसी , एसबीआई र सीएफएल अधिकारीहरूका प्रतिनिधि सहित प्रमुख सहभागीहरूलाई एकसाथ ल्याएको छ। आरबीआई गान्तोकका क्षेत्रीय निर्देशक किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले नोभेम्बर २०२१ मा स्थापना भएदेखि नै सीएफएल परियोजनाका उपलब्धिहरूको समीक्षा गर्ने मञ्चको रूपमा काम गर्‍यो। क्रिसिल फाउण्डेशनसँगको सहकार्यमा गरिएको पहलले राज्यका सबै ३३ वटा ब्लकमा दुई चरणमा ११ केन्द्रमा सफलतापूर्वक सीएलएफ स्थापना गरेको छ। अन्तरक्रियाको क्रममा आरबीआई गान्तोकका महाप्रबन्धक गोदा रविशंकरले सबै हितधारकहरूको प्रयासको प्रशंसा गरे तथा वित्तीय समावेशीकरण र सामाजिक कल्याणलाई बढावा दिन वित्तीय साक्षर...
Image
पाठ्य पुस्तक अधिकारीहरूको अध्ययन भ्रमण सिक्किम अकादमीका अध्यक्ष लिम्बु एस आर खजुम अभिनन्दित  गान्तोक: सिक्किम सरकारको शिक्षा विभागको भाषा निदेशालयले रैथाने भाषाका पुस्तक अधिकारी र कर्मचारीहरूलाई पाठ्य पुस्तक सम्बन्धित वार्षिक अध्ययन भ्रमण गराएको छ। दक्षिण सिक्किमको नाम्ची जिल्लाको आसाङथाङ दुमी गाउँमा रहेको डीजे रिडिङ रूम, रिसर्च एण्ड एडुकेशन फाउन्डेशनको भ्रमणको अवधीमा आयोजित विशेष कार्यक्रममा सिक्किम अकादमीका अध्यक्ष तथा भाषा साहित्य सेवी लिम्बू एसआर खजुमलाई शिक्षा विभागले उनको योगदानलाई कदर गर्दै अभिन्दन गरियो।  पाठ्य पुस्तक निदेशालयका निदेशक सोनाम लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवधीमा रिडिङ रूमका संस्थापक श्रीमती प्रभा राईले फाउन्डेशन गठन गरेर भाषा, साहित्य र पुस्तक पठन पाठनको निम्ति निर्धारित लक्ष्यबारे अवगत गराइन्। उनले वर्तमान अवस्थामा पठन संस्कृति सिर्जनशील कलाको दिशामा लुप्त हुँदै गएको युवा चासोहरूको बारेमा आफ्नो अनुभव र फाउन्डेशनले दिने योगदानबारे बताइन्। आफूले कर्तव्य मात्र निर्वाह गरिरहेको तथा त्यसलाई शिक्षा विभागले अभिनन्दन गरेर गुण लगाएको बताउँदै सम्मानि...
Image
  फिल्म ‘ एक्टर ’ को शुभसाइत सम्पन्न   काठमाडौं: मंगलबार (२३ अप्रेल) बिहान ललितपुरको भैसेपाटीमा  फिल्म ‘ एक्टर ’ को शुभसाइत गरिएको छ। कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो।  शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का , नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी , नायक सुशील सिटौला , कलाकार दिव्य देव लगायत उपस्थित थिए। दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो।  समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी रहेको थियो। वैशाखको अन्तिम साताबाट शुरु हुने फिल्ममा राजवल्लभ कोइराला , सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ। यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन्। थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह – निर्माताको रुपमा छन्। फिल्मलाई ३१ अक्टोबर (कात्तिकको १५ गते)बाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ। नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए।
Image
  पूर्ण बहादुरको: सारङ्गी ’ को मोसन पोस्टर सार्वजनिक काठमाडौं: नयाँ नेपाली फिल्म ‘ पूर्ण बहादुरको: सारङ्गी ’ को निर्माण घोषणा गरिएको छ। नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो। सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझन सकिन्छ। सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो। अगाडि बुढो रुख नजिकै देखिन्छन् , एक व्यक्ति। जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी , र नानी बोकेका छन् , काँधमा। नानीले सोध्छ, ‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ? ’ हाँस्दै बाउले जवाफ दिन्छ, ‘म भन्दा ठूलो मान्छे होलास् , मैलेभन्दा परसम्म देख्लास् भनेर।‘ यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ। गला अबरुद्ध हुन्छ। थप बोल्न सक्दैन। स्वभाविक पनि हो , उसलाई हेर्दा ऊ गाउँघरमा सारङ्गी रेटेर आफ्नो घरपरिवार चलाइरहेको अनुमान ल...
Image
  पृथ्वी दिवसको ५४औँ वार्षिकोत्सवको अवसरमा ‘कम्पोस्ट कार्निभल: वेस्ट नट्स , कम्पोष्ट लट्स’को नाराका साथ प्रेरणादायी कार्निभल शुरु  कोलकाता: अप्रेल २२ मा विश्वभर ‘अर्थ डे’ अर्थात् ‘पृथ्वी दिवस;को ५४औँ वार्षिकोत्सव मनाइँदैछ। यस अवसरमा ममता सुमित बिन्नानी फाउन्डेसन , होम फर यु , सीआईआई केवाईसी , इमामी कोलकाता , सेन्टर फर क्रिएटिभिटी , महेश्वरी इन्टरनेशनल बिजनेस फाउन्डेसन , इयान्त्रम , सिउ इन स्टाइलले एमएसएमई अड्डासँग संयुक्त रूपमा ‘कम्पोस्ट कार्निभल: वेस्ट नट्स , कम्पोष्ट लट!’ आयोजना गर्यो। दिगोपन र वातावरणको हेरचाहमा समर्पित यो अन्तरक्रियात्मक र प्रेरणादायक कार्निवल गोल्डेन टुलिप होटल , कोलकातामा आयोजना गरिएको थियो। कार्यक्रमले सहभागीहरूलाई कम्पोस्टिङ र हाम्रो बहुमूल्य ग्रहको संरक्षणमा यसको महत्त्वपूर्ण भूमिकाको बारेमा जान्नको लागि एक अनुपम अवसर प्रदान गर्‍योl जसमा सीएस (डा.) अधिवक्ता तथा एमएसएमई डेभलपमेन्ट फोरम पश्चिम बंगाल चैप्टरकी अध्यक्ष ममता बिन्नानी , सुश्री शीतल बविशी  (प्रसिद्ध पर्यावरण कार्यकर्ता तथा स्थायी प्रथाहरूलाई प्रवर्द्धन दिने संगठन बीजमकी संस्थापक) , बैभव...
Image
सोनादाका  चार  जना   युवा   ओर्लिए    फोहोरमैलासित जुझ्न   स्वच्छता सँगै रोजगार सृजना गर्ने बृहत भिजन      सोनादा: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा प्रवेश गरिसकेको विश्व नपत्याउँदो किसिमले फोहोरमैलाको समस्यासित एउटा अन्तहीन सङ्घर्ष गरिरहेको छ l बढ्दो जनसङ्ख्या सँगै यता शहरीकरण बढ्दै गयो , अनि उता ग्रामीण भेकमा पनि बिस्तारै शहरीकारणको छाप पर्दै जान थालेको छ l यस्तो स्थितिमा फोहोरमैला बढ्दै जानु स्वाभाविक नै हो l द् वर्ल्ड काउन्ट्सको अनुसार हरेक वर्ष यस धरतीमा दुई दशमलब १२ बिलियन टन फोहोर फाल्ने गरिन्छ l यसमा गजबको कुरा यस्तो छ , यदि यो सबै फोहोरमैला ट्रकहरूमा जम्मा गर्नु हो भने यो संसारभरमा २४ पटकको फन्को हुन्छ l नेक्स्टिअसका अनुसार , भारतमा वार्षिक ६२ मिलियन टन फोहोर उत्पादन हुन्छ गर्छ , जसको ७०% संकलन हुन्छ , अनि १२ मिलियन टन मात्र प्रशोधन गरिन्छ , बाँकी ३१ मिलियन टन जमिनमा पुरिन्छ। यता दार्जीलिङ पहाडी भेक फोहोरमैलाको समस्यासित जुझ्न थालेको निक्कै समय भइसकेको छ l फोहोर व्यवस्थापनको बारेमा सचेत समाज अझ पनि अचेत ...
Image
‘ भोज भतेर ’: जहाँ लाग्छ नेपाली खानाको भतेर ‘ भोज हाम्रो , भतेर तपाईंको ’- हो साँच्चै नै सालबारीको ‘ भोज भतेर ’ रेस्तोराँमा काँसको थाल बटुकामा झर्रा नेपाली खानाको भतेर लाग्ने गर्छ l नेपाली खानाको छुट्टै विशेषता छ l संसारभरका नेपाली जहीं गए पनि , युरोप अमेरिकामै बसे पनि , उतै जन्मिए पनि नेपाली खानाको स्वाद भने उसको जिब्रोमा खोपिएको हुन्छ l जुन कहिले मेटिन्दैन अनि नेपाली स्वादको चाहना भने नेपाली जिब्रोलाई जहिले पनि आवश्यकता परिरहेको हुन्छ l दार्जीलिङ पहाडदेखि मुनि तराई-मधेस खण्डमा ‘ भोज भतेर ’ ले नेपाली स्वाद जुराउने काम गरेको छ भने नेपाली बाहेक अन्य जातिमा नेपाली खानाका साथ नेपाली संस्कृति , संस्कार प्रवर्द्धन गर्ने कार्य गरिरहेको छ l               यहाँ सपरिवार वा एक्लै पनि नेपाली खाना खान जान सक्छन् l यहाँ भित्र पस्ने साथ सोझै भित्तामा राखिएका गाग्रो , करुवा , ठूलो खालको निख्खुर कालो भटमास , जिम्बु , चूकमा नजर परिहाल्छ l यस्तो वातावरणको कल्पनासम्म गर्दा पनि कसको मुखमा पानी आउँदैन होला र! यहाँ हात धुनलाई कल होइन यसको बदलीमा करुवा प्रयोग...
Image
  आर्टिफिसियल इन्टेलिजेन्सले भविष्यका सम्भावनाहरूको ढोका खोल्नेछ: डा. सुनिल कुमार शर्मा कोलकाता: वाणी प्रकाशनद्वारा प्रकाशित कवि तथा प्राविधिक डा. सुनीलकुमार शर्माको प्रविधिमा आधारित पुस्तकहरू ‘ आर्टिफिसियल इन्टेलिजेन्सः ए स्टडी ’ र ‘ च्याटजीपीटी : ए स्टडी ’ पुस्तक शनिबार कविता साँझ अनि चर्चा कार्यक्रममा विमोचन गरियो। इण्डियन काउन्सिल फर कल्चरl रिलेसन्स (आईसीसीआर)मा रविशंकर उपाध्याय स्मृति संस्थानद्वारा आयोजना गरिएको थियोl उक्त कार्यक्रममा देशका प्रख्यात प्राविधिकहरुले आ – आफ्ना विचार प्रस्तुत गरेका थिए भने कविता साँझमा हिन्दीका चर्चित तथा युवा कविहरुले आ – आफ्ना कविताले श्रोताहरुलाई मन्त्रमुग्ध बनाएका थिए। कवि तथा प्राविधिक डा. सुनीलकुमार शर्मा पुस्तक चर्चा सत्रमा प्रा. एसपी मुखर्जी (शताब्दी प्राध्यापक , तथ्याङ्क विभाग , कोलकाता विश्वविद्यालय) को अध्यक्षतामा प्रो. आर. एस. सिंह (आचार्य , केमिकल इन्जिनियरिङ , आईआईटी - बीएचयु ), प्रा. चित्रा सिंह (प्राध्यापक , रसायन विज्ञान , क्षेत्रीय शिक्षा संस्थान , भोपाल) , यतिश कुमार (लेखक तथा मुख्य कार्यशाला प्रबन्धक , लिलुह/पूर्वी रेलवे) , डा...
Image
गायक सुनिल गिरी र मेलिना राईको नयाँ गीत ‘कालीगड’ सार्वजनिक (हेर्नुहोस् भिडीयो)  काठमाडौं: गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्राय: आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन्। यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन्। ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो। ‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’ गीतमा युवा–युवतीले एकअर्काको रूपको खुलेर प्रसंशा गरेका छन्।  यसको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ। यो रोमान्टिक गीत कर्णप्रिय पनि छ। लुम्बिनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई झनै आकर्षक बनाइएको छ। मेकिङका हिसाबले भिडियो स्तरीय लाग्छ। फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायक गिरीले यसपटक रोमान्टिक गीत नयाँ वर्षको उपलक्ष्यमा...
Image
  अमेरिकाबाट दार्जीलिङकी सुपरिचित गायिका डोमा शेर्पाको शेर्पा गीत सार्वजनिक (हेर्नुहोस् भिडीयो)  दार्जीलिङ:  दार्जीलिङ, सिक्किम हिमाली भेककी सुपरिचित गायिका डोमा शेर्पाले अमेरिकाबाट हिजो (१२ अप्रेल) पारम्परिक शेर्पा गीत ‘टासी सोलु’ युट्युबमका सार्वजनिक गरेकी छिन्l सोनादा निवासी गायिका डोमा शेर्पाले यो गीत नेपाली नयाँ वर्ष २०८१ को छेक पारेर सार्वजनिक गरेकी हुन्l सोनादाको होली क्रस स्कूलमा शिक्षिका रहेकी डोमा शेर्पाले गएको एक वर्षदेखि अमेरिकालाई आफ्नो कर्मथलो बनाएकी छिन्l हाल उनी अमेरिकाको वाशिंगटन स्थित फ्राइडे हार्बरमा छिन्l हिजो उनले युट्युबमा सार्वजनिक गरेरको शेर्पा गीत दार्जीलिङको सुर शर्मिला म्युजिकमा गरिएको हो भने यसको संगीत संयोजन दार्जीलिङका सुपरिचित संगीतकार सुरेन बर्मेले गरेका हुन्l यसको मूल गीत सोनादका स्व० पेम दावा शेर्पा र सोनादा शेर्पा कल्चरल सोसाइटीले उपलब्ध गराएको डोमा शेर्माले अमेरिकाबाट बताएकी छिन्l गीतलाई सम्पादन गर्ने कार्य अमेरिका नै कर्मथलो बनाएका देण्डी शेर्पा थाकतोले गरेका छन्l गायिका डोमा शेर्पाले आफ्नो टोलीका सदस्यहरू सोनादाका निमकिली शेर्पा, मिङ्...
Image
  ‘ रुमाल फाट्यो नि ’  भिडियो सार्वजनिक (हेर्नुहोस् भिडीयो) काठमाडौं : गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत  ‘ रुमाल फाट्यो नि ’ को भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष सुनारको शब्द र संगीत ,  सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ। भिडियोमा सन्तोष सुनार ,  गुराँस ढकाल ,  सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन्। डान्सिङ नम्बरको गीत दोहोरी फ्लेभरमा छ। भिडियोमा विशाल कार्कीको प्रोडक्सन ,  प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन ,  टेकेन्द्र शाहको सम्पादन र कलर ,  रामकुमार केसीको छायांकन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ।  भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
Image
  चिया गफबारे दार्जीलिङमा किताब कुरा पाठकहरूको पठन योग्यता जाँच गर्ने कसी हो चिया गफः  सुरज धड्कन गान्तोक: साहित्यकार तथा पत्रकार प्रवीण खालिङको नयाँ किताब चिया गफबारे दार्जीलिङमा किताब कुरा विमर्श सम्पन्न भयो। चिया गफ पुस्तकबारे चर्चा समावेशी समूह , भारतले आयोजन गरिएको थियो। विमर्शमा सिक्किम केन्द्रिय विश्वविद्यालयका अतिथि प्रध्यापक सुरज धड्कन , वरिष्ठ कवि मिलन बान्तवा , युवा कवि विनोद प्रधानले चिया गफका सन्दर्भहरू केलाएर समिक्षा प्रस्तुत गरेका थिए। सर्जक प्रवीण खालिङले पनि पुस्तकबारे लेखकीय मन्तव्य राखेका थिए।   किताब कुरा कार्यक्रमा वरिष्ठ कवि मिलन बान्तवाले चिया गफ सम्पूर्ण नेपालीहरूकै जीवन बोक्ने कृति रहेको बताए। उनले भने, ‘चिया गफमा मलाई मन परेको कुरा हामी सम्पूर्ण नेपालीहरूको जीवन बोकेको छ। यो किताब पढ्दा आफैलाई आत्मसात गर्न सक्छौं। यसैगरि चिया गफले उठान गरेका धेरै नयाँ विषय र सन्दर्भहरूमा पाठकले आफैलाई पात्र पात्राको रूपमा पाउने गर्छन्।‘ चिया कफबारे बोल्दै   सुरज धड्कनले गहन अध्ययनको समिक्षा प्रस्तुत गर्दै लिभिङ मेटाफोरको प्रयोगका सन्दर्भहरू केलाए। सुरज ध...