सोनादाका चार जना युवा ओर्लिए फोहोरमैलासित जुझ्न
स्वच्छता सँगै रोजगार सृजना गर्ने बृहत भिजन
सोनादा:
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा प्रवेश गरिसकेको विश्व नपत्याउँदो किसिमले
फोहोरमैलाको समस्यासित एउटा अन्तहीन सङ्घर्ष गरिरहेको छl बढ्दो
जनसङ्ख्या सँगै यता शहरीकरण बढ्दै गयो, अनि उता ग्रामीण
भेकमा पनि बिस्तारै शहरीकारणको छाप पर्दै जान थालेको छl यस्तो
स्थितिमा फोहोरमैला बढ्दै जानु स्वाभाविक नै होl द् वर्ल्ड
काउन्ट्सको अनुसार हरेक वर्ष यस धरतीमा दुई दशमलब १२ बिलियन टन फोहोर फाल्ने
गरिन्छl यसमा गजबको कुरा यस्तो छ, यदि
यो सबै फोहोरमैला ट्रकहरूमा जम्मा गर्नु हो भने यो संसारभरमा २४ पटकको फन्को हुन्छl
नेक्स्टिअसका अनुसार, भारतमा वार्षिक ६२
मिलियन टन फोहोर उत्पादन हुन्छ गर्छ, जसको ७०% संकलन हुन्छ,
अनि १२ मिलियन टन मात्र प्रशोधन गरिन्छ, बाँकी
३१ मिलियन टन जमिनमा पुरिन्छ।
यता
दार्जीलिङ पहाडी भेक फोहोरमैलाको समस्यासित जुझ्न थालेको निक्कै समय भइसकेको छl फोहोर
व्यवस्थापनको बारेमा सचेत समाज अझ पनि अचेत देखिन्छl आफ्नो
घर परिसर सफा भए संसारै सफा देख्ने मानसिकताले फोहोरमैला जतासुकै झोडा-नालामा
फालिने गरिन्छ, जसको असर वार्खायाममा देखिन्छl यस्ता अव्यवस्थित फोहोरमैलाले विभिन्न किसिमको रोगहरुलाई निम्त्याउने
कार्य हुन्छl तर समाजमा यस्ता कतिपय विचारशील सचेत युवाहरू
फोहोर व्यवस्थापनको बाटो खोजी रहेका हुन्छन्l दार्जीलिङ
पहाडी भेकको चर्चित ठाउँ सोनादामा यस्तै विचारशील युवाहरू फोहोर व्यवस्थापनको लागि
व्यक्तिगत प्रयासमा अघि आएका छन्l
सोनादावासी चार जना युवाहरू सुमन तामाङ, रमेश विश्वकर्म, विश्वास चामलिङ र प्रजन गुरुङले फोहोरमैला व्यवस्थापनको लागि ‘स्वस्छ सोनादा-स्वस्थ सोनादा’को नारा लिएर अघि आएका छन्l उनीहरू चारै जना आआफ्नै निजी व्यवसाय चलाउँदै आएका युवाहरू हुन्l झोडा-नालामा थुप्रिन्दै गएको फोहोरमैलाको दुर्गन्धले मानिसहरू कोही नाकमुख छोप्दै हिंडेको, कसैलाई वाकवाक गर्दै वान्तानै गर्ला जस्तो स्थितिमा देख्दा अनि रोगहरू उत्पन्न हुने स्थितिले उनीहरूलाई घच्घच्यायोl यहीं घच्घच्याइंले उनीहरू व्यक्तिगत रुपमा फोहोरमैलासित जुझ्न अघि आएका छन्l यसको निम्ति उनीहरूले ऋणै काढेर एउटा पिकअप (युटिलिटी) भ्यान फाइनान्समा किनेका छन्l यी चारजना जाँगरिला युवाहरुले ‘सोनादा स्वच्छता संरक्षण समिति’ गठन गरेका छन्l यसै समितिको मध्यमबाट उनीहरूले बिहान ६ बजेदेखि बिहान ८ बजेसम्म जोरखोलादेखि सोनादा बजारलगायत यसका वरिपरिका क्षेत्रहरूक घरबाट बोरामा फोहोरमैला उठाएर पिकअप भ्यानमा हालेर लैजान्छन्l यसको निम्ति प्रत्येक एक घरबाट २० रुपियाँ प्रति महिना शुल्क उठाउँछन्l यसैबाट गाडीको तेलपानीको खर्च, व्यस्थापन र फाइनान्समा दिन ऋण तिर्छन्l
समितिका
रमेश विश्वकर्म भन्छन्,
‘हामीले स्वच्छ सोनादा-स्वस्थ सोनादाको उद्देश्य लिएका छौंl यसबारेमा स्थानीय अधिकृतहरूसित कुरा गरिरहेका छौंl’ डम्पिङ
ग्राउण्ड समस्या नभएको उनको भनाइ छl यसबारे उनी भन्छन्,
‘हामीलाई चाहिएको हो खुला ठाउँ, जहाँ
बायोडिग्रेडेवल (कुहिने) र ननडिग्रेडेवल (नकुहिने) छुट्याएर अन्य किसिमले
व्यवस्थापन गर्न सक्छौंl जैविक फोहोरलाई कम्पोस्ट मल बनाएर
रोजगारको बाटो खोल्न सकिन्छl’ यसको निम्ति सर्वसाधारणको
सहयोग माग्दै सबैलाई यसबारेमा जागरुक बन्ने आहवान गर्छन्l झोडा-नालामा
फोहोरमैला थुप्रिएर दुर्गन्ध फैलिएको हुनाले यसैलाई व्यवस्थित गराउनका लागि पनि
यस्तो पहल गरिएको समितिका अर्का सदस्य सुमन तामाङको भनाइ छl उनी
भन्छन्, ‘दुख:सुख गाडी निकालेका छौं आफ्नै बलबुत्तामाl’
‘फोहोरमैला झोडा-नालामा
फ्याँके बन्द हुन्छ, अनि दुर्गन्ध फैलिएर रोगहरू
उत्पन्न हुन्छl यसलाई रिसाइकल गरे मल बनिन्छ अनि अन्यहरूले
कबाडीमा बिक्री हुन्छ’, उनी भन्छन्l अहिले
फोहोरमैला फ्याँक्नका लागि करिब ५० प्रतिशत सर्वसाधारणबाट सहयोग पाएको उनी
बताउँछन्l
उनीहरूले
थालेको यो पहल स्वच्छताको लागि सकरात्मक रहेको छl यसमा सो क्षेत्रका
ग्राम पंचायतले सहयोग गर्न सक्छन्l यस कार्यमा उनीहरूले
आफ्नो छुट्टै भिजन राखेका छन्l वर्तमान समयमा फोहोरमैला
व्यवस्थापन गराउनका लागि व्यावसायिक प्रयासहरू पनि भइरहेका छन्l तर यताका पहाडी भेकमा भने यस किसिमको प्रयास खासै भएको छैनl
Comments
Post a Comment