भोज भतेर’: जहाँ लाग्छ नेपाली खानाको भतेर

भोज हाम्रो, भतेर तपाईंको’- हो साँच्चै नै सालबारीको भोज भतेररेस्तोराँमा काँसको थाल बटुकामा झर्रा नेपाली खानाको भतेर लाग्ने गर्छl नेपाली खानाको छुट्टै विशेषता छl संसारभरका नेपाली जहीं गए पनि, युरोप अमेरिकामै बसे पनि, उतै जन्मिए पनि नेपाली खानाको स्वाद भने उसको जिब्रोमा खोपिएको हुन्छl जुन कहिले मेटिन्दैन अनि नेपाली स्वादको चाहना भने नेपाली जिब्रोलाई जहिले पनि आवश्यकता परिरहेको हुन्छl दार्जीलिङ पहाडदेखि मुनि तराई-मधेस खण्डमा भोज भतेरले नेपाली स्वाद जुराउने काम गरेको छ भने नेपाली बाहेक अन्य जातिमा नेपाली खानाका साथ नेपाली संस्कृति, संस्कार प्रवर्द्धन गर्ने कार्य गरिरहेको छl

      

      

यहाँ सपरिवार वा एक्लै पनि नेपाली खाना खान जान सक्छन्l यहाँ भित्र पस्ने साथ सोझै भित्तामा राखिएका गाग्रो, करुवा, ठूलो खालको निख्खुर कालो भटमास, जिम्बु, चूकमा नजर परिहाल्छl यस्तो वातावरणको कल्पनासम्म गर्दा पनि कसको मुखमा पानी आउँदैन होला र! यहाँ हात धुनलाई कल होइन यसको बदलीमा करुवा प्रयोग गरिएको छl

यस्तो छ नेपाली स्न्याक्स

भोज भतेरको हेरेक स्न्याक्समा नेपाली स्वादमा मोलिएका (मेरिनेट गरिएका) छन्l जसले गर्दा मधेस खण्डमा पनि पहाडी भेकको नेपाली स्वाद सय प्रतिशत पाउन सकिन्छl खसीको भुटुन,खसीको भुटुवा पचौनी, कुखुराको कर्चिमची, छोइला, नेपाली ढाँचाको फ्राइड चिकन, साँधेको कुखुरा, झोल मोमो, मुस्ताङ्गे आलु, साँधेको आलु, साँधेको भटमास, सेकुवा यहाँ खुबै चल्ती छl मुखमा पानी आउने यी नेपाली स्न्याक्सहरू रेस्तोराँ आउने पाहुनाहरूले रमाइलो गरि ट्याक्क जिब्रो पढ़काउँदै खाने गर्छन्l

यस्तो हुन्छ भोज

काँसको थाल बटुका नेपाली संस्कृति र संस्कारसित जोडिएको एउटा प्रमुख पाटा होl काँसको थाल बटुका नभए संस्कारका कार्यहरू पूरा हुँदैनl भात खुवाई, बेली बिहे, बिहेमा काँसको थाल बटुका उपहारमा दिने विशेष परम्परा छl ‘भोज भतेरमा जानुहोस् तपाईंको आतिथ्य सत्कारमा काँसको थाल बटुकामा भतेर लाग्छ अनि शुरु हुन्छ हेर्ने साथ मुखमा पानी आउने नेपाली खानाको भोजl काँसको थालमा भात, रायो वा डुकुको साग वा निङ्ग्रो (सिजनअनुसार), भुटेको आलु, सब्जी, साँधेको अचार, टिम्बुरको पिसेको अचार, भुटेको करेला वा भेन्डी, सलाद, कालो दाल, खसीको मासु वा कुखुराको मासु वा माछा (नेपाली किसिमको), दही, यसबाहेक अर्डरअनुसार मही पनि उपलब्ध छl सबै खाना स्वादिष्ट छ, एकपल्ट खाए फेरि अर्कोपल्ट खान अवश्यै लोभ लाग्छl यहाँको चामलमा छुट्टै विशेषता छ, जसमा नेपाली स्वाद पाइन्छl भोज भतेरको कालो दाल नखाए नेपाली खाना के खाएँ भन्नु र! यहाँको कालो दलको स्वाद भने गजबकै छl बङ्गाली ग्राहकहरूमा यहाँ नेपाली थाली निक्कै लोकप्रिय बन्दै गइरहेको छl कालो दाल र भात भन्ने साथ झर्रा नेपाली खाना बुझिन्छl कालो दाललाई शुद्ध मानिने भएका हुनाले नेपाली जातिमा विभिन्न अवसरमा विशेष रुपमा चलाइन्छl

यसरी शुरु भयो भोज भतेर

सन् २००७ को इण्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन एकजना युवाले भारतभरि हस्ताक्षर अभियान चलाएका थिएl यी युवालाई कतिले बिर्से होलान् कतिले आज पनि बिर्सेका छैनन् होलाl यी युवा हुन् ज्ञानेन्द्र अर्याल, जो हिजोआज सालबारी बसेर भोज भतेरको माध्यमबाट मदेश खण्डमा नेपाली खानाको प्रवर्द्धन गरिरहेका छन्l दार्जीलिङ सरकारी महाविद्यालयबाट पोलिटिकल साइन्समा स्नातक गरेका ज्ञानेन्द्र अर्याल दार्जीलिङको समाज विभिन्न सामाजिक कार्यमा सक्रिय रहने युवा हुन्l दार्जीलिङबाट सालबारी जाँदा नेपाली खाना खान मन लाग्दा खासै भेटाउन सकेनन् अनि अरुको मुखबाट पनि यस्तै सुनेl अनि नेपाली खानाको रेस्तोराँ खोल्ने जमर्को कसेl माधे संक्रान्तिकै छेक पारेर सालबारीको युनियन ब्यांक नजिक १५ जनवरी २०२२ देखि भोज भतेररेस्तोराँ शुरु गरे, जुन आज निक्कै लोकप्रिय बनेको छl सिक्किमका मुख्यमन्त्री पीएस गोले त्यहाँ नजिकैको रिसोर्टमा बस्दा भोज भतेरबाट नै खाना अर्डर गर्ने गरेको ज्ञानेन्द्र अर्याल बताउँछन्l भारतीय हक्कीका कप्तान भारत छेत्री, राष्ट्रिय फूटबल खेलाडी नादुङजस्ता सुपरिचित व्यक्तिहरू यहाँका नेपाली खानका स्वादले खुशी हुन्छन्l        

अब भोज भतेरमा नेवारी खाना पनि शुरु गर्ने तर्खरमा लागेका छन् उनीl ज्ञानेन्द्र अर्याल एकजना युवा लेखक र क्वीज मास्टर पनि हुन्l उनका तीन पुस्तकहरू ज्ञानञ्जली’, ‘कसरी इण्डियन आइडलमा पुगे प्रशान्त तामाङ’, ‘ज्ञान लहरीप्रकाशित भइसकेका छन्l ‘ज्ञान लहरीकक्षा ११ मा हुँदा लेखेका हुन्l 






Comments

Popular posts from this blog