बक्सर छोरी त्रिलेखा गुरुङ हाम्रो वैकुण्ठपुर पत्रिकाद्वारा सम्मानित
सिलगढी: गत १६ देखि २५
अप्रेलसम्म हरियाणाको रोहतकमा राष्ट्रिय बक्सिङ अकादमीमा बक्सिङ फेडरेशन अफ्
इण्डियाद्वारा सम्पन्न भएको अण्डर-१९ भारतीय महिला बक्सिङ टोलीको क्याम्पमा सहभागी
भएर घर फर्किएकी छिन्l सालुगढा-सिलगढीस्थित राज फाप्री निवासी त्रिलेखा गुरुङलाई शनिबार
हाम्रो वैकुण्ठपुर पत्रिकाद्वारा भेटघाट गरी सम्मान जनाइएको छ। सिलगढीस्थित
खोलाचन्द फाप्रीबाट द्वैमासिक रुपमा प्रकाशित हुने हाम्रो वैकुण्ठपुर पत्रिकाका
संस्थापक एवं सम्पादक विकास तिम्सिना र अनामिका छेत्रीले युवा बक्सर त्रिलेखा
गुरुङलाई उनकै निवास स्थानमा गएर शनिबार सम्मान जनाएका हुन्।
द्रोणाचार्य
पुरस्कार प्रापक जगदीश सिंह र दार्जीलिङ जिल्ला बक्सिङ एसोसिएशनका महेन्द्र थापाको
देखरेखमा यस वर्ष रोहतकमा सम्पन्न दश दिवसीय खेलमा सिलगढीबाट भाग लिने आफू एक
खेलाडी भएको त्रिलेखा गुरुङले बताइन्। ‘आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गरेर सफलता
प्राप्तगर्न पाउँदा आफैलाई धेरै खुशी लागेको छl भविष्यमा राष्ट्रिय, अन्तर्राष्ट्रिय
स्तरमा खेलेर देशको नाम उज्ज्वल पर्ने इच्छा रहेको छ’, उनले भनिन्l यसबारेमा विकास
तिम्सिनाले बताएअनुसार, राज फाप्री सालुगढा निवासी १७ वर्षीया
त्रिलेखा गुरुङ दार्जीलिङ पहाडी भेकको चुङ्थुङमा जन्मिएकी हुन्। साईराम गुरुङ र बुनु
गुरुङका छोरी त्रिलेखा गुरुङ इसाबेला स्कुलमा बार्हौ कक्षामा पढ्छिन्। सानैदेखि
कराते र बक्सिङ खेलमा चासो राख्ने त्रिलेखाले सन् २०१७ देखि बक्सिङमा आफ्नो करिअर
बनाउने दिशामा मेहनत गर्न थालेकी हुन्।
यसभन्दा अघि पनि उनले धेरै जिल्ला एवं राज्य स्तरीय खेलहरुमा भाग लिएर राम्रो प्रदर्शन
गरिसकेकी हुनाले विभिन्न संघ-संस्था, शैक्षिक संस्थानहरुले
सम्मान जनाइसकेको छ।
Comments
Post a Comment