फिल्म एक्टरको शुभसाइत सम्पन्न  

काठमाडौं: मंगलबार (२३ अप्रेल) बिहान ललितपुरको भैसेपाटीमा  फिल्म एक्टरको शुभसाइत गरिएको छ। कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो। शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देव लगायत उपस्थित थिए। दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो। 

समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी रहेको थियो। वैशाखको अन्तिम साताबाट शुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ। यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन्। थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सहनिर्माताको रुपमा छन्।फिल्मलाई ३१ अक्टोबर (कात्तिकको १५ गते)बाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ। नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए।



Comments

Popular posts from this blog