पारिवारिक चलचित्रहरुलाई मान्यता दिने बलिउडका राजश्री प्रोडक्सन
हिन्दी चलचित्र समय अनुसार परिवर्तन हुँदै गइरहेको छ। समाजमा परिवर्तन हुँदै गइरहेको सामाजिक परिवेश र नयाँ नयाँ विषयहरू हाम्रो जीवनमा समावेश भइरहेको कुराहरू पनि चलचित्रहरूतिर देखाइने गरिन्छ। पुरानो हिन्दी चलचित्र विशेष गरी १९७० को दशक भन्दा अघिको समयहरुमा देखाइने चलचित्रहरूमा गाउँ बस्तीलाई केन्द्र गरेर चलचित्रहरू देखाइने गरिन्थियो, तर अहिलेको हाम्रो वर्तमान चलचित्रहरूमा गाउँ बस्तीको जीवनहरु त्यति देखाइने गरिँदै। शोले, नदिया के पार, मदर इण्डिया जस्ता चलचित्रहरू गाउँले जीवनलाई केन्द्र गरेर निर्माण गरिएको चलचित्रहरू थियो। अहिलेको हिन्दी चलचित्रहरू गाउँ बस्ती लाई केन्द्र गरेर त्यत्ति बनाइन्दैन र त्यसप्रति निर्माता हरुको ध्यान गएको पनि हुँदैन। यसै गरी अहिलेको अधिकांस चलचित्रहरूमा संयुक्त परिवारहरूका मेलमिलाप माथि आधारित चलचित्रहरु पनि बनिने गरिँदैन। हुन पनि अहिले संयुक्त परिवारको समय रहेको छैन अधिकांश परिवार छुट्टिएर नै बस्न रुचि राख्छन् त्यसैले पनि होला अचेल परिवार माथि आधारित चलचित्रहरू बन्न छोडी सक्यो।
हिन्दी सिने जगतका बलिउड मात्रै होइन, तर हिन्दी टीभी सिरियलहरुतिर पनि पारिवारिक मेल मिलाप माथि आधारित कुरा हरु देखाइने गरिँदैन। परिवार भने यी सिरियलहरुमा देखाउने गरिन्छ, तर घरलाई जोड्ने कुरामा भन्दा घरलाई तोड्ने कुराहरू यी सिरियलहरुमा देखाइने गरिन्छ अधिकांश झै झगडा, जाल झेल र षड्यन्त्र गर्न सिकाउने गर्दछन् यी टीभी सिरियलहरूमा यसको प्रभाव हाम्रो व्यक्तिगत जीवनहरुमा पनि परिरहेको हुन्छ। यसै कारण अचेल डिभोर्स, घरेलु झगडा र हिंसा हाम्रो घर परिवारमा भइरहेको छ। हाम्रो असल जीवनमा पनि हामी गाउँको परिवेशदेखि टाढा हुँदै जाँदैछौं, गाउँको संस्कृतिदेखि टाडा हुँदै जाँदैछौं र संयुक्त परिवारमा बस्न पनि हामी त्यति रुचि राख्ने गर्दैनौं, तर हामी दुई र हाम्रो दुई भन्ने परिवारमा बस्न अचेल रुचि राख्ने गर्दछौं। तर आज भन्दा पहिलेको समय गाउँको संस्कार र संस्कृतिमा पनि धेरै सौन्दर्य थियो, संयुक्त परिवारको सदस्य भएर बस्नमा पनि धेरै लाभ थियो। यही गाउँको संस्कार र संस्कृति लाई धेरै सुन्दर ढंगमा प्रस्तुत गर्ने र संयुक्त पारिवारिक चलचित्रहरुलाई पनि एकदमै सुन्दर रूपमा देखाउने बलिउडका चलचित्र निर्माता कम्पनी राजश्री प्रडक्सन हिन्दी सिनेमा जगतको एकदमै नामी प्रडक्सन हाउस रहेको छ।
'अहिले चलचित्र सफल बनाउनका निम्ति निर्माता र निर्देशकहरुले चलचित्रमा धेरै प्रकारको फुहड र अश्लीलता चलचित्रमा भित्राउने गर्दछन्, तर ताराचन्द बर्जातियाले आफ्नो चलचित्रहरू निर्माण गर्दा यसो गरेनन्'
यस राजश्री प्रोडक्सनको आरम्भ ताराचन्द बर्जातिया भन्ने एक व्यक्तिदेखि शुरु हुन्छ। ताराचन्द बर्जातिया एक दार्शनिक, विचारक, निर्माता र फिल्म वितरक थिए। उही ताराचन्द बर्जातियाले यस राजश्री प्रडक्सन लाई स्थापना गरेका हुन् अहिलेसम्म लगभग ५७ चलचित्रहरू निर्माण यस राजश्री प्रोडक्सनले गरिसकेका छन्। हिन्दी, तमिल, तेलुगु, अङ्ग्रेजी परिवारहरूलाई आकर्षित गर्ने यस चलचित्र निर्माण गर्ने कम्पनीले भारत देश र दुनियाँमा चलचित्रहरू वितरित गरेका छन्। अहिले चलचित्र सफल बनाउनका निम्ति निर्माता र निर्देशकहरुले चलचित्रमा धेरै प्रकारको फुहड र अश्लीलता चलचित्रमा भित्राउने गर्दछन्, तर ताराचन्द बर्जातियाले आफ्नो चलचित्रहरू निर्माण गर्दा यसो गरेनन्, तर चलचित्र सफल बनाउनको निम्ति अश्लीलता र नचाहिँदो कुराहरू आफ्नो चलचित्रहरूमा समावेश नगरी पनि नै उनले धेरै सफल चलचित्रहरू हिन्दी सिने जगतलाई दिए यसरी नै उनले बलिउडमा ४० वर्ष सम्म सफा सुग्घर चलचित्रहरू बनाएर नै ख्याति कमाए। बलिउडमा सेठजीको नामले प्रचलित ताराचन्द बर्जातियाको जन्म राजस्थानको एक मध्यम वर्ग परिवारमा १० मई १९१४ मा भएको थियो। ताराचन्द ले आफ्नो स्नातक सम्मको शिक्षा कोलकाता स्थित विद्यासागर महाविद्यालयबाट पूरा गरे। उनको पिता चाहन्थे की ताराचन्द पढेर लेखेर ब्यारिष्टर भएको होस् भनेर तर उनको आर्थिक हालत कमजोर भएको कारणले गर्दा उनले ब्यारिष्टरको पढाइ गरेनन् बरु त्यसपछि उनी रोजगारको खोजीमा मुम्बई तर्फ लागे। यसरी उनी सन् १९३३ मा बम्बई (अहिले मुम्बई) आए। मुम्बई आएपछि उनी मुम्बईको मोती महल थ्येटर सित काम गर्न थाले यस संस्थाले चलचित्र वितरण गर्ने कार्य गर्थियो। यहाँ उनलाई तलबको रूपमा ८५ रुपियाँ मात्रै मिल्ने गर्थ्यो। त्यस संस्थामा ताराचन्दले काम गर्दै जाँदा त्यस संस्थाका मानिसहरू उनीसित खुशी भएर उनको पदोन्नति गर्दै उनलाई महाप्रबन्धक बनाए र उनलाई त्यस समयको मद्रास अर्थात् अहिलेको चेन्नई पठाइदिए। त्यहाँ पुगेपछि उनले अझ धेर लगन साथ महेनत गर्न थाले। त्यहाँ उनले धेरै चलचित्र निर्माताहरुसित भेट घाट गरे र आफ्नो संस्था मोती महलको निम्ति चलचित्र वितरणका सबै अधिकारहरू किन्न थाले। मोती महलका सबै कर्मचारीहरु उनको काम देखेर खुशी भएँ र आफ्नै स्वयंको वितरण संस्था किन्ने सल्लाह दिए यससँगै उनलाई नयाँ संस्था खोल्नको निम्ति आर्थिक सहयोग पनि प्रदान गर्न मोती महल संस्था तयार भए। त्यसपछि ताराचन्द बर्जातिया पनि आफ्नो नयाँ संस्था खोल्न तयार भए। १५ अगस्त १९४७ मा भारत देश अङ्ग्रेजहरूको शासन देखि मुक्त भए त्यही दिन उनले राजश्री नामक संस्था खोले। चलचित्र वितरण व्यवसायको निम्ति उनको संस्था स्थापित गरिएको थियो र यही वितरण व्यवसाय मार्फत उनले पहिलो चलचित्र चन्द्रलेखा नामक चलचित्र किने जुन चलचित्र चेन्नई स्थित जेमिनी स्टूडियो द्वारा निर्माण गरिएको थियो। ताराचन्द बर्जातियाले किनेको पहिलो चलचित्र चान्द्रलेखा धेरै चल्यो र सुपर हिट भयो जसको कारणले गर्न ताराचन्द बर्जातिया लाई धेरै लाभ भयो। त्यसपछि ताराचन्द ज्यमिनी प्रडक्सन हाउस का स्थायी वितरक बने। ताराचन्दले दक्षिण भारतका धेरै चलचित्र निर्माताहरुलाई हिन्दी चलचित्र बनाउनको निम्ती प्रेरित पनि गरे। ताराचन्द को प्रेरणाले गर्दा धेरै दक्षिण भारतका निर्माताहरुले हिन्दी सिनेमा जगतमा काम गरे र धेरै सफल हिन्दी सिनेमाहरु बनाए। त्यसपछि उनी चलचित्र प्रदर्शन क्षेत्रसित पनि जोडिन पुगे यससँगै उनले धेरै ठाउँहरूमा चलचित्र हेर्नको निम्ति सिनेमा हलहरुको निर्माण पनि गरे। फिल्म वितरण साथ साथ ताराचन्दको सपना कम आर्थिक लागतमा पारिवारिक चलचित्रहरु निर्माण गर्ने सपना पनि रहेको थियो। सन् १९६२ मा उनले यसको आरम्भ गरे, र उनले पहिलो चलचित्र ‘आरती’ निर्माण गरे। चलचित्र आरती दर्शकहरु माझ धेरै चलेपछि ताराचन्द निर्माताको रुपमा चलचित्र उद्योगमा स्थापित नाम भए।ताराचन्द बर्जातिया चलचित्र जगतमा स्थापित नाम भएपछि उनलाई के लाग्यो भने चलचित्रमा अभिनय गर्न रुचि राख्ने नयाँ कलाकारहरुले बलिउडमा धेरै मौकाहरु पाउँदैनन् त्यसैले नयाँ कलाकारहरु लाइ धेरै मौका दिनुपर्छ भन्ने उनको विचार थियो। यही विचारधारालाई अघि सार्दै उनले सन् १९६४ मा ‘दोस्ती’ नामक चलचित्र बनाए जुन चलचित्रमा नयाँ अभिनेता सञ्जय खानलाई आफ्नो चलचित्रमा अभिनय गर्ने मौका दिए। दोस्ती चलचित्र दुई साथीहरुको मित्रता माथी आधारित रहेको थियो यो चलचित्र धेरै असल रूपमा चल्यो यस चलचित्रको सफलतासँगै अभिनेता सञ्जय खान पनि चलचित्र जगतमा स्थापित हुन पुगे। यस ‘दोस्ती’ चलचित्रका गीत ‘चाहुँगा मैं तुझें साँझ सबेरे आवाज मैं न दुगा’ नामक गीत धेरै प्रचलित हुन पुग्यो र आजसम्म पनि यो गीत धेरै मानिसहरू माझ प्रचलित रहेको छ। अभिनेता सञ्जय खानलाई छोडेर अन्य अभिनेता अभिनेत्रीहरुलाई पनि हिन्दी सिने जगतमा स्थापित गराउनमा ताराचन्द बर्जातिया को ठूलो योगदान छ जसमा सचिन, सारिका, देवश्री राई, मुकेश खन्ना, आलोकनाथ, माधुरी दीक्षित अमोल पलेकार, जरिना वाहव, रञ्जिता, राखी, अरुण गोबिल, सलमान खान, भाग्यश्री जस्ता अभिनेता अभिनेत्रीहरु रहेका छन्। प्रत्येक सफल कलाकारहरुले राजश्री प्रडक्सन मार्फत सिनेमा खेल्न चाहे। प्रख्यात संगीतकार र गायक रवीन्द्र जैन त राजश्री प्रडक्सन को निम्ति नै जन्मिएका थिए भन्दा दुई मत नहोला किनकी उनले राजश्री प्रडक्सनको निम्ति धेरै असल असल गीतहरू आफ्नो संगीतको माध्यमद्वारा सजाए जुन गीतहरू आज पनि लोकप्रिय रहेको छ यी गीतहरूमा गोरी तेरा गाउँ बड़ा प्यारा, कहीं दिन से, लेकर आए हमे सप्नो की गाउँ मैं, गीत गाता चल इत्यादी रहेका छन्। ताराचन्द बर्जातियाले असल असल चलचित्रहरू बनाएको कारणले गर्दा धेरै सम्मान पनि पाए यी सम्मनहरुमा सर्वश्रेष्ठ फिल्मकारको रूपमा सम्मानित गरिसकेको छ। यसरी चार दशकसम्म फिल्म निर्माता बनेपछि उनको निधन २१ सेप्टेम्बर १९९२ मा भयो। ताराचन्द बर्जातियाको निधन पश्च्यात उनको पुत्र राजकुमार बर्जातिया र उनको नाति सुरज बर्जातियाले राजश्री प्रोडक्सनलाई नयाँ उचाई तर्फ पुर्याए। सुरज बर्जातियाले निर्माताको रूपमा पहिलो चलचित्र ‘मैने प्यार किया’ चलचित्रको निर्माण गरे यो चलचित्र दर्शकहरु माझ धेरै लोकप्रिय बन्न पुग्यो र यस चलचित्रका नायक सलमान खानको पनि यो पहिलो चलचित्र थियो सलमान खानको यस चलचित्रमा प्रेम नाम रहेको थियो यसरी यस चलचित्रमा उनको नाम प्रेम भएपछि अन्य धेरै चलचित्रहरूमा पनि उनको नाम प्रेम हुनपुग्यो। राजश्री का निर्माता सुरज बर्जातियालाई पनि प्रेम नामसित धेरै लगाव रहेको छ यसैले उनले आफ्नो धेरै चलचित्रहरूमा नायकको नाम प्रेम राख्ने गर्दछन्। राजश्री प्रोडक्सनमा खेलेका प्रख्यात बलिउडका नायकहरू सलमान खान, ऋतिक रोशन, शाहीद कपूर पनि राजश्री प्रोडक्सनका चलचित्रहरूमा प्रेम नामले चिनिएका छन्। बलिउडमा रिमेक बनाउने प्रथा पनि राजश्री प्रडक्सनले भित्राएका हुन जब उनीहरूले पुरानो ‘नदिया के पार चलचित्र’लाई रिमेक गरेर ‘हम आपके है कौन’ चलचित्र बनाएका थिए। सुरज बर्जातीया द्वारा निर्मित ‘हम आपके है कौन’ चलचित्र ५ अगस्त १९९४ मा निर्मित भएको थियो। सलमान खान र माधुरी दीक्षितको यो प्रेम कथाले धेरै ख्याति कमाएर गयो यस चलचित्रमा १४ वटा गीतहरू राखिएको थियो यस चलचित्रमा माया, प्रेम, संस्कार, परिवार जस्ता कुराहरू देखाउन खोजिएको थियो। यसै गरी सन् १९९९ मा फेरि राजश्री प्रोडक्सनले ‘हम साथ साथ है’ चलचित्र निर्माण गर्यो यस चलचित्रमा भारतीय संयुक्त परिवारमा हुने रीति थिति, संस्कार, संस्कृति बारे देखाउन खोजिएको थियो। यसै गरी संयुक्त परिवारमा हुने समस्या र त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने कुराहरु देखाउन खोजिएको थियो। सन् २००६ मा राजश्री प्रोडक्सनले अर्को चलचित्र विवाह निर्माण गर्यो यस चलचित्रले मंग्नी विवाहको महत्व बारे देखाउनु खोजेको थियो आजको दिनमा मगनी विवाहको महत्व धेरै घट्दै गइरहेको छ र डिभोर्स जस्ता कुराहरूले प्राथमिकता पाइरहेको छ यस्तो समयमा विवाह चलचित्रले दाम्पत्य जीवन र विवाहको महत्व देखाउन खोजेका छन्। सन् २०१५ मा ‘प्रेम रतन धन पायो’ नामक चलचित्र राजश्रीको ब्यानर मार्फत निर्माण भएको थियो यस चलचित्रमा पारिवारिक मन मुटाव हुँदा त्यसको समाधान कसरी गर्नुपर्छ र आफ्नै दाजुभाई दिदीबहिनी माझ भएको मन मुटावको समाधान कसरी गरेर एक अर्कामा मेल जोल गर्नुपर्छ भन्ने कुरा देखाउन खोजेको छ। राजश्री प्रोडक्सनले चलचित्रको साथ साथमा टीभी सिरियलहरु पनि निर्माण गरे जस्तै १९८५ मा पेयिङ गेस्ट, प्यार का दर्द, पिहु अल्बेला, यहाँ मै घर घर खेली, दो हंसो का जोडा जस्ता सफल टेली चलचित्रहरू निर्माण गरेका छ्न्। राजश्री प्रडक्सन मानिसहरूलाई चलचित्र मार्फत मनोरञ्जन साथ साथ मानिसहरूलाई नैतिक शिक्षा पनि दिने काम गर्दछ यसप्रकारको चलचित्र निर्माण गर्ने प्रोडक्शन हाउस को आवश्यकता भारतमा धेरै भन्दा धेरै आवश्यक रहेको छ।
Comments
Post a Comment