
सामाजिक कार्यकर्ता रंगु सौरिया र पत्रकार प्रवीण खालिङ मङ्पूमा सम्मानित मङ्पू: दुई दशकदेखि मानव तस्करी विरुद्ध अभियान चलाउँदै आएको गैर सरकारी संस्था कन्चनजंघा उद्धार केन्द्रकी सचिव रंगु सौरिया र सिक्किमका सुपरिचित पत्रकार तथा कवि प्रवीण खालिङ मङ्पूमा सम्मानित भएका छन्l रंगु सौरियालाई हिल टाइम्स सहासिक पुरस्कार २०२४ अनि प्रवीण खालिङलाई हिल टाइम्स पत्रकार सम्मान २०२४ प्रदान गरियोl दुवैलाई यो पुरस्कार शनिबार (२८ सेप्टेम्बर) मङ्पूको रवीन्द्र भवनमा मङ्पूको सर्वनाम समूह र हिल टाईम्स अनलाइन न्यूज च्यानलको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा यो पुरस्कारले सम्मान जनाइएको होl रंगु सौरियालाई कार्यक्रमका विशिष्ट अतिथिहरु समाजसेवी विक्रम राई , एनएचपीसी चरण तीनका मुख्य अभियन्ता प्रदीप कुमार राय , हिल टाईम्सका प्रबन्ध निर्देशक पत्रकार केशर मोक्तानको बाहुलीबाट अंग वस्त्र र स्मृति चिन्ह प्रदान गरियो। यसरी नै पत्रकार प्रवीण खालिङलाई साहित्यकार उदय थुलुङ , मङपू थानाका ओसी आईनुल हक , समाजसेवी विक्रम राई र केशर मोक्तानको बाहुलीबाट नेपाली टोपी पहिराएर , स्मृति चिन्ह र अभिनन्दन पत्...