फिल्म ‘नरसिंहाः अवतार’को शुभमुहूर्त
काठमाडौं: निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभमुहूर्त गरिएको छ। यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो। एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए। निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ शुरु गरिएको हो। शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो। निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भने, 'यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ। राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो। किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो', उनले भने।
फिल्मकी
अर्की नायिका सनिशा भट्टराईले भनिन्, 'मेरो बाबु उहाँको फ्यान
भएको कारण मैले पनि उहाको फिल्म बच्दैदेखी हेर्दै आएको थिए। अहिले उहासँग एउटै
फिल्ममा काम गर्न पाउँदा उत्साहित छु।, उनले भनिन्। आउँदो
वर्ष २६ फरवरी (फागुन १४ गते) शिवरात्रीलाई प्रदर्शन मिती घोषणा गरेको यो फिल्ममा
महानायक राजेश हमाल, राज कटुवाल, नीति
शाह, सरोज खनाल, सनिशा भट्टराई,
दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी,प्रकाश
कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ। यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल
कमब्याक हुँदैछ। उनले यो फिल्मको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका
छन्। आठ वर्ष भन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्म
क्षेत्र तात्तिएको छ भने हमाल पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन्। त्यस्तै, अभिनेता सरोज
खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन्। उनीहरुले सन् १९९४
सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए। क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका
द्वन्द निर्देशक चन्द्र पन्त हुन्। यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, परशुराम बस्नेत र धुर्ब न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दैछन्। यो
फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ।
Comments
Post a Comment