एचएमआई र एसएमएबीच बैठक पर्वतारोहणको सम्भावनालाई अझ बलियो बनाउने सहमति

गान्तोक: हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट (एचएमआई) र सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) बीच दार्जीलिङको एचएमआईमा महत्वपूर्ण बैठक सम्पन्न भयो। एचएमआईका प्राचार्य ग्रुप क्याप्टेन जय किसन र एसएणएका कार्यकारीको बीचमा बुधबार भएको बैठकमा कतिपय महत्वपूर्ण मुद्दाहरूमा सहकार्यको निम्ति सहमति बनेको छ। एसएमएका अध्यक्ष एभरेस्टर कुञ्जाङ ग्याछो,सल्लाहकार वाङपिङ थेण्डुप, महासचिव भाइचुङ योञ्जन अनि प्रवक्ता प्रवीण खालिङको टोली सहभागी रहेको थियो। बैठकमा आउँदो दिनहरूमा एचएमआईले दिने पर्वतारोहणको बेसिक र एडभान्स कोर्समा एसएमएका युवा पर्वतारोहीहरूलाई अवसरको बारेमा विशेष चर्चा गरियो। जसको फलस्वरूप नोभेम्बरमा हुने प्रशिक्षणमा सिक्किमबाट सहभागिता रहने छ। यसैगरि एचएमआई र एसएमएको संयुक्त पर्वतारोहण अभियानबारे पनि चर्चा गरिएको छ। जसले आउँदो मौसममा  सिक्किम र लद्दाखमा संयुक्त पर्वतारोहणको निम्ति कार्यक्रम तय गरिने विषयमा बैठकमा छलफल गरिएको छ। यसैगरि एचएमआईले एसएमएलाई आवश्यक परेका तनकिनी सहयोग दिन सधैँ तयार रहेको प्राचार्य ग्रुप क्याप्टेन जय किसनले आश्वासन दिएका छन्। यसैगरि योकसुममा सञ्चालनमा रहेका माउन्टेनरिङ एण्ड एडभेञ्चर इन्स्टिट्युड (एमएआई) पनि तकनिकी र अन्य सहयोगको साथमा एचएमआईले कार्य गर्नसक्ने सम्भावनाहरूको खोजी गरेर आउँदो दिनमा बैठकमा उठान गरिएको मुद्दाहरूलाई आधिकारिक रूपमा निर्णय लिएर सहकार्यको निम्ति पहल गरिने बताइएको छ।

एसएमएको तर्फबाट प्राचार्य किसनलाई स्मृति चिन्ह भेट गर्दै संस्थानको साथमा सुखद भावि यात्राको निम्ति कामना राखेको छ। उल्लेखनीय छ सिक्किममा लामो समयदेखि सहासिक पर्यटनको दिशामा कार्य गर्दै आएको एसएमएले एचएमआईसित सहकार्य गर्ने भावि कार्यक्रमहरूले सफलता प्राप्त गरेको खण्डमा क्षेत्रको सहासिक पर्यटनको दिशामा महत्वपूर्ण सम्भावना बनाउने निश्चित देखिएको एसएमएका अध्यक्ष कुञ्जाङ ग्याछोले बताएका छन्।

Comments

Popular posts from this blog