सामाजिक कार्यकर्ता रंगु सौरिया र पत्रकार प्रवीण खालिङ मङ्पूमा सम्मानित

मङ्पू: दुई दशकदेखि मानव तस्करी विरुद्ध अभियान चलाउँदै आएको गैर सरकारी संस्था कन्चनजंघा उद्धार केन्द्रकी सचिव रंगु सौरिया र सिक्किमका सुपरिचित पत्रकार तथा कवि प्रवीण खालिङ मङ्पूमा सम्मानित भएका छन्l रंगु सौरियालाई हिल टाइम्स सहासिक पुरस्कार २०२४  अनि प्रवीण खालिङलाई हिल टाइम्स पत्रकार सम्मान  २०२४  प्रदान गरियोl दुवैलाई यो पुरस्कार शनिबार (२८ सेप्टेम्बर) मङ्पूको रवीन्द्र भवनमा मङ्पूको सर्वनाम समूह र हिल टाईम्स अनलाइन न्यूज च्यानलको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा यो पुरस्कारले सम्मान जनाइएको होl रंगु सौरियालाई कार्यक्रमका विशिष्ट अतिथिहरु समाजसेवी विक्रम राई, एनएचपीसी चरण तीनका मुख्य अभियन्ता प्रदीप कुमार राय, हिल टाईम्सका प्रबन्ध निर्देशक पत्रकार केशर मोक्तानको बाहुलीबाट अंग वस्त्र र स्मृति चिन्ह प्रदान गरियो। यसरी नै पत्रकार प्रवीण खालिङलाई साहित्यकार उदय थुलुङ, मङपू थानाका ओसी आईनुल हक, समाजसेवी विक्रम राई र केशर मोक्तानको बाहुलीबाट नेपाली टोपी पहिराएर, स्मृति चिन्ह र अभिनन्दन पत्र प्रदान गरियो।

सुपरिचित साहित्यकार सुरेन्द्र थिङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। अदिति मोक्तानले सञ्चालन गरेको कार्यक्रमको प्रारम्भमा शुशिका थापाले स्वागत नृत्य प्रस्तुत गरिन्l कार्यक्रमका विशिष्ट अतिथि सभासद रतन थापा र सिन्कोना बगान निर्देशक डा सामुएल राईको बाहुलीबाट मङपूका साहित्यकार के बी गिरी र उनकी धर्मपत्नी लक्ष्मी गिरीलाई शिरशोभा पहिराएर स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यसका साथै मङ्पूका साहित्यकार एवं पहिलो उपन्यासकार सी बी बान्तावालाई पनि सभाध्यक्ष सुरेन्द्र थिङ र विशिष्ट अतिथिको बाहुलीबाट स्मृति चिन्ह साथै अभिनन्दन पत्र प्रदान गर्दै सम्मान जनाइयो।

दोस्रो चरणमा मङ्पूका दुई जना कवि शरण गुरुङ (पत्रकार) र सन्दीप दियालीले कविता वाचन गरेपछि लाब्दा खास निम्न उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले सुन्दर नृत्य प्रस्तुत गरे। कार्यक्रममा दार्जीलिङ पहाडी भेकका सुपरिचित ब्याण्ड कार्निभलले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेl यसपछि सर्वनाम समुहको पक्षबाट पुष्कर सिङ्गरले कार्निभल ब्याण्डका संस्थापक तथा संगीत संयोजक चन्दन लोमजेललाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रमका अतिथि मङपू सिन्कोना बगानक व्यवस्थापकको पक्षबाट दार्जीलिङ, खरसाङ, मिरिक अनि मङ्पूका पत्रकारहरुलाई मायाको चिन्ह प्रदान गर्दै सम्मान जनाइयो। कार्यक्रमका सम्पूर्ण प्रायोजकहरुलाई हिल टाईम्स प्रबन्ध निर्देशक केशर मोक्तानले आभार व्यक्त गर्दै कार्यक्रमको अन्त गरियो।

उल्लेखनीय छ, सन् २०१९ मा मङपू क्षेत्रमा भाषा-साहित्य, शिक्षा, संस्कृति, संगीतको विकासलाई लक्ष्य बनाएर स्थापित भएको सर्वनाम समूहले सामाजिक क्षेत्रमा विशेष कार्य गर्दै आइरहेका व्यक्तिहरूलाई उर्जा प्रदान गर्ने कार्य गर्दै आइरहेको छl सन् २०२२ देखि समूहले प्रदान गर्ने कार्य शुरु गरेको होl  यसअघि हिलटाइम्स साहसिक पुरस्कार २०२२टिस्टा रंगित रेसक्यु टीमका प्रमुख  शान्ति राई अनि सन् २०२३ मा  डुवर्स एक्सप्रेसका प्रमुख  राजु नेपालीलाई प्रदान गरिसकेको छ भने पत्रकारिता पुरस्कार २०२३दार्जीलिङका सुपरिचित पत्रकार विवेक छेत्रीलाई प्रदान गरिसकेको छl

          

Comments

Popular posts from this blog