सविन श्रेष्ठको गीत मायासार्वजनिक (हेर्नुहोस् भिडियो)

 काठमाडौं: सविन श्रेष्ठको स्वरमा नयाँ गीत सार्वनिक भएको छ। मायाबोलको गीत उनले आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। सविनको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि उनी स्वयंको छ। प्रेमिल गीतले प्रेम, समर्पण, कल्पना र वियोग प्रस्तुत गरेको छ। सँगै गीतले एक्लो जिन्दगीको कथा भन्ने प्रयास गरेको छ। दुर्घटनामा परेपछि आफूले माया गरेको मान्छेलाई गुमाएपछि एक्लो जीवन र संघर्षशील कथा गीतले भनेको छ। गीतको भिडियो पनि निर्माण गरिएको छ। संकल्प भुजेलले खिचेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। दिमेश श्रेष्ठले निर्देशन गरेको भिडियोमा विकेश श्रेष्ठ र प्रविना वाइबाको अभिनय छ।

Comments

Popular posts from this blog