चालकहरूको प्रतिभा उजागर गर्न फूटबल टुर्नामेन्ट सम्पन्न
सोनादा: हरेक यात्रीलाई आफ्नो गन्तव्यमा पुर्याउने उनीहरू चालक हुन्l रातविरात होस्, पानी झरी होस्, आँधी तुफान होस् केही वास्ता नगरी उनीहरु आफ्ना यात्रीहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउँछन्l वर्षभरि उनीहरूको दिन गाडी चलाएर बित्छ, यस क्रममा कतिले यात्रीहरूलाई बाटामा भएका घटनाहरू बारे रोचक कथाहरू सुनाउँछन्, कतिले खुबै मनोरञ्जन गराउँछन्l कहिले दग्दी सहन्छन्, कहिले नमिठो वचन पनि सुन्छन्l विभिन्न विधामा बेजोडको प्रतिभा भएका धेरै चालकहरू धेरै छन्l
यसरी वर्षभरि गाडी कुदाएर आफ्नो र परिवारको जीवन रथ हाँक्दै आएका सोनादा क्षेत्रका चालकहरूको संगठन जागृति क्याब ड्राइभर्स वेलफेयर एसोसिएसनले वार्षिक रूपमा फूटबल टुर्नामेन्ट आयोजना गर्दै आइरहेका छन्। वर्षमा एकपल्ट चालकहरूलाई मानसिक तनावबाट मुक्त राख्न, शारीरिक रुपमा स्वस्थ्य राख्न अनि उनीहरूको प्रतिभालाई उजागर गर्न फूटबल टुर्नामेन्ट आयोजना गर्दै आइरहेका छन्। यसका साथै एसोसिएसनले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आइरहेका छन्। यस एसोसिएसनले गत वर्ष टिस्टाका बाढी पीडितहरूलाई सहयोग गर्ने कार्य गरेका छन्।
सन् २०१६ मा स्थापना भएको जागृति क्याब ड्राईभर्स एसोसिएसनले विगत पाँच वर्षदेखि लगातार रुपमा फूटबल टुर्नामेन्ट आयोजना गर्दै आइरहेको छ। ५४ जना सदस्यहरू रहेको यस एसोसिएसनले यसपाली पनि फूटबल टुर्नामेन्ट आयोजना गरेको थियो। विशेष गरेर चालकहरूको जीवन केवल गाडी चलाउनु मात्र होइन, तर उनीहरूभित्र भएका विभिन्न प्रतिभाहरूलाई प्रदर्शन गराउने उद्देश्य रहेको छ। चालकहरूमा फूटबलप्रतिको माया र आकर्षण झनै बढी रहेको छ।
यसै
क्रममा सोनादा क्षेत्रको भालुटार खेल मैदानमा भएको फूटबल टुर्नामेन्टको फाइनल खेल
खोपी डाँडा मानेभञ्ज्याङ र दार्जीलिङ लक्जरी क्याब ड्राईभर्स एसोसिएसनमाझ सम्पन्न भयो।
यस फाइनल खेलमा खोपी डाँडा मानेभञ्ज्याङले ४-२ गोलको अन्तरले खेल जित्न सफल भए। यस
फाइनल खेलमा मुख्य अतिथिको रूपमा कार्यकारी सभासद अनोश थापा अनि विशिष्ट
अतिथिहरूमा पञ्चायत समिति सहकारी समिति मनखुस राई, अप्पर सोनादा
ग्राम पञ्चायतको प्रधान दावा शेर्पा, उप प्रधान हेमन्त गुरुङ,
लोवर सोनादा ग्राम पञ्चायत प्रधान बैजन्ती तामाङ, उप प्रधान थिलेन लामा, पञ्चायत समिति सदस्यहरू बबिन्द्र राई, सुमन बम्जन, मेन लाइन ट्याक्सी एसोसिएसनको
सभापति रिन्जी शेर्पा, वैरानाथ टुर एण्ड ट्राभलको रामु
अग्रवाल,सोनादा शेर्पा गुम्बाको लामा फुर्थे शेर्पा,आशिष सुब्बा, जागृति क्याप ड्राइभर्स वेलफेयर एसोसिएसन
सभापति दिपेन्द्र गुरुङ लगायत अन्यहरू
उपस्थित रहेका थिए।
यस फूटबल फाइनल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सञ्जय छेत्रीले भने, ‘चालकहरू केवल गाडी कुदाउनु मात्रै होइन, तर धेरै प्रतिभाका धनी रहेकाहरू पनि छन्, अनि फूटबलप्रति धरै चासो रहेको छ।‘ उनले चालकहरूलाई लिएर जागृति क्याब ड्राइभर्स वेलफेयर एसोसिएसनले वार्षिक रूपमा अन्तर चालक फूटबल टुर्नामेन्ट आयोजना गर्दै आइरहेको, र यसपाली पनि यस प्रकारको फूटबल टुर्नामेन्ट आयोजना गरेको बताए। उनले यस फूटबल टुर्नामेन्टमा सहयोगको लागि जीटीए प्रमुख अनित थापा र क्षेत्रीय सभासदप्रति सबैको पक्षमा आभार प्रकट गरेका छन्।
Comments
Post a Comment