
चिया कविता सिक्किमको ११औँ वार्षिक उत्सवमा भव्य कविता साँझ गान्तोक: साहित्यलाई औपचारिक कार्यक्रमको परम्परागत घेराबाट मुक्ति दिँदै सन् २०२१४ को दिसम्बरदेखि सिक्किमको राजधानी गान्तोकबाट आरम्भ भएको चिया कविताको ११औँ वार्षिक उत्सव भव्यताको साथ पालन गरियो। गान्तोकको एउटा सितारा होटलमा आयोजित भव्य वार्षिक उत्सवको मुख्य आकर्षण कविता साँझ रहेको थियो। जहाँ सिक्किम दार्जीलिङका उम्दा कविहरूले कविता प्रस्तुती दिए। चिया कविता सिक्किमले आफ्नो वार्षिक उत्सवको अवसरमा भारतका चर्चित कवि तथा भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पनि सम्झना गऱ्यो। चिया कविताको वार्षिक उत्सवकै दिन वाजपेयीको पनि जन्म जयन्ती पहेको हुनाले उनको पोट्रेटमा खादा लगाएर सम्मान गर्दै कविहरूले उनलाई सम्झना गरेको छ। यस अवसरमा कवि वाजपेयीको कविता वाचन सत्र पनि रहेको थियो। चिया कविताले केवल साहित्यलाई केन्द्रित गरेर कार्य गरिरहेको तथा कार्यक्रमहरू अनौपचारिक भएको हुनाले यसले ताकेको लक्ष्य नै सर्वोपरि रहेको कार्यक्रमको बिट मार्नेक्रममा कवि आख्य़ानकार प्रवीण राई जुमेलीले मन्तव्य व्यक्त गरे। उनले सन् २०१४ देखि चिया कविताको सहयात्र...