रिभर्स अफ लिभिङ वाटर फेलोसिफ रक गार्डनको आयोजनामा प्रि मेरी क्रिसमस कार्यक्रम सम्पन्न
दार्जीलिङ: रिभर्स अफ लिभिङ वाटर फेलोसिफ रक गार्डन दार्जीलिङको आयोजनामा प्रि मेरी क्रिसमस पालन गर्दै विभिन्न कार्यक्रमहरू सम्पन्न गरियो। मण्डलीका विशेष प्रतिनिधि रेजिना प्रधानद्वारा विधिवत सञ्चालन गरिएको यस कार्यक्रममा विभिन्न मण्डलीबाट पास्टरहरूको उपस्थिति रहेको थियोl यस कार्यक्रममा रक गार्डन क्षेत्रका विभिन्न गाउँ समाजका प्रतिनिधि वर्ग साथै संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम पास्टर प्रशान्त थापाको प्रमुख आतिथ्य, प्रबन्धक सपन राई , एम बी पहरी, जेके राई, सचिव हिमाली युवा कल्याण संघका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरियो।
कार्यक्रममा अतिथिहरूमा सम्मान जनाएपछि पास्टर ईभान प्रधानद्वारा स्तुति प्रशंसा, यसैगरी पास्टर प्रयास राईले प्रार्थना, विवेक राईद्वारा वचन यसको साथै बिनी लेप्चाबाट क्रिसमसको सन्देशलाई खुबै रोचक ढङ्गमा विस्तृत रुपमा प्रस्तुत गरियो। कार्यक्रमको अर्को चरणमा कार्यक्रमका प्रमुख अतिथि साथै मण्डलीको प्रत्येक कार्यक्रममा सहयोग गर्दै आउने पास्टर प्रशान्त थापालाई स्वालो होमस्टेको तर्फबाट पास्टर प्रशान्त थापाला सम्मान जनाइयोl नेपाली समाज भित्रका गरीब, दुःखी, असक्त, असहाय साथै मद-मदिरा सेवन गरेर लाचार अवस्थामा पुगेका युवा-युवातीहरुलाई सही मार्गदर्शन गराउँदै, सम्पूर्ण युवा युवतीहरुलाई शिक्षा अनि खेलकुद क्षेत्रमा अघि बढाउँदै लैजाने जस्ता कार्यमा पास्टर प्रशान्त थापाले धेरै सामाजिक कार्यहरूमा अहम् योगदान पुर्याउँदै आएका छन्l यसै मानवीय कार्यको निम्ति प्रभारी तथा प्रबन्धक पप्पु लामाको बाहुलीबाट पास्टर प्रशान्त थापालाई सम्मानित गरियो।
यसै सम्मानकै क्रममा रिभर्स अफ लिभिङ वाटर फेलोसिफ दार्जीलिङद्वारा यस समारोहमा न्यानो उपस्थित दिँदै समारोहमा सहभागी बनेर साथै मण्डलीको प्रत्येक कार्यक्रममा सहयोग गर्दै आउने पास्टरहरू क्रमैले पास्टर दिच्छेन यल्मो, पास्टर प्रयास राई, पास्टर बेञ्जामिन तामाङ, जोएल सुब्बा, पास्टर ईभान प्रधानलगायत स्वालो होमस्टेका प्रभारी साथै शिक्षक पप्पु लामाले मण्डलीको निम्ति आफ्नो व्यस्तताहरूलाई पन्छाएर अतुलनीय सहयोग अनि प्रेरणा प्रदान गर्दै आइरहेवापत् सम्पूर्ण मण्डलीका परिवारको तर्फबाट कृतज्ञता ज्ञापन गर्दै मण्डलीको तर्फबाट कार्यक्रमबीच सम्मानित गरियो।
यसका साथै यसै समारोहमा मण्डलीलाई धेरै अघिदेखि आफ्नो घरको कक्ष दिएर विशेष सहयोग पुर्याउँदै आइरहेका मण्डलीका सदस्य विश्वास मुखियालाई पनि उक्त समारोहबीच सम्मानित गरियो। यसपछि सम्बोधनको क्रममा गोर्खा युवा कल्याण संघ अनि हिमालयन युवा कल्याण संघको तर्फबाट सम्बोधन प्रस्तुत गरियो। यसपछि बोक्सीझोडा टिमबाट उपस्थित सम्पूर्ण वृद्ध वृद्धाहरूमा साथै युवा अनि बालबालिकाहरूमा विभिन्न उपहारहरु वितरण गरेर क्रिसमसको हर्षहरू साझा गरियो। अन्तिम चरणमा प्रमुख अतिथि पास्टर प्रशान्त प्रधानबाट प्रार्थनाको साथमा केक काटेर मेरी क्रिसमसको खुशीहरू साझा गरियो।
प्रि क्रिसमसको कार्यक्रमलाई अझ रोचक तुल्याउँदै मण्डलीका
आमाहरूबाट भजनहरू प्रस्तुत गरियोl यसै क्रममा कलाकारहरू क्रमैले उमिका सुब्बा, तृप्ति क्षेत्री,
एन्जल, अनुश्रिया, योएल
राई अनि सुरज प्रधानबाट नृत्य साथै गीतहरू प्रस्तुत गरियो। कार्यक्रममा सम्मान
अभिनन्दन पत्रलाई सजिता राई, दीपिका छेत्री अनि स्वेता
क्षेत्रीले पठन गरे। कार्यक्रमको अन्तिम चरणमा संवेदना प्रहरीबाट धन्यवाद ज्ञापन
गरेपछि कार्यक्रमको समापन गरियो।
Comments
Post a Comment