भारतीय नेपाली गीतकार संघको दोस्रो गीति कार्यक्रम सम्पन्न
दार्जीलिङ: भारतीय नेपाली गीतकार संघको आकाशवाणी खरसाडद्वारा श्रृंखलाबद्ध कार्यक्रमको धारावाहिक गीत गोष्ठीको दोस्रो रेकर्डिङक्रम हिजो (२४ दिसम्बर)अल इण्डिया रेडियो आकाशवाणी खरसाङ कार्यालयमा सम्पन्न गरियो। उक्त गीत गोष्ठीमा अग्रज गीतकार दलसिंह अकेला, मणि राई “धुन”, धिरज राई “निशाकर”, जीवन कुमार जिम्बा, नरेश कटुवाल, सबिता संकल्पको उपस्थितिमा सम्पन्न भयो। उक्त कार्यक्रमलाई दलसिंह अकेलाद्वारा सञ्चालन गरिएको थियो भने गीतकारहरूले आ-आफ्ना तीन तीन गीतहरू श्रोता समक्ष प्रस्तुत गरेका छन्। स्मरण गराइन्छ आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक पारसचन्द्र आले साथै भारतीय नेपाली गीतकार संघका प्रतिनिधिहरूको सरसल्लाहअनुसार उक्त कार्यक्रम गत महिनादेखि आरम्भ गरिएको छ। यस गीत गोष्ठीको कार्यक्रमलाई आगामी दिनमा पनि नियमित रुपमा गरिने भारतीय नेपाली गीतकार संघका अध्यक्ष गणेश थापा अनि महासचिव पुरण गिरीले बताएका छन्। भविष्यत: यस कार्यक्रमलाई ऐतिहासिक रुप दिने संघका प्रतिनिधिहरूको भनाइ रहेको छ भने यस यस महत कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिएबापत संघको तर्फबाट आकाशवाणी खरसाङका निस्पादक पारसचन्द्र आले साथै सम्पूर्ण आकाश पनि खरसाङका परिवारप्रति आभार व्यक्त गरेका छन्। गीत संगीतको इतिहासमा आजपर्यन्त गायक गायिका अनि संगीतकारहरू मात्र सञ्चारमाध्यममा अघि देखा पर्दै आइरहेको विषयमाथि कोही पनि अनभिज्ञ छैन भने यसै परिवेशभित्र गीतकारहरू प्रायःजसो ओझेलमा परिरहेको यस तीतो सत्यसित सायदै सबैनै परिचित छन्। विशेषगरी यसै विषयलाई केन्द्र गर्दै भारतीय नेपाली गीतकार संघ अनि आकाशवाणी खरसाङले आरम्भ गरेको यस ऐतिहासिक गीत गोष्ठीको कार्यक्रमले गीत लेखन क्षेत्रमा शब्दकारहरुको पनि नयाँ इतिहासको एतिहासिक अध्यायको आरम्भ अनि जन्म भएको छ। -सबिता संकल्प
Comments
Post a Comment