चिया कविता सिक्किमको ११औँ वार्षिक उत्सवमा भव्य कविता साँझ
गान्तोक: साहित्यलाई औपचारिक कार्यक्रमको परम्परागत घेराबाट मुक्ति दिँदै सन् २०२१४ को दिसम्बरदेखि सिक्किमको राजधानी गान्तोकबाट आरम्भ भएको चिया कविताको ११औँ वार्षिक उत्सव भव्यताको साथ पालन गरियो। गान्तोकको एउटा सितारा होटलमा आयोजित भव्य वार्षिक उत्सवको मुख्य आकर्षण कविता साँझ रहेको थियो। जहाँ सिक्किम दार्जीलिङका उम्दा कविहरूले कविता प्रस्तुती दिए।
चिया कविता सिक्किमले आफ्नो वार्षिक उत्सवको अवसरमा भारतका चर्चित कवि तथा भूतपूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पनि सम्झना गऱ्यो। चिया कविताको वार्षिक उत्सवकै दिन वाजपेयीको पनि जन्म जयन्ती पहेको हुनाले उनको पोट्रेटमा खादा लगाएर सम्मान गर्दै कविहरूले उनलाई सम्झना गरेको छ। यस अवसरमा कवि वाजपेयीको कविता वाचन सत्र पनि रहेको थियो।
चिया कविताले केवल साहित्यलाई केन्द्रित गरेर कार्य गरिरहेको तथा कार्यक्रमहरू अनौपचारिक भएको हुनाले यसले ताकेको लक्ष्य नै सर्वोपरि रहेको कार्यक्रमको बिट मार्नेक्रममा कवि आख्य़ानकार प्रवीण राई जुमेलीले मन्तव्य व्यक्त गरे। उनले सन् २०१४ देखि चिया कविताको सहयात्रामा आफू रहेको अनुभव साझा गर्दै यसले तामझाम र अनावश्यक कुराहरूलाई नभएर केवल साहित्य कलालाई फोकसमा राखेर काम गरेको हुनाले सिक्किमबाट साहित्यमा गरिने कार्यको उदाहरण स्थापित गरेको बताए। यसैगरि कवि डा प्रदीप त्रिपाठीले सिक्किममा कविताको निम्ति सबैभन्दा सक्रिय मञ्च चिया कविता रहेको स्पष्ट रहेको बताए।
चिया कविताको कविता साँझमा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविहरूले कविता सुनाए। जसमा डा इडेन भोटिया, गोपाल यात्री, प्रवीण राई जुमेली, जिवीका अश्रु, निलम गुरुङ, सविना राई, सुरज शर्मा, पुरण भण्डारी, जीवन छेत्री, सुजल प्रधान, सुचन प्रधान, सोनाम पाल्जोर, दावा योञ्जन, भीम रावत, डा प्रदीप त्रिपाठी, प्रवीण खालिङले स्वरचित कविताहरू सुनाए।
कार्यक्रममा साहित्यकारसितै चित्रकला संगीत कलामा संलग्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेक थियो। जसमा चित्रकार पारस राई, दिवाकर लामिछाने, सङ्तकर्मी रोयस तामाङलगायत अन्यको उत्साहजनक उपस्थिति रहेको थियो।
सन् २०१४ देखि शुरू भएको चिया
कविता, सिक्किमले अनौपचारिक कविता
कार्यक्रममा किताब चर्चा, विमोचन लगायत दुइ वर्षदेखि चिया
कविता पुरस्कार प्रदान गर्दै आएको छ। यस अतिरिक्त चिया कविताले हिउँमा कविता, इको पोयट्री, बायोलेटुरा, गाउँमा कविता, पाठक सम्मान, कविता साँझ, जिल्लामा कविता जस्ता
कार्यक्रमहरू आयोजन गर्दै आएको छ। यसरी
नै चाँडै पाठकहरूको निम्ति दुर्लभ
पुस्तकहरूको नयाँ संस्करणलाई प्रकाशित गर्ने पहलहरू पनि गर्ने बताएको छ। चिया
कविता सिक्किमको कार्यक्रमबाट प्रभावित भएर अहिले नेपालको राजधानी काठमाडौंमा दुई
वर्षदेखि चिया कविता नेपाल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
Comments
Post a Comment