केन्द्रीय राज्यमन्त्री प्रतापराव जाधव रोजगार तादोङमा आयोजित रोजगार मेला २०२४ मा सहभागी बने

  • रोजगार मेला २०२४ मा कूल ८० प्रार्थीले नियुक्ति पत्र प्राप्त गरे
  • रोजगार मेला २०२४ मा प्रधानमन्त्री मोदीद्वारा ७१,००० नवनियुक्त युवाहरूलाई नियुक्ति पत्र वितरण
  • प्रत्येक सरकारी कर्मचारी कर्मयोगीहुन्  राज्यमन्त्री जाधव

गान्तोक: केन्द्रीय आयुष तथा स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री प्रतापराव जाधव भारत-तिब्बत सीमा पुलिसको (आइटीबीपी) सहयोगमा तादोङ, गान्तोकमा आयोजित रोजगार मेला २०२४ मा सहभागी बने। राज्यमन्त्री जाधवले आज नियुक्ति पत्र पाउने सबै युवालाई हार्दिक बधाई दिए। प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना अनुरूप वर्ष २०४७ सम्म भारतलाई विकसित बनाउनु युवा पिँढीको हातमा रहेको उनले बताए। भारत सरकारले कैयौं केन्द्र सरकारमा भर्ना प्रक्रियालाई सहज बनाएको पनि उल्लेख गरे। प्रत्येक केन्द्र सरकारका कर्मचारी कर्मयोगी रहेको उल्लेख गर्दै आज नियुक्ति पत्र पाउने युवाहरूले भारतको विकास क्रममा उल्लेखनीय योगदान दिने कुरामा आशावादी रहेको बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनद्वारा २२ अक्टोबर २०२२ को दिन शुभारम्भ गरिएको रोजगार मेला राष्ट्र निर्माणका साथै विकसित भारत@२०४७ का लागि स्वसशक्तिकरणका लागि युवाहरूको सहभागितामा अर्थपूर्ण अवसरहरू प्रदान गर्न लक्षित छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सिङको माध्यमद्वारा नवनियुक्त युवाहरूबीच ७१ हजारभन्दा धेरै नियुक्ति पत्र वितरण गरे। गान्तोकमा आयोजित कार्यक्रममा केन्द्रिय राज्यमन्त्री प्रतापराव जाधवको बाहुलीबाट कूल ८० जना युवाले नियुक्ति पत्र प्राप्त गरे।

रोजगार मेला २०२४ देशको ४५ वटा स्थानमा आज आयोजित गरिएको थियो। केन्द्र सरकारको विभिन्न मन्त्रालय अनि विभागका लागि नियुक्ति पत्र प्रदान गरिएको हो। देशव्यापी रूपमा चयन भएका नवनियुक्त युवाहरू अन्यका साथसाथै गृह मन्त्रालय, डाक विभाग, उच्च शिक्षा विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, वित्तीय सेवा विभाग लगायतमा सामेल हुनेछन्। कार्यक्रममा भारत-तिब्बत सीमा पुलिसका पङ्कज भगतले धन्यवाद ज्ञापन पेश गरे। केन्द्रीय राज्यमन्त्रीका साथमा उनका सल्लाहकार डा सचिन परहद, उनका अतिरिक्त पीएस अर्जुन चौधरीका अतिरिक्त आइटीबीपी अनि सम्बन्धित विभागका अधिकारीहरू पनि उपस्थित थिए। -पीआइबी

Comments

Popular posts from this blog