
अवकाश प्राप्त निर्देशक सोनाम लेप्चालाई विदाई अबको जीवन समाज-जातिमा शिक्षा र राजनैतिक चेतनाको विकास गरेर बिताउनेछुः सोनाम लेप्चा गान्तोक: सिक्किम सरकारको शिक्षा विभागको भाषा तता पाठ्य पुस्तक निर्देशकको पदबाट अवकाश लिएका सोनाम लेप्चालाई उनको पुर्खेउली माटो जङ्गुले सम्झना गर्दै पासिङदाङ खण्ड प्रशासन केन्द्रमा भव्य विदाई कार्यक्रम आयोजन गऱ्यो। उनले विशेष रूपमा उत्तर सिक्किममा शिक्षाको विकासमा पुऱ्याएको योगदानको मुग्धकण्ठले प्रशंसा गर्दै जङ्गुका शिक्षा विभागका परिवारले सम्मान जनाएर भविष्यमा पनि उनको दिशा निर्देश र आर्शिवादको आशा साचेका छन्। शिक्षा विभागका उपनिर्देशक टीएन लेप्चाको नेतृत्वमा शिक्षा विभाग अधिनस्थ विभिन्न सरकारी पाठशालाका प्रधानाचार्य , शिक्षक , शिक्षिका र विद्यार्थीहरूको बाक्लो उपस्थितिमा मुख्य अतिथिको रूपमा उपस्थित पूर्वनिर्देशक सोनाम लेप्चाले अबको जीवन गाउँ समाज जातिमा शिक्षा र राजनैतिक चेतनाको विकास गरेर बिताउने बताए। उनले आफ्नो सम्बोधनमा आफ्ना समुदायको निम्ति सोच्नु जातिवादी नहुने बताउँदै सबैले आफ्नो जातिको शिक्षा र राजनैतिक चेतनाको निम्ति सोचेर ...