गोकुल सिन्हाको अंग्रेजी पुस्तक ‘द रङबुल धाम’ विमोचन
दार्जीलिङ:
भारतमा
जोसमणी सन्त परम्परा र नेपाली साहित्यको उद्भव स्थान रङबुल स्थित रङबुल धाम हो
भन्ने कुरामा सबै विद्वान्हरू एक मत छन्।
यसै धाममा बसेर गुरु ज्ञानदिलदासले दार्जीलिङ, सिक्किम,
असम र भुटानसम्मका अनुयायीहरूलाई दीक्षा दिई ती ठाउँहरूमा जोसमनी
धर्मको प्रचार गरेका हुन् र साथै भारतमा सबैभन्दा पहिले काव्य र भजनहरू लेखी
नेपाली साहित्यको पनि जग बसालेका हुन्। रङबुल धाम र ज्ञानदिलदासलाई लिएर अंग्रेजी लेखिएको
‘द रङबुल धाम’ पुस्तकको आज वैशाखी
पूर्णिमाको दिन रङबुल धाममा साधु-सन्तहरूद्वारा वर्षेनी पालन गरिने भण्डाराको शुभ
उपलक्ष्यमा विमोचन गरियो। कार्यक्रममा धामका महन्त हरिदास, ओकाइटी
मिरिकका गुरु निर्मलदास, रङबुल निवासी दिव्यतम सुब्बा,
पञ्चनन वर्मा युनिभर्सिटी कोचबिहारका अंग्रेजी विभागीय प्रमुख प्रो.
जयिता सेनगुप्त, जाकिर हुसेन कलेज दिल्ली विश्वविद्यालयकी
प्रो. नम्रता चतुर्वेदी साथै लेखक स्वयम्
र अन्य मान्यजनका बाहुलीबाट विमोचन गरियो। यस पुस्तकको प्रकाशन पाइन्स प्रकाशनको
पक्षमा डा. समर सिन्हा, सिक्किम विश्वविद्यालयले भार लिएका
थिए भने कार्यक्रममा लेखकका छोरीहरू डा. सुधा सिन्हा र डा. शीला सिन्हा तथा
जुवाइँहरू डा. प्रबीन कार्की, गौरबङ्ग विश्वविद्यालय माल्दा
र डा. प्रकाश छेत्री, एन. इ. इच. यि. सिक्किम रिजनल सेन्टर
तथा नाता नातिनाहरू, बिशाल राई, नवराज
छेत्री सिक्किम विश्वविद्यालय, रसिक छेत्री, नरेश कटुवाल सोनादा, बिट्टु नाग तथा प्रबिना थामी
रङबुलको पनि उपस्थिति रहेको थियो। सबै भक्तजनले लेखक डा. सिन्हालाई यस्तो
महत्वपूर्ण तथा ऐतिहासिक ग्रन्थको निम्ति साधुवाद जनाए।
Comments
Post a Comment