गान्तोकको नजिकै याली आरक्षित वनमा भेटियो बाघ, क्यामेरा ट्र्यापमा पऱ्यो रोयल बेङ्गल टाइगर

गान्तोक: सिक्किमको राजधानी गान्तोकको नजिकै याली गाउँको मास्तिर भेटियो बाघ। पाङ्गोलाखा वन्य प्राणी अभरण्यमा पर्ने लगभग २९ सय मिटरको उच्चाईमा रहेको याली आरक्षी वनमा वन विभागले ग्लोबल टाइगर फोरम (जीटीएफ) र अन्य दातृ संस्थाहरूको सहकार्यमा लगाएको क्यामेरा ट्रयापमा बाघको नक्सा आयोl यसपछि याली क्षेत्र र पर्यवारणको निम्ति चर्चित सिक्किमको वन विभागको चर्चा चुलिएको छ। रोयल बेङ्गल टाइगर (बाघ)को फोटो स्पष्ट रूपमा खिचिएको छ। वन विभागले अहिलेसम्म यसबारे कुनै आधिकारिक बयान जारी गरेर खबरको पुष्टि नगरे पनि विभागसित सहकार्य गरिरहेको ग्लोबल टाइगर फोरमले गत २१ मईको दिन जीटीएफको आधिकारीक एक्स हेण्डलमा यसको जानकारी दिएका छन्। यसैगरि ‘हाम्रो खबर’लाई प्राप्त केही फोटोहरूमा पनि स्वास्थ्य बाघको फोटो स्पष्ट देखिएको छ।

वन तथा पर्यावरण  विभाग, सिक्किम सरकार र ग्लोबल टाइगर फोरम (जीटीएफ), आईयुसीएन केएफडब्लुको समर्थनमा चलिरहेको परियोजना अन्तर्गत क्यामेरा ट्र्यापहरूले, पाङ्गोलाखा वन्य जीवन उद्यानको याली रिजर्भ वनमा पहिलो पटक बाघहरू कब्जा गरियो। भनि आफ्नो आधिकारीक एक्स हेन्डलमा २१ मईको दिन सूचना सार्वजनिक गरेको छ। यद्यपी यो फोटो कहिलेको हो जानकारी नदिइए पनि स्रोतले बताएअनुसार लगभग तीन महिना अघि क्यामेराको ब्याटरी बदली गर्दा निकालिने चिपबाट उक्त फोटो सार्वजनिक भएको हो। प्रत्येक तीन महिनामा ब्याटरी र चिप फेरिने गरिन्छ।  बाघ संरक्षणको दिशामा हेर्ने हो भने भारतमा  मार्च २०२४ सम्म ५५ वटा संरक्षित क्षेत्र छन् जसलाई बाघ आरक्षणको रूपमा तोकिएको छ। २०२३ सम्म, भारतमा ३,६८२ जंगली बाघहरू थिए, जुन विश्वको जंगली बाघको जनसंख्याको लगभग ७५ प्रतिशत होl

सिक्किममा बाघको उपस्थितिको यसभन्दा अघि पछिल्लो वर्ष ९ अगस्त २०२३ मा पनि क्योङनस्ला र पाङ्गोलाखा वन्य प्राणी अभरण्यमै धेरैवटा नक्सा क्यामेरा ट्र्यापमा खिचिएको थियो। विशेष रूपमा सिक्किममा बाघ संरक्षित क्षेत्र चिन्हित रूपमा नभए पनि नजिक अरूणाचल प्रदेश र पश्चिम बंगालको बक्सा संरक्षित वन भने पर्ने गर्दछ। तर आँकडा अनुसार त्यहाँ केवल दुईवटा बाघ मात्र रहेको बताइन्छ। अर्कोतिर नजिकको असम र पश्चिम बंगालको सुन्दरवन जहाँ ५८ र १०० वटा बाघ रहेको  रेकर्डले बताएको छ। गान्तोकको नजिकै रहेको याली गाउँको शिरमा पर्ने बाक्लो आरक्षित जंगलमा उक्त फोटोग्राफ प्राप्त भएको जुन निक्कै कम उच्चाईमा अनि मानव बस्तीको धेरै नजिक मान्न सकिन्छ। याली गाउँका गाउँलेहरूले यो क्षेत्र जैवविविधताको निम्ति महत्वपूर्ण रहेको तथा पहिलेबाटै यहाँ रेड पाण्डामाथि शोध कार्य भइरहेको तथा बाघको पनि आउजाउ हुने नयाँ रेकर्डले हर्षित बनाएको बताएका छन्।

Comments

Popular posts from this blog