नेपाली संसारमा थपियो साहित्यकार अम्बर सुब्बाको कृत दुई वटा नयाँ कृति
सोनादा: सुपरिचित साहित्यकार
अम्बर सुब्बाका दुई वटा ‘आहत अवधारणा ‘ र ‘दार्जीलिङका चियाबारीहरू भित्रका
मानिसहरूका जीवनशैली’ आज सोनादा, शान्तिबजारस्थित उनकै निजी वासस्थानमा
लोकार्पण गरियो। समारोहमा सोनादा साहित्य संस्थानका उपाध्यक्षद्वय जे के राई,जइन्द्र जेनियम, साहित्यकारहरू बुद्ध सङ्गम, राजेन्द्र पासा, एनबी तोया, रामराज
राई भीम क्षमित, समाजसेवक रबिन सुब्बा आदिको उपस्थिति रहेको
थियो। कवि अम्बर सुब्बाले यस भन्दा अघि ‘आवर्त
बिन्दु’,’अर्धवृत्त’, ‘दार्जीलिङका
चिया र चियाबारी’ जस्ता उत्कृष्ट कृतिहरू नेपाल संसारमा दिइसकेका छन्। उनको दार्जीलिङका
चियाबारी सम्बन्धित तक्निकी विषयलाई लिएर
लेखिएको पुस्तक निक्कै महत्वपूर्ण छ। आज विमोचन
भएको ‘दार्जीलिङका चियाबारीहरूभित्रका मानिसहरूको जीवनशैली’ पुस्तकमा पनि यसै
परिप्रेक्ष्यमा एक उल्लेखनीय पु्स्तक
रहेको विचार उपस्थित साहित्यकाररूले बताए। सोनादा साहित्य संस्थानका मूलसचिव नरेश
कटुवालद्वारा सञ्चालन गरिएको पारिवारिक तौरको सौहार्दपूर्ण कार्यक्रममा साहित्यकार
अम्बर सुब्बाले आफ्ना प्राम्भिक कविता लेखनकालका रोचक अनुभूतिहरू साझा गरे। दार्जीलिङका
विभिन्न चियाबारीहरूमा महाप्रबन्धकको उच्चपदमा रहेर अवकाश ग्रहण गरेका कवि
सुब्बाले दार्जीलिङका चियाबारीका विगत र वर्तमान स्थितिहरूबारे पनि गहन विचार
प्रकट गरे। कवि सुब्बाका धर्मपत्नी कमला सुब्बाको न्यानो आतिथ्यमा सम्पन्न उक्त
कार्यक्रममा उपस्थित वक्ताहरूले कवि सुब्बाको निरन्तर काव्य साधना अनि चियाबारी
साहित्य सम्बन्धित गहन अध्ययन तथा लेखन प्रशंसनीय अनि अनुकरणीय रहेको बताए।
Comments
Post a Comment