Posts

Showing posts from November, 2024
Image
‘ साली हो भाटु हो ’ समीर आचार्य र अन्नु चौधरीको स्वरमा (हेर्नुहोस् भिडियो) काठमाडौं: गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘ साली हो भाटु हो ’ गीत सार्वजनिक भएको छ। शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो। गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ। यसमा नेपाली र थारू भाषाको मिश्रण छ। भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ। चक्र बम , उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन्। जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो। य समा नवराज उप्रेतीको छायांकन , मिलन विश्वकर्माको सम्पादन छ।
Image
ग्रामीण समुदायको सशक्तिकरणका लागि सिक्किमको प्रतिनिधि टोलीले टीएनआरटीपीको सर्वोत्तम कार्यप्रणालीको   खोज गर्ने गान्तोक: विश्व ब्यांकबाट सहायता प्राप्त तमिल नाडु ग्रामीण रूपान्तरण कार्यक्रम (टीएनआरटीपी) बारे बुझ्न वाणिज्य एवं उद्योग विभागका अधिकारी अनि एसईईडी प्रकोष्ठका प्रतिनिधिहरू सामेल ११ सदस्यी प्रतिनिधि टोलीद्वारा २५ देखि २७ नोभेम्बर २०२४ सम्म तीन दिनको अध्ययन भ्रमण गरियो। ग्रामीण उद्यमहरूलाई प्रोत्साहित गर्नका साथै ऋण सुविधासम्म सुगम पहुँच प्रदान गरी रोजगार अवसर सिर्जनाद्वारा ग्रामीण क्षेत्रको रूपान्तरणका लागि चालिएका कदमहरूबारे जान्नु-बुझ्नु उक्त अध्ययन भ्रमणको उद्देश्य रहेको थियो। उक्त अध्ययन भ्रमण विश्व ब्यांकद्वारा वाणिज्य एवं उद्योग विभागलाई सर्वोत्तम कार्यप्रणालीको अध्ययन गरी त्यसलाई विद्यमान अनि भावी उद्यमीहरूका लागि कार्यान्वित गर्न आज्ञापित सिक्किम इन्स्पायर्सको अंश रहेको थियो। टोलीको नेतृत्त्व अतिरिक्त सचिव तथा सिक्किम इन्स्पायर्सकी शीर्ष अधिकारी श्रीमती छोडेन ग्याछोले गरेकी थिइन् भने संयुक्त सचिव (एमएसएमई) तोप्देन जाङपो , संयुक्त सचिव (उद्योग) गोपाल के छेत्री ...
Image
तारा: द लस्ट स्टार’ 29 नोभेम्बरदेखि अब दार्जीलिङमा गान्तोक: निक्कै चर्चामा आएको चलचित्र ‘तारा: द लस्ट स्टार’ अब 29 नोभेम्बरदेखि 4 दिसम्बरसम्म दार्जीलिङमा प्रदर्शन हुनेछl सिक्किममा निर्माण गरिएको सामाजिक जानचेतनामूलक यो चलचित्र विश्वको प्रतिष्ठित क्यान्स फिल्म फेस्टिभलमा सफलतापूर्वक प्रदर्शन भइसकेको छl चलचित्रको संसारमा 'तारा: द लस्ट स्टार'ले राम्रो चर्चा पाउन सफल बनेको छl समाजभित्र तुवाँलोले ढाकिएका पाटाबारे 'तारा: द लस्ट स्टोरी' हेरेर बुझ्न साथै सचेत रहन सकिन्छl
Image
पत्रकार सुरज राईलाई समाज सेवक विक्रम राईले दिए आर्थिक सहयोग    मङ्पू : गत केही   दिन अघि झोलुङ्गे पुलबाट झरेर घाइते भएका पत्रकार सुरज राई सिलगढीको एउटा नर्सिङ होममा हाल उपचारधिन रहेका छन्। आज उनलाई सिटोङका समाज सेवक विक्रम राईले भेट गरेर छिट्टै स्वस्थ्य लाभको कामना गरे। यसरी उनको परिवारसित भेट गरेर विक्रम राईले १० हजार रुपियाँ आर्थिक सहयोग दिएका छन्। पत्रकार सुरज राईको सफलतापुर्वक साथ अप्रेशन भएको छ भने उनलाई उपचार गर्न अझ   धेरै   दिन लाग्ने भएको हुनाले   सबैलाई सहयोग   गरिदिने उनको परिवार पक्षले अपिल गरेका छन्। यसरी अस्पतालबाट छुट्टि भएर पनि पत्रकार   सुरज राईले फिज्योथ्योरपी गर्न ६ महिनासम्म सिलगढीमा   बस्नुपर्ने भएको कारण यस अवधिसम्म घरको भाडा(किराया)को व्यवस्था समाजसेवक विक्रम राईले नै गर्ने परिवार पक्षलाई   वचन दिएका छन्।
Image
आर्टिफिशियल इन्टेलिजेन्स र फिल्म निर्माण: ५५औँ आईएफएफआईमा औपचारिक चर्चाले नयाँ युगको शुरुवात नयाँ दिल्ली: भारतको ५५औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) को अवसरमा आज पणजीस्थित कला अकादमीमा "विल आर्टिफिशियल इन्टेलिजेन्स अल्टर फिल्म मेकिङ फरेभर ?" शीर्षकमा एक औपचारिक छलफल आयोजना गरियो। प्रतिष्ठित प्यानलमा भारतीय फिल्म निर्माता र उद्यमी आनन्द गान्धी , ओपनएआईकी सार्वजनिक नीति र सहकार्य प्रमुख प्रज्ञा मिश्र , र चर्चित फिल्म निर्माता शेखर कपूर सहभागी थिए। छलफलको सञ्चालन शेखर कपूरले गरे। कार्यक्रमको शुरुवात शेखर कपूरको उद्घाटन मन्तव्यबाट भयो , जसमा उनले कृत्रिम बुद्धिमत्ता (एआई) को बुझाइ समयसँगै क्रमशः विकास भइरहेको कुरा उल्लेख गरे। उनले भने, ‘कसैले पनि एआई के हो भन्ने ठ्याक्कै थाहा पाएको छैन , हामी अहिले पनि मेसिन लर्निङ , डीप लर्निङ जस्ता विभिन्न एआई सम्बन्धी अवधारणाहरूको खोजीमा छौँ।‘ उनले एआईले रोजगारी खोस्ने सम्भावनाबारे भइरहेको बहसलाई कुशलतापूर्वक सम्बोधन गरे। आफ्नो अनुभव साझा गर्दै उनले भने, ‘प्रौद्योगिकीले मानवीय क्षमतामा वृद्धि गर्ने उपकरणको रूपमा काम गर्नुपर्छ।‘ उनले...
Image
नर्थईस्ट युनाइटेड बन्यो अखिल भारतीय ४० औँ गभर्नर्स गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को विजेता पेनल्टी सुट आउटमा गान्तोक हिमालयन एससीलाई ३ को विरूद्व ४ गोलले गर्यो परास्त गान्तोक: गान्तोकको पाल्जोर स्टेडियममा आयोजित अखिल भारतीय ४०औँ गभर्नर्स गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को फाईनल खेल आइतबार सम्पन्न भयो।   राज्यपाल   ओम प्रकाश माथुर यस अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित थिए।   राज्यका   मुख्यमन्त्री   प्रेमसिंह तामाङ , मुख्यमन्त्रीकी धर्मपत्नि श्रीमती कृष्णा कुमारी राई , राज्य मन्त्रीमण्डलका सदस्यहरू , विधायकहरू , आय़ोजक सिक्किम फुटबल संघका सदस्यहरू , विभिन्न विभागीय अधिकारीहरू लगायत भारी संख्यामा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।  गान्तोक हिमालयन एससी र नर्थईस्ट युनाइटेडबीच फाइनल खेल   सम्पन्न भएको थियो भने पेनाल्टी सुट आउटमा गान्तोक हिमालयन एससीलाई ४ को विरूद्व४ गोलले परास्त गरी नर्थईस्ट युनाइटेड अखिल भारतीय ४०औँ गभर्नर्स गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को विजेता बन्न सफल बन्यो। गत ८ नोभेम्बरदेखि र...
Image
' हनु-मान ': भारतीय प्यानोरमा मञ्चमा एक पौराणिक सुपरहीरोको उदय नयाँ दिल्ली: गोवामा आयोजित भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) को भारतीय पैनोरामा खण्डमा निर्देशक प्रशान्त वर्माद्वारा निर्देशित उत्कृष्ट सिनेमाटिक कृति हनु-मान प्रदर्शन गरियो। काल्पनिक गाउँ अंजनाद्रीमा आधारित यो फिल्मले हनुमन्थुको यात्राको वर्णन गर्दछ , जो सानो चोरबाट भगवान हनुमानको रगतको जीवाश्म थोपाबाट दिव्य शक्तिहरू प्राप्त गरी एउटा पौराणिक सुपरहीरो बन्छ। यो रूपान्तरणले पौराणिक कथा , साहस र मानवता समेटिएको महाकाव्य संघर्षको कथा प्रस्तुत गर्दछ। हनुमन्थुको मुख्य भूमिका निभाउने अभिनेता तेजा सज्जाले भारतीय पौराणिक कथामा आधारित कथाहरूमा भविष्यमा काम गर्ने योजना व्यक्त गरे। निर्माण प्रक्रियाको महत्त्वमा जोड दिँदै , उनले फिल्म निर्माण टोलीले बजेट सीमाहरू तोडेर पनि भारतीय सिनेमाको उच्च स्तरको दृश्य प्रभाव ल्याउन कसरी मेहनत गरेकोमा प्रकाश पारे। अंजनाद्री गाउँको काल्पनिक दृश्य हैदराबादमा निर्मित सेटमा पुनःनिर्माण गरिएको थियो , जसले फिल्म निर्माताहरूको रचनात्मक क्षमतालाई दर्शाउँछ। तेजा सज्जाले निर्देशक प्रशान...
Image
ब्रसेल्समा भारतीय समुद्री खाना र वाइन परीक्षण कार्यक्रमको दोस्रो संस्करण सम्पन्न नयाँ दिल्ली: ब्रसेल्सस्थित भारतीय दूतावासले २० नोभेम्बरमा भारतीय समुद्री खाना र वाइन परीक्षण कार्यक्रमको दोस्रो संस्करणको आयोजना गर्‍यो। यस कार्यक्रममा कृषि र प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरण (एपीईडीए) , नयाँ दिल्ली र समुद्री उत्पादन निर्यात विकास प्राधिकरण (एमपीईडीए) , कोच्चि को सहकार्यमा भारतका उत्कृष्ट पाक कलाको प्रदर्शन गरियो। भारतको प्रिमियम समुद्री खाना र तीव्र गतिमा विकसित हुँदै गरेको वाइन उद्योगको अनौठो संयोजनको प्रदर्शन गर्दै कार्यक्रमले १२० भन्दा बढी प्रतिष्ठित पाहुनाहरूलाई विशेष अनुभव प्रदान गर्‍यो। उपस्थित पाहुनाहरूमा व्यवसायिक नेता , व्यापारिक निकायका प्रतिनिधिहरू , समुद्री खाद्य आयातकर्ताहरू , सरकारी व्यापार एजेन्सीहरू र कूटनीतिक समुदायका सदस्यहरू थिए। बेल्जियम , लक्जेमबर्ग र युरोपेली संघ (ईयू) का लागि भारतका राजदूत सौरभ कुमारले सांस्कृतिक र व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्न कार्यक्रमको महत्त्वको चर्चा गरे। वाणिज्य विभागका सचिव सुनिल बर्थवालले भारतको गतिशील व्यापार परिदृश्य र...
Image
मन्त्री अरुप रोयले गरे रम्बी खोलामा निर्मित पुलको उद्घाटन मङपू: पश्चिम बंगाल राज्यका हर्टीकल्चर अनि फुडप्रोसेसीङ विभागका मन्त्री अरुप रोयले आज मङपू रम्बी   खोलामा   निर्माण गरिएको पुल उद्घाटन गरे। मन्त्री रोयले आज यहाँको   सिम्बिडियम अर्किड हाउस , गुराँस पार्क अनि रम्बी खोलाको स्थलगत परिभ्रमण गरे। मन्त्री   रोयको साथमा जीटीए सिन्कोना विभाग सभासद रतन थापा , सिन्कोनाका निर्देशक डा सामुएल राई , डेपुटी निर्देशक पेमा लम्हु भुटिया , सिन्कोना बगानका व्यास्थापक गोपाल लामिछाने , सिन्कोना बगानका अधिकारीहरू , जीटीएका   पीआरओ विज्ञान मिश्र , सीपीएलयु केन्द्रीय समिति अध्यक्ष गगन राई आदि उपस्थित थिए।  मन्त्री अरुप   रोयले २२ नोभेम्बरमा लाटपन्चर सिन्कोना बगानको भ्रमण गरेका थिए भने आज (२३ नोभेम्बर) मङपू सिन्कोना बगानको विभिन्न क्षेत्रको भ्रमण गरेl आज यहाँबाट उनी मन्सोङ सिन्कोना बगानतर्फ प्रस्थान   गरेl भोलि (२४ नोभेम्बर) मन्सोङ सिन्कोना बगानको भ्रमण गर्ने छन्। मन्त्रीले आउँदो महिना १४ र १५   दिसम्बरमा तेस्रो सुन्तला आयोजना गरिने पत्रकार सम्मेलनमा जनाए। ...
Image
आकाशगंगाको चारैतिर देखियो ज्वलन्त ग्यासको आवरण तस्वीर विवरण:   यो चित्रले आकाशगंगाका विभिन्न घटकहरू देखाउँछ। केन्द्रमा सर्पिल आकारहरूले तारकीय डिस्कलाई प्रतिनिधित्व गर्छन्। तारकीय डिस्क अत्यन्त तातो ग्यासले घेरिएको छ , जसमा फुलेको डिस्क जस्तो संरचना छ। निलो क्षेत्रले दुई मिलियन डिग्री केल्विन ग्यासको सीमा देखाउँछ। सेतो रेखाले पृष्ठभूमिको स्रोत (एक क्वासर) सँगको दिशा देखाउँछ। यो दिशामा , दौडिरहेका ताराहरूमध्ये एउटा सुपरनोवा उज्यालो धब्बासहित देखाइएको छ , जसले अत्यन्त तातो ग्यासद्वारा अवशोषणको प्रक्रिया प्रदर्शन गर्छ।  नयाँ दिल्ली: वैज्ञानिकहरूले हालै ज्वलन्त ग्यासलाई तताउने र यसलाई आफ्नो स्थानमा स्थिर राख्ने रहस्यमयी स्रोतहरूको पहिचान गरेका छन् , तर यो खगोलीय घटनाको कारण अझै स्पष्ट भएको छैन।  आकाशगंगामा ताराहरूभन्दा धेरै ग्यासको मात्रा छ। यही ग्यास ताराहरू निर्माणको मुख्य स्रोत हो। यो ग्यासको प्रचुरताले आजसम्म ताराहरूको निर्माण प्रक्रिया कायम राख्न सहयोग गरेको छ। यद्यपि , ग्यासको कमजोर प्रकृतिका कारण खगोलविद्हरूका लागि यसलाई देख्न र मापन गर्न निकै कठिन भएको छ। केही दशकअघि...
Image
संयुक्त राष्ट्र – अन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ तथा आईसीए महासभा एवं वैश्विक सम्मेलन २०२४ अन्तर्राष्ट्रिय सहकारिता गठबन्धन (आईसीए) सन् १८९५ मा स्थापित गैर सरकारी सहकारिता संगठन हो , जसको मुख्यालय ब्रुसेल्स , बेल्जियममा छ। आईसीएले १०३ देशमा ३०५ सहकारी परिसंघ अनि संगठनका साथै विश्वमा १ बिलियन सहकारी सदस्यहरूको प्रतिनिधित्त्व गर्दछ। आईसीएको अन्तिम आमसभा ब्रुसेल्स , बेल्जियममा २८ जून , २०२३ मा आयोजित भएको थियो। वैश्विक सम्मेलन प्रत्येक दुई वर्षमा र आमसभा प्रत्येक वर्ष आयोजित गरिन्छ। आईसीएको १३० वर्षको इतिहासमा प्रथमपटक आमसभा भारतमा आयोजन गरिनेछ। आईएफएफसीओले (आईसीएको सदस्य) सहकारिता मन्त्रालय अनि आईसीएसँगको समन्वयनमा यो सम्मेलन आयोजन गरिरहेको छ। संयुक्त राष्ट्रले १९ जून , २०२४ को दिन आफ्नो ७८औं सत्रमा प्रस्ताव पारित गर्दै वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय सहकारिता वर्ष-२०२५ घोषित गरेको थियो। आईसीएको आमसभा तथा वैश्विक सम्मेलन २०२४ २५ देखि ३० नोभेम्बर २०२४ सम्म , नयाँ दिल्लीको भारत मण्डपममा आयोजित गरिनेछ , जसलाई सम्भावित रूपमा भारतका प्रधानमन्त्रीले गृह एवं सहकारिता मन्त्रीको उपस्थितिमा उद...
Image
दिल्लीको सफलतापछि कोलकातामा फर्कियो युरोपेली युनियन फिल्म महोत्सव (ईयुएफएफ ) को २९औं संस्करण ३१ भाषामा २६ पुरस्कार विजेता फिल्महरू प्रदर्शन हुने ला किमेरा , बान , जिम्स स्टोरी , व्हाट अ फीलिंग , एनिमल , एन आइरिश गुडबाई , अफायर , रेस्टोर पोइन्ट लगायतका प्रशंसित शीर्षकहरू सामेल कोलकाता: नयाँ दिल्लीमा राम्रो सफलता पाएपछि युरोपेली युनियन फिल्म महोत्सव (ईयुएफएफ ) को २९औं संस्करणले   अब कोलकातामा दर्शकहरूका लागि उत्कृष्ट युरोपेली सिनेमा प्रस्तुत गर्ने भएको छ। युरोपेली सिनेमा मनाउने वार्षिक उत्सवले भारत र युरोपबीचको साझेदारीको रंगारंग सौगातको रुपमा प्रस्तुत गर्दछ , जसले कला र संस्कृतिप्रतिको साझा प्रेमलाई उजागर गर्दछ। यस महोत्सवले ३१ भाषामा २६ पुरस्कार विजेता फिल्महरू मार्फत आकर्षक सिनेमाटिक यात्रा प्रदान गर्ने वाचा गरेको छ। यसले युरोपेली समाज , संस्कृति , र सर्वसाधारणका विभिन्न पक्षहरूलाई झल्काउने एउटा झ्यालका रूपमा काम गर्नेछ।  युरोपेली युनियनको भारतस्थित प्रतिनिधिमण्डलद्वारा आयोजना गरिएको र ईयु सदस्य राष्ट्रका दूतावासहरू र क्षेत्रीय साझेदारहरूको सहकार्यमा आयोजित कोलकाता संस्कर...
Image
  ‘ अग्निदहन ’ ले पायो   प्रिमियरमै राम्रो प्रतिक्रिया काठमाडौं: भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘ अग्निदहन ’ ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ। प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए।  निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए। राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘ अग्निदहन ’ मा भने गहिराइमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए। कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पुर्यायाउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए  उनले पुरानो कथालाई सटिक ढंगले प्रस्तुत गरिएको भन्दै तारिफ गरे।  निर्देशक तथा कलाकार नरेश पौडेलले फिल्मले समाजमा व्याप्त भयावह कुरुतीलाई भयानक प्रहार गरेको बताए । उनले यसलाई घिनलाग्दो कुरुतीलाई विद्रोही प्रहारको संज्ञा दिए। कलाकार लोकेन्द लेखकले ‘ अग्निदहन ’ सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताए। माता स...