संयुक्त राष्ट्रअन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ तथा आईसीए महासभा एवं वैश्विक सम्मेलन २०२४

अन्तर्राष्ट्रिय सहकारिता गठबन्धन (आईसीए) सन् १८९५ मा स्थापित गैर सरकारी सहकारिता संगठन हो, जसको मुख्यालय ब्रुसेल्स, बेल्जियममा छ। आईसीएले १०३ देशमा ३०५ सहकारी परिसंघ अनि संगठनका साथै विश्वमा १ बिलियन सहकारी सदस्यहरूको प्रतिनिधित्त्व गर्दछ। आईसीएको अन्तिम आमसभा ब्रुसेल्स, बेल्जियममा २८ जून, २०२३ मा आयोजित भएको थियो। वैश्विक सम्मेलन प्रत्येक दुई वर्षमा र आमसभा प्रत्येक वर्ष आयोजित गरिन्छ। आईसीएको १३० वर्षको इतिहासमा प्रथमपटक आमसभा भारतमा आयोजन गरिनेछ। आईएफएफसीओले (आईसीएको सदस्य) सहकारिता मन्त्रालय अनि आईसीएसँगको समन्वयनमा यो सम्मेलन आयोजन गरिरहेको छ।

संयुक्त राष्ट्रले १९ जून, २०२४ को दिन आफ्नो ७८औं सत्रमा प्रस्ताव पारित गर्दै वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय सहकारिता वर्ष-२०२५ घोषित गरेको थियो। आईसीएको आमसभा तथा वैश्विक सम्मेलन २०२४ २५ देखि ३० नोभेम्बर २०२४ सम्म, नयाँ दिल्लीको भारत मण्डपममा आयोजित गरिनेछ, जसलाई सम्भावित रूपमा भारतका प्रधानमन्त्रीले गृह एवं सहकारिता मन्त्रीको उपस्थितिमा उद्घाटन गर्नेछन्।

यस सम्मेलनको विषय सहकारिता सबैको निम्ति समृद्धिको आधार हो”, जुन प्रधानमन्त्रीको सहकार से समृद्धिको परिकल्पना अनुरूप छ।  भोटाङका प्रधानमन्त्री, फिजीका उप-प्रधानमन्त्री, मङ्गोलियाका उप-प्रधानमन्त्री, आईसीएका अध्यक्ष तथा संयुक्त राष्ट्रका वरिष्ठ प्रतिनिधिहरूले यस सम्मेलनमा सहभागिता जनाउनेछन्। उद्घाटन समारोहमा करिब १०० देशका एक हजार विदेशी अतिथिका साथमा लगभग ४ हजार विशिष्ट अतिथिले यसमा भाग लिने अपेक्षित छ। केन्द्र अनि राज्य सरकार, राष्ट्र स्तरीय परिसंघ/ समिति तथा प्राथमिक स्तरका समितिहरूबाट भारतीय प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाउनेछन्।

२५ नोभेम्बरका दिन प्रमुख गतिविधि (उद्घाटन दिन)

  • प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ (युएन-आईवाईसी २०२५) को आधिकारिक घोषणा।
  • प्रधानमन्त्रीद्वारा स्मारक डाक टिकटको समर्पण
  • भारतका प्रधानमन्त्रीद्वारा रोशडेल पायोनियर्स पुरस्कार-२०२४को घोषणा एवं वितरण

दिन अनुसार कार्यक्रम :

२६-११-२०२४

. अधिवेशन सत्रको सम्बोधन-१ तथा समानान्तर सत्र

(नीति एवं उद्यमशीलता परितन्त्रलाई सक्षम बनाउनु)

. अधिवेशन सत्रको सम्बोधन-२ तथा समानान्तर सत्र

(उद्देश्यपूर्ण नेतृत्त्वको पोषण वैयक्तिक एवं संस्थान)

. मन्थन दी चर्निङ फिल्मको प्रदर्शन

२७-११-२०२४

. अधिवेशन सत्रको सम्बोधन-३ तथा समानान्तर सत्र

 (सहकारी पहिचानको पुनःपुष्टि)

. अधिवेशन सत्र-४ तथा समानान्तर सत्र

    (सहकारिताको भविष्यलाई मूर्त रूप दिनु)

. सांस्कृतिक कार्यक्रम

. सम्मेलन विदाई रात्रिभोज

२८-११-२०२४

सहकारिता क्षेत्रबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वक्ताद्वारा विभिन्न विषयमा चर्चा।

२९-११-२०२४

आईसीए आमसभा

३०-११-२०२४

अन्तर्राष्ट्रिय  प्रतिनिधिहरूद्वा ऐतिहासिक स्थलहरूको भ्रमण {(दिल्ली, जयपुर, आग्रा, बनारस र स्टेच्यु अव् युनिटी (केवडिया)}

यस कार्यक्रमले भारतको सहकारिता आन्दोलनमा नयाँ प्राण भर्दै विशाल अनि दिगो सहकारी परितन्त्रको मार्ग प्रशस्त गर्नेछ।

यस सम्मेलनमा अन्तर्राष्ट्रिय अनि भारतीय सहकारीका प्रतिनिधि अनि वक्ताहरूबाट वक्तव्य, समूहगत चर्चा अनि कार्यगोष्ठी जस्ता विविध गतिविधि सामेल रहनेछ। -पीआईबी

Comments

Popular posts from this blog