नर्थईस्ट युनाइटेड बन्यो अखिल भारतीय ४० औँ गभर्नर्स गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को विजेता
पेनल्टी सुट आउटमा गान्तोक
हिमालयन एससीलाई ३ को विरूद्व ४ गोलले गर्यो परास्त
गान्तोक: गान्तोकको पाल्जोर स्टेडियममा आयोजित अखिल भारतीय ४०औँ गभर्नर्स गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को फाईनल खेल आइतबार सम्पन्न भयो। राज्यपाल ओम प्रकाश माथुर यस अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित थिए। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, मुख्यमन्त्रीकी धर्मपत्नि श्रीमती कृष्णा कुमारी राई, राज्य मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू, आय़ोजक सिक्किम फुटबल संघका सदस्यहरू, विभिन्न विभागीय अधिकारीहरू लगायत भारी संख्यामा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।
गान्तोक हिमालयन एससी र नर्थईस्ट युनाइटेडबीच फाइनल खेल सम्पन्न भएको थियो भने पेनाल्टी सुट आउटमा गान्तोक हिमालयन एससीलाई ४ को विरूद्व४ गोलले परास्त गरी नर्थईस्ट युनाइटेड अखिल भारतीय ४०औँ गभर्नर्स गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को विजेता बन्न सफल बन्यो। गत ८ नोभेम्बरदेखि राजधानीस्थित पाल्जर स्टेडियममा अखिल भारतीय ४०औँ गभर्नर्स गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरू भएको थियो।
हजारौंको संख्यामा दर्शकहरूको उपस्थितिमा फाइनल खेल सम्पन्न भएको थियो भने नर्थ इस्ट युनाइटेड बनाम गान्तोक हिमालय स्पोर्टिङ कल्बबीच रोमाञ्चक भीडन्त भएको थियो। खेल निर्धारित समय ९० मिनटसम्म कुनै परिणाम नआएपछि अन्ततः खेल टाइ ब्रेकरमा परिणत भएको थियो, जसमा नर्थ इस्ट युनाइटेड विजयी बन्यो। टाई ब्रेकरमा गान्तोक हिमालय एफसीको तर्फबाट दुई जनाले गोल गर्न नसकेपछि नर्थ इस्ट युनाइटेड विजयी बनेको हो। फाइनल खेल धेरै नै रोमाञचक बन्नको साथै दर्शकवर्गले पनि भरपुर आन्नद उठाए।
खेलको शुरूवातमा नै हिमालय एफसीको तर्फबाट एक गोल भएको थियो तर
रेफ्रीले अफसाइड घोषित गरेपछि गोलमा परिणत हुनसकेन। सोही प्रकारले युनाइटेड एफसीले पनि एक गोल गरेको थियो तर
रेफ्रीले अफसाइड घोषित गरेपछि त्यो पनि गोलमा परिणत हुनसकेन। यसरी 90 मिनटको खेलमा दुवै तर्फका खेलाडीहरूले पोस्टमा धेरै पल्ट आक्रमण गरेता पनि
गोलमा परिणत गर्न नसक्दा अन्ततः खेल टाइ ब्रेकर मार्फत निर्णय लिइएको थियो। विजेता
र उपविजेता दललाई पारितोषिक प्रदान गरिएपछि
राज्यपालले प्रतियोगिता समापनको घोषणा गरे।
Comments
Post a Comment