मन्त्री अरुप रोयले गरे रम्बी खोलामा निर्मित पुलको उद्घाटन

मङपू: पश्चिम बंगाल राज्यका हर्टीकल्चर अनि फुडप्रोसेसीङ विभागका मन्त्री अरुप रोयले आज मङपू रम्बी  खोलामा  निर्माण गरिएको पुल उद्घाटन गरे। मन्त्री रोयले आज यहाँको  सिम्बिडियम अर्किड हाउस, गुराँस पार्क अनि रम्बी खोलाको स्थलगत परिभ्रमण गरे। मन्त्री  रोयको साथमा जीटीए सिन्कोना विभाग सभासद रतन थापा, सिन्कोनाका निर्देशक डा सामुएल राई, डेपुटी निर्देशक पेमा लम्हु भुटिया, सिन्कोना बगानका व्यास्थापक गोपाल लामिछाने, सिन्कोना बगानका अधिकारीहरू, जीटीएका  पीआरओ विज्ञान मिश्र, सीपीएलयु केन्द्रीय समिति अध्यक्ष गगन राई आदि उपस्थित थिए। 

मन्त्री अरुप  रोयले २२ नोभेम्बरमा लाटपन्चर सिन्कोना बगानको भ्रमण गरेका थिए भने आज (२३ नोभेम्बर) मङपू सिन्कोना बगानको विभिन्न क्षेत्रको भ्रमण गरेl आज यहाँबाट उनी मन्सोङ सिन्कोना बगानतर्फ प्रस्थान  गरेl भोलि (२४ नोभेम्बर) मन्सोङ सिन्कोना बगानको भ्रमण गर्ने छन्। मन्त्रीले आउँदो महिना १४ र १५  दिसम्बरमा तेस्रो सुन्तला आयोजना गरिने पत्रकार सम्मेलनमा जनाए।

आज सीपीएलयु केन्द्रीय समितिले अरुप रोय एमआईसी फुड प्रोसेसिङ ईण्डष्ट्रिज एण्ड हर्टिकल्चर डिपार्टमेन्टलाई सिन्कोना  बगानको विविध समस्या सम्बन्धी भेटघाट गरेका छ्न्। भेटघाट कार्यक्रममा सीपीएलयुका केन्द्रीय समिति अध्यक्ष गगन राई, दार्जीलिङ पीआरओ विज्ञान मिश्र, युनियन केन्द्रीय समिति सदस्य चमन सिंह प्रधान, मङपू जोनल समिति सभापति सुजित तामङ, युवा शक्ति सभापति दिव्य प्रकास बम्जन, सुरेन राई, गणेश जैसी आदिको विशेष उपस्थित रहेको थियो।

Comments

Popular posts from this blog