साली हो भाटु हो समीर आचार्य र अन्नु चौधरीको स्वरमा (हेर्नुहोस् भिडियो)

काठमाडौं: गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा साली हो भाटु होगीत सार्वजनिक भएको छ। शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो। गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ। यसमा नेपाली र थारू भाषाको मिश्रण छ।

भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काउन खोजिएको छ। चक्र बम, उषा उप्रेती र सृजन खरेल भिडियोमा फिचर्ड छन्। जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो बनेको हो। यसमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।


Comments

Popular posts from this blog