पत्रकार सुरज राईलाई समाज सेवक विक्रम राईले दिए आर्थिक सहयोग   

मङ्पू: गत केही  दिन अघि झोलुङ्गे पुलबाट झरेर घाइते भएका पत्रकार सुरज राई सिलगढीको एउटा नर्सिङ होममा हाल उपचारधिन रहेका छन्। आज उनलाई सिटोङका समाज सेवक विक्रम राईले भेट गरेर छिट्टै स्वस्थ्य लाभको कामना गरे। यसरी उनको परिवारसित भेट गरेर विक्रम राईले १० हजार रुपियाँ आर्थिक सहयोग दिएका छन्।

पत्रकार सुरज राईको सफलतापुर्वक साथ अप्रेशन भएको छ भने उनलाई उपचार गर्न अझ  धेरै  दिन लाग्ने भएको हुनाले  सबैलाई सहयोग  गरिदिने उनको परिवार पक्षले अपिल गरेका छन्। यसरी अस्पतालबाट छुट्टि भएर पनि पत्रकार  सुरज राईले फिज्योथ्योरपी गर्न ६ महिनासम्म सिलगढीमा  बस्नुपर्ने भएको कारण यस अवधिसम्म घरको भाडा(किराया)को व्यवस्था समाजसेवक विक्रम राईले नै गर्ने परिवार पक्षलाई  वचन दिएका छन्।

Comments

Popular posts from this blog