Posts

Showing posts from October, 2024
Image
  नेपालको चर्चित हीरा ब्राण्ड क्लासिक डायमण्डले ‘ फेस अफ क्लासिक डायमण्ड ’ को पाँचौँ सिजन आयोजना गर्ने काठमाडौं: नेपालको चर्चित हीरा ब्राण्ड क्लासिक डायमण्डले यसपटक पनि ‘ फेस अफ क्लासिक डायमण्ड ’ ले पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमण्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी १७ र १८ जनवरी २०२५ (माघ ४ र ५ गते) काठमाडौंमा ‘ फेस अफ क्लासिक डायमण्ड ’ को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए। उनका अनुसार , प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डायमण्डको उपाधिसहित १ लाख ५० हजार रुपियाँ   र एक वर्षसम्म क्लासिक डायमण्डको ब्राण्ड एम्बासेडरको जिम्मेवारी पाउने छन्। यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन्। यस प्रतियोगितामा सहभागी हुन आजबाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ। विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा , अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा , मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए। ‘ क्लासिक डायमण्ड गहनासँग सम्बन्धित भएकाले हाम...
Image
  म्युजिकल फिल्म ‘रमाइलो तिहार’ (हेर्नुहोस्  भिडियो) काठमाडौं: नेपालीहरूको महान् चाड तिहारको अवसरमा , परदेशमा रहेका दाजु-भाई र दिदी-बहिनीको भावनात्मक कथा समेटेर म्युजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण गरिएको छ। यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक , पारिवारिक सम्बन्ध , र चाडपर्वमा घरको सम्झना झल्काउँछ। लामो समयदेखि विदेशमा रहेका भाईको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाईसँगको आत्मीयता यसमा देखाइएको छ। भाईले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा , उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको वेदनालाई उजागर गर्छ , जसले वर्तमान सामाजिक संरचना र प्रवृत्तिलाई पनि औंल्याउँछ। यस फिल्मका निर्देशक जोयस पाण्डे नेपाली चलचित्र उद्योगमा अग्रणी नाम हुन् , जसले साँघुरो चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गरेका थिए। दशकपछि उनले तिहारको पारिवारिक र सांस्कृतिक सन्देशलाई म्युजिकल शैलीमा प्रस्तुत गर्दै रमाइलो तिहार निर्देशन गरेका छन्। म्युजिकल फिल्ममा ...
Image
‘ अग्निदहन ’ को ' दाइ दाइ नभन मलाई ' गीत सार्वजनिक (हेर्नुहोस् भिडियो) काठमाडौं: बोक्सीको अन्धविश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘ अग्निदहन ’ को ' दाइ दाइ नभन मलाई ' बोलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ। परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना रहेको छ।  धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी , प्रमिला तुलाचन , रमा त्रिपाठी , सनिशा भट्टराई , तुलसी क्षेत्री , सरला कुमारी पाण्डे , प्रसिना आचार्य लगायत रहेका छन्।  विवाहको सेटअपमा तयार परिएको ' दाइ दाइ नभन ' रत्यौली खेल्दै गाइने झ्याउरे पाराको गीत रहेको छ। भिडियोमा पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको यस रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ। जसलाई ' लुठो ' बन्ने भन्ने गरिन्छ। भिडियोमा रमा त्रिपाठी लूठो बनेकी छन्। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘ अग्निदहन ’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक यो फिल्म आगामी २२ नोभेम्बर (मंसिर ७ गते) रिलिज हुँदैछ। ...
Image
एमआई एण्ड बीका डीजी (एनईजेड)ले आईपीआर विभाग , सिक्किमकी सचिवसित गरे भेट प्रेस क्लब अफ् सिक्किम , पीआईबी र आकाशवाणीको भ्रमण गरे गान्तोक: भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयमा पूर्वोत्तर क्षेत्रका महानिर्देशक के सतीश नम्बुदिरीपादले आज गान्तोकमा पत्र सूचना कार्यालय (पीआईबी) को प्रचार एवं मिडिया आउटरिच गतिविधिहरूको समीक्षा गरे। उनले आकाशवाणीको पनि भ्रमण गरे , जहाँ उनले राज्यमा चलिरहेका प्रचार कार्यक्रमहरूको मूल्यांकन गरे। यसभन्दा अघि नम्बुदिरीपादले सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आलेसँग भेट गरे। आफ्नो भ्रमणको क्रममा सरकारी योजनाहरूको उचित प्रचारप्रसार र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई मजबुत बनाउने विषयमा विचार आदानप्रदान गरियो। नम्बुदिरीपादले सामाजिक सञ्जालको माध्यमबाट दैनिक समाचार र वृत्तचित्रको संग्रहको लागि आईपीआर विभागको पहलको प्रशंसा गर्दै यस सम्बन्धमा आफ्नो सहयोगको आश्वासन दिए। मिडिया सहयोगलाई मजबुत बनाउनका लागि नम्बुदिरीपादले प्रेस क्लब अफ् सिक्किममा स्थानीय मिडिया प्रतिनिधिहरूसँग बैठक गरे। यो भेटमा उनले सरकारी एजेन्सी र स्थानीय सञ्चारमाध्यमबीचको स...
Image
  दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव समापन शोक , भोक अनि लोकको ट्रेङ्गुलर व्यालेनसले लेखिन्छ भने त्यो साहित्य बाँच्ने छः कुलपती हार्तम्छाली गान्तोक: परी प्रकाशन सोरेङको तत्त्वाधानमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यि महोत्सव-२०२४ को आज दोस्रो अनि समापन कार्यक्रम गान्तोकको मनन केन्द्रमा सम्पन्न भयो। कार्यक्रमको सभा अध्यक्षको रूपमा , नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारादमणी हार्तम्छालीको उपस्थिति थियो।कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको   उपस्थिति रह्यो। उनका साथमा पूर्व विधायक श्रीमती कृष्णकुमारी राई , सिक्किमलगायत भारत अनि नेपालका गणमान्य व्यक्तित्वहरूको उपस्थितिथि रहेको थियो। परी प्रकाशनका अध्यक्ष सी पी शर्माले आफ्नो स्वागत सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सोरेङ जिल्लामा निर्माणाधीन टाउन हल चाडै पूरा हुनेछ त्यसपछि परी प्रकाशनको कार्यक्रम सोरेङमा नै गरिनेछ भनी जानकारी गराए। उनले नेपाल अनि भारतका अतिथिहरूलाई स्वगत गर्दै प्रेक्षगृहमा उपस्थित सम्पूर्णलाई स्वागत गरे। परी प्रकाशनले प्रकाशित...
Image
  ‘रेन’ टी टी लामा ‘नमस्तेश्री’ पुरस्कारले सम्मानित खरसाङ: कयौं आर्थिक विपन्न बालबालिकाहरूलाई शिक्षाको क्षेत्रमा गतिलै सहयोग पुर्याउँदै आइरहेका   खरसाङका वरिष्ठ सामाजसेवक टी टी लामा आज ‘नमस्तेश्री पुरस्कार’ले सम्मानित बनेका छन्l बालबालिकाहरूलाई उज्ज्वल भविष्यको मार्गमा डोर्याउने टी टी लामा आज बालबालिकाहरूकै निम्ति राखिएको कार्यक्रम ‘लौ नाँचौं’ नृत्य प्रतियोगितामा सम्मानित भएका हुन्l दार्जीलिङ पहाडी भेकको लोकप्रिय टीभी च्यानल नमस्ते खरसाङ च्यानलले समाज विकास निम्ति निस्वार्थ भावले काम गर्दै आइरहेका विशिष्ट व्यक्तिहरूलाई ‘नमस्तेश्री पुरस्कार’ले सम्मान जनाउँदै आइरहेको छl यसभन्दा अघि गत महिना २९ सेप्टेम्बरमा खरसाङका पुराना फूटबल खेलाडी मोहन योन्जनलाई यो पुरस्कारले सम्मानित गरिसकेको छl समाज विकासमा विशेष योगदान दिँदै आइरहेका टी टी लामालाई आज नमस्ते खरसाङ च्यानलले आज सम्मान जनाएको होl उनलाई धर्मगुरु पेम्बा रिम्पोछे, अधिवक्ता रमेश अग्रवाल, खरसाङ सब-डिभिजनल स्पोर्ट्स एसोसिएसन (केएसएसए)का पदाधिकारीहरू फूर्बा तामाङ, बसन्त सिंह, एस बी सुनवारको बाहुलीबाट नेपाली टोपी, अंगवस्त्र पहिर्याएर ...
Image
  ' लौ नाँचौ ' नृत्य प्रतोयोगिता: नृत्यबाटै समाजलाई आहवान ‘सेभ गर्ल चाइल्ड’ विजेता:  वाङ्देन तामाङ प्रथम उपविजेता: आराधना प्रधान दोस्रो उपविजेता: निवाङ तामाङ खरसाङ: बालबालिका सशक्तिकरणलाई प्रमुखता दिँदै दार्जीलिङ पहाडी भेकको लोकप्रिय टीभी च्यानल नमस्ते खरसाङ च्यानलले आज १५ वर्षसम्मका बालबालिकाहरूका लागि नृत्य प्रतियोगिता ‘लौ नाँचौं’ आयोजना गर्योl यस प्रतियोगीतामा बालबालिकाहरूले खुलेर आफ्नो प्रतिभा प्रदर्शन गरेl नृत्यकै क्रममा सन्त अगस्टिन स्कूलकी कक्षा ७ की बालिका लोवर चैतेपानी सिपाहीधुरा निवासी वैष्णवी सिंहले ‘सेभ गर्ल चाइल्ड’को ब्यानर लिएर आफ्नो नृत्यबाट नै बालिकाहरूको सुरक्षा गर्न समाजलाई आहवान गरिन्l उनको यो आहवान हो वर्तमान समयको जल्दोबल्दो मुद्दाl                       हिजोदेखि खरसाङको क्याम्ब्रिज इङ्गलिश स्कूलको हलमा शुरु भएको यस प्रतियोगितामा २० जना   बालबालिकाहरूले भाग लिएका थिएl आज   प्रतियोगिताको फाइनल राउण्ड थियोl यस प्रतियोगितामा भोटे बस्ती, सिपाहीधुरा निवासी ९ वर्षीय वाङ्देन तामाङले विजयी भ...
Image
पवन चामलिङ ` विश्व शिखर साहित्य अभिनन्दन ´ ले सम्मानित गान्तोक: काठमाडौंमा   सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङलाई विश्व शिखर साहित्य अभिनन्दनले सम्मानित गरिएको छ। आजदेखि दुई दिवसीय तेस्रो वृहत् साहित्यिक सम्मेलन आरम्भ भएको कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी ओलीको बाहुलीबाट पूर्व मुख्यमन्त्री चामलिङलाई उक्त सम्मान प्रदान गरिएको एसडीएफले जारी गरेको प्रेस बयानमा उल्लेख छ। कार्यक्रममा नेपालका प्रधानमन्त्री   के पी ओली मुख्यअतिथिका रूपमा उपस्थित रहेका थिए यस सम्मेलनमा प्रसिद्ध एवम् वरिष्ठ साहित्यकार वैरागी काईलालगायत विश्वभरीका प्रतिष्ठित साहित्यिक व्यक्तित्व तथा साहित्य अनुरागीहरूले उपस्थिति जनाएको छ।   विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित यस ऐतिहासिक कार्यक्रममा एसडीएफका अध्यक्ष एवं साहित्यकार पवन चामलिङ विश्व शिखर साहित्य अभिनन्दनले सम्मानित भएका छन्। प्रधानमन्त्री   ओलीले उनलाई विश्व शिखर साहित्य अभिनन्दन पुरस्कार प्रदान   गरे।
Image
  १३१औँ जन्म जयन्तीमा सिक्किमका ११औँ छोग्याल सर टासी नामग्यालको प्रतिमा अनावरण गान्तोक: सिक्किमका ११औं छोग्याल   सर टासी नामग्यालको १३१औँ जन्म जयन्तीमा उनीद्वारा स्थापित टासी नामग्याल हायर सेकेण्डरी स्कूल (टीएनएसएसएस) को परिसरमा अर्धकद् प्रतिमा स्थापना गरेर अनावरण गरेर उनलाई श्रद्धार्पण गरिएको छ। कार्यक्रममा सिक्किम सरकारका पीएचई तथा धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने पाठशालाका पूर्व विद्यार्थीसमेत रहेका शहरी विकास तथा आवास   मन्त्री अरुण उप्रेती ,   शिक्षा मन्त्री राजु बस्नेत , मुख्यमन्त्रीका सल्लाहकार केएन लेप्चा र राजाकी नातिनी तथा राजकुमारी होप लिजुम नामग्याललगायत भूतपूर्व विद्यार्थी तथा सिक्किम सरकारका पूर्व मन्त्री विधायक सरकारी उच्च पदाधिकारीगणको बाक्लो उपस्थिति रहेको थियो।  कार्यक्रममा पूर्वराजाको शालिकको उद्घाटन गरिए पछि भूतपूर्व विद्यार्थीहरूको सम्मिलनको कार्यक्रम रहेको थियो।   राजा तथा विद्यालयका संस्थापक टासी नामग्यालको १३१ औँ जन्मजयन्तीका अवसरमा (टीएनएसएसए) को पूर्व विद्यार्थी संगठन टिनाइट्सले शालिक उद्घाटन तथा ...
Image
सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङ नेपालमा पद्मश्री साधना सम्मान २०८० ले सम्मानित नेपालले विश्वभरिका नेपालीहरूको भाषा , साहित्य , संस्कृतिको वैश्विक समीट गर्नुपर्छः पवन चामलिङ गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)का अध्यक्ष पवन चामलिङलाई नेपालको प्रतिष्ठित पद्मश्री साधना सम्मानले सम्मानित गरिएको छ। साहित्य , संस्कृति एवं समाजसेवाको क्षेत्रमा दीर्घ सेवा गरेबापत् नेपालको प्रतिष्ठित खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान-२०६२ , रत्ननगर , चितवनले सिक्किमका पूर्व मुख्यमन्त्री , सिक्किम डेमोक्रेटिक फ्रण्ट अध्यक्ष एवं निर्माण प्रकाशनका संस्थापक पवन चामलिङलाई वर्ष २०८० को प्रतिष्ठित ` पद्मश्री साधना सम्मान ’ – ले विभूषित गरेको छ। २२ अक्टोबरको दिन काठमाण्डौंमा लब्धप्रतिष्ठ बौद्धिक , साहित्य-संस्कृतिकर्मी एवं प्राज्ञहरूको उपस्थितिमा चामलिङलाई उक्त पुरस्कार एवं सम्मानले विभूषित गरिएको हो। पुरस्कारस्वरूप प्रशंसा पत्र , पुष्पहार साथै नगद रु०   ३ लाख रुपियाँ प्रदान गरिएको थियो। यसका साथै वरिष्ठ लेखक एवं समालोचक प्रा. कृष्ण गौतमलाई ` पद्मश्री स...
Image
चर्चामा पूर्णबहादुरको सारङ्गीको ट्रेलर (भिडियोसहित) काठमाडौं: चलचित्र ‘ पूर्णबहादुरको सारङ्गी ’ को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ। तिहारको लामो बिदा पारेर ३१ अक्टोबर (कात्तिक १५ गते) रिलिज हुने गन्धर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन्। चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आआफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ। यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। पुर्ख्यौली पेशा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ , माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन् , समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘ पूर्णबहादुरको सारङ्गी ’ ले भन्ने संकेत ट्रेलरले देखाएको छ। हजुरबाबाट बाबुमा सरेको सारङ्गीको जिम्मेवारी छोराले धान्छ या धान्दैन मूल कथ...