‘रेन’ टी टी लामा ‘नमस्तेश्री’ पुरस्कारले सम्मानित
खरसाङ: कयौं आर्थिक विपन्न बालबालिकाहरूलाई शिक्षाको क्षेत्रमा गतिलै सहयोग पुर्याउँदै आइरहेका खरसाङका वरिष्ठ सामाजसेवक टी टी लामा आज ‘नमस्तेश्री पुरस्कार’ले सम्मानित बनेका छन्l बालबालिकाहरूलाई उज्ज्वल भविष्यको मार्गमा डोर्याउने टी टी लामा आज बालबालिकाहरूकै निम्ति राखिएको कार्यक्रम ‘लौ नाँचौं’ नृत्य प्रतियोगितामा सम्मानित भएका हुन्l दार्जीलिङ पहाडी भेकको लोकप्रिय टीभी च्यानल नमस्ते खरसाङ च्यानलले समाज विकास निम्ति निस्वार्थ भावले काम गर्दै आइरहेका विशिष्ट व्यक्तिहरूलाई ‘नमस्तेश्री पुरस्कार’ले सम्मान जनाउँदै आइरहेको छl यसभन्दा अघि गत महिना २९ सेप्टेम्बरमा खरसाङका पुराना फूटबल खेलाडी मोहन योन्जनलाई यो पुरस्कारले सम्मानित गरिसकेको छl समाज विकासमा विशेष योगदान दिँदै आइरहेका टी टी लामालाई आज नमस्ते खरसाङ च्यानलले आज सम्मान जनाएको होl उनलाई धर्मगुरु पेम्बा रिम्पोछे, अधिवक्ता रमेश अग्रवाल, खरसाङ सब-डिभिजनल स्पोर्ट्स एसोसिएसन (केएसएसए)का पदाधिकारीहरू फूर्बा तामाङ, बसन्त सिंह, एस बी सुनवारको बाहुलीबाट नेपाली टोपी, अंगवस्त्र पहिर्याएर स्मृति चिन्ह, सम्मान पत्र र गुरु दक्षिणा प्रदान गरेर सम्मान जनाइयोl नमस्ते खरसाङका एमडी निर्मल गुरूङले टी टी लामालाई गुरुको रुपमा सम्बोधन गर्दै उनले गरेका कार्यहरूबारे जानकारी दिएl उनको बारेमा संक्षिप्तमा पार्श्वबाट उद्घोषिका सबिना गिरीले जानकारी दिइन्l निस्वार्थ सामाजिक कार्य गरेका कारणले टी टी लामालाई लेप्चा समुदायले लेप्चा भाषामा ‘रेन’ भद्र मानिस अनि अंग्रेजीमा ‘जेन्टलम्यान’को उपाधिले सम्मानित गरिसकेको छl
‘म’ ‘मेरो’ भन्ने शब्दबाट टेण्डुप छिरिङ लामा धेरैमाथि उठेका छन् र यसैले ‘हामी’ र ‘हाम्रो’ भन्नेमा विश्वास गर्छन्। यस्तो सामूहिक विचारधारामा विश्वास गर्ने खरसाङ क्षेत्रमा समाजसेवकका रूपमा परिचित उनी टी टी लामा नामले चिनिन्छन्। पारम्परिक शिक्षाबाट निस्किएर वर्त्तमान समयअनुसार शिक्षालाई आधुनिक ढाँचामा हाल्नुपर्छ भन्ने पक्षमा छन् उनी। मैले यस्तो गरेको छु उस्तो गरेको छु भनेर हल्ला पिट्दैनन्। उनले गर्ने र गरिरहेका सेवाकार्यहरू खरसाङमा प्राय जस्ता सबैको आँखासोझी देखिएको छ। टी टी लामा जोशिला, जाँगरिला अनि सामाजिक चिन्तनशील व्यक्ति हुन्। यस हिमाली भेकका लागि उनी साथै उनका अनुभवहरूलाई प्रयोगमा ल्याउने हो भने सृजनात्मक विकासका लागि प्रभावकारी हुनेछ। ब्रिटिश सेनामा रहँदा उनले थुप्रै विषयहरूमा प्रशिक्षण हासिल गरेर धेरै अनुभवहरू बटुलेका छन्। ब्रिटिश सेनामा ट्राफिक अपरेटर कोर्स (रोयल कोर्स अव् ट्रान्सपोर्ट) रेल मूभमेण्ट ट्रेनिङ, एयर ट्राफिक पोर्टेबिलिटी (हवाईजहाजको ट्राफिक व्यवस्था) सेफ्टी अफिसर, फायर अफिसरको ट्रेनिङ गरेका हुन्। यसबारेमा व्यावहारिक रूपमा काम गरेका छन्। ब्रिटिश सेनामा उनी आर्मी ट्रेनिङ अफिसर र मेकानिकल ट्रान्सपोर्ट अफिसर पनि थिए। सेनामा उनले ब्रिटिश अफिसरहरूलाई नेपाली अनि गोर्खाहरूलाई अंग्रेजी पढाउँथे।
दार्जीलिङदेखि करीब १३ किलोमीटर टाडो घूमभञ्ज्याङमा १ जुलाई, १९४८ मा जन्मिएका टी टी लामा स्व. छेडुप लामा र स्व. रत्नदेवी लामाका छोरा हुन्। उनका बाबु पुबुङ जुनियर बेसिक स्कूलका हेडमास्टर थिए। घूम बोइज् हाई स्कूलबाट स्कूल फाइनल पास गरेपछि दार्जीलिङ सरकारी महाविद्यालयमा विज्ञान लिएर पढ्दा पढ्दै उनी ब्रिटिश सेनामा भर्ती भएर गएका हुन्। शिक्षाको क्षेत्रमा यता खरसाङमा मात्र नभएर उनले कालेबुङका दुर्गम गाउँहरू बियोङ, पेचोक, डाब्लिङ, सामसिङ, सिद्दिम, कोबुङ, प्रिमताम, समथारजस्ता ठाउँहरूमा धेरै नै महत्त्वपूर्ण कार्यहरू गरेका छन्।
पोडकास्ट ‘गुराँस’मा इक्ला सुब्बा र क्यान्डल क्वीन स्मिता राईको रोचक कुराकानी (तलको लिंक क्लिक गर्नुहोस्) खरसाङ: मोमबत्तीलाई सुन्दर आकर्षक रुप दिने सिक्किमकी क्यान्डल क्वीन स्मिता राई अहिले सिक्किममा एक अग्रगामी महिला उद्यमी हुन्l उनको नेतृत्वमा संचालन भइरहेको नाम्ची डिजाइनर क्यान्डल देशका विभिन्न भागहरूमा निक्कै प्रचलित छl नाम्ची डिजाइनर क्यान्डल सिक्किममा आत्मनिर्भरता र महिला सशक्तिकरणको विशेष उदाहरण बनेको छl स्मिता राईले रेस्टुरेन्टको व्यवसायमा पनि तीन वटा कोशेढुङ्गा खडा गरिसकेकी छिन्l उनी सफल उद्यमी महिला भएकी हुनाले उनको कार्य प्रणाली र शैली सीबीएससीको १२ कक्षाको पाठ्यक्रम ‘बिजनेस स्टडिज- पार्ट वान’मा समावेश गरिएको छl सिक्किमबाट शुरु गरिएको पोडकास्ट ‘गुराँस’ मा इक्ला सुब्बाले यिनै महिला उद्यमी स्मिता राईसित खुबै रोचक साथै नयाँ पुस्तालाई प्रोत्साहन, उर्जा र मार्गदर्शन प्राप्त हुने कुराकानी गरेकी छिन्l महिला सशक्तिकरणलाई प्रमुखता दिएर स्थापित गरिएको ‘गुराँस’ अनलाइन महिला पत्रिका होl महिलाहरूसित सम्बन्धित विभिन्न विषय र समस्याहरूलाई ‘गुराँस’ ले प...
.jpg)
Comments
Post a Comment