‘रेन’ टी टी लामा ‘नमस्तेश्री’ पुरस्कारले सम्मानित
खरसाङ: कयौं आर्थिक विपन्न बालबालिकाहरूलाई शिक्षाको क्षेत्रमा गतिलै सहयोग पुर्याउँदै आइरहेका खरसाङका वरिष्ठ सामाजसेवक टी टी लामा आज ‘नमस्तेश्री पुरस्कार’ले सम्मानित बनेका छन्l बालबालिकाहरूलाई उज्ज्वल भविष्यको मार्गमा डोर्याउने टी टी लामा आज बालबालिकाहरूकै निम्ति राखिएको कार्यक्रम ‘लौ नाँचौं’ नृत्य प्रतियोगितामा सम्मानित भएका हुन्l दार्जीलिङ पहाडी भेकको लोकप्रिय टीभी च्यानल नमस्ते खरसाङ च्यानलले समाज विकास निम्ति निस्वार्थ भावले काम गर्दै आइरहेका विशिष्ट व्यक्तिहरूलाई ‘नमस्तेश्री पुरस्कार’ले सम्मान जनाउँदै आइरहेको छl यसभन्दा अघि गत महिना २९ सेप्टेम्बरमा खरसाङका पुराना फूटबल खेलाडी मोहन योन्जनलाई यो पुरस्कारले सम्मानित गरिसकेको छl समाज विकासमा विशेष योगदान दिँदै आइरहेका टी टी लामालाई आज नमस्ते खरसाङ च्यानलले आज सम्मान जनाएको होl उनलाई धर्मगुरु पेम्बा रिम्पोछे, अधिवक्ता रमेश अग्रवाल, खरसाङ सब-डिभिजनल स्पोर्ट्स एसोसिएसन (केएसएसए)का पदाधिकारीहरू फूर्बा तामाङ, बसन्त सिंह, एस बी सुनवारको बाहुलीबाट नेपाली टोपी, अंगवस्त्र पहिर्याएर स्मृति चिन्ह, सम्मान पत्र र गुरु दक्षिणा प्रदान गरेर सम्मान जनाइयोl नमस्ते खरसाङका एमडी निर्मल गुरूङले टी टी लामालाई गुरुको रुपमा सम्बोधन गर्दै उनले गरेका कार्यहरूबारे जानकारी दिएl उनको बारेमा संक्षिप्तमा पार्श्वबाट उद्घोषिका सबिना गिरीले जानकारी दिइन्l निस्वार्थ सामाजिक कार्य गरेका कारणले टी टी लामालाई लेप्चा समुदायले लेप्चा भाषामा ‘रेन’ भद्र मानिस अनि अंग्रेजीमा ‘जेन्टलम्यान’को उपाधिले सम्मानित गरिसकेको छl
‘म’ ‘मेरो’ भन्ने शब्दबाट टेण्डुप छिरिङ लामा धेरैमाथि उठेका छन् र यसैले ‘हामी’ र ‘हाम्रो’ भन्नेमा विश्वास गर्छन्। यस्तो सामूहिक विचारधारामा विश्वास गर्ने खरसाङ क्षेत्रमा समाजसेवकका रूपमा परिचित उनी टी टी लामा नामले चिनिन्छन्। पारम्परिक शिक्षाबाट निस्किएर वर्त्तमान समयअनुसार शिक्षालाई आधुनिक ढाँचामा हाल्नुपर्छ भन्ने पक्षमा छन् उनी। मैले यस्तो गरेको छु उस्तो गरेको छु भनेर हल्ला पिट्दैनन्। उनले गर्ने र गरिरहेका सेवाकार्यहरू खरसाङमा प्राय जस्ता सबैको आँखासोझी देखिएको छ। टी टी लामा जोशिला, जाँगरिला अनि सामाजिक चिन्तनशील व्यक्ति हुन्। यस हिमाली भेकका लागि उनी साथै उनका अनुभवहरूलाई प्रयोगमा ल्याउने हो भने सृजनात्मक विकासका लागि प्रभावकारी हुनेछ। ब्रिटिश सेनामा रहँदा उनले थुप्रै विषयहरूमा प्रशिक्षण हासिल गरेर धेरै अनुभवहरू बटुलेका छन्। ब्रिटिश सेनामा ट्राफिक अपरेटर कोर्स (रोयल कोर्स अव् ट्रान्सपोर्ट) रेल मूभमेण्ट ट्रेनिङ, एयर ट्राफिक पोर्टेबिलिटी (हवाईजहाजको ट्राफिक व्यवस्था) सेफ्टी अफिसर, फायर अफिसरको ट्रेनिङ गरेका हुन्। यसबारेमा व्यावहारिक रूपमा काम गरेका छन्। ब्रिटिश सेनामा उनी आर्मी ट्रेनिङ अफिसर र मेकानिकल ट्रान्सपोर्ट अफिसर पनि थिए। सेनामा उनले ब्रिटिश अफिसरहरूलाई नेपाली अनि गोर्खाहरूलाई अंग्रेजी पढाउँथे।
दार्जीलिङदेखि करीब १३ किलोमीटर टाडो घूमभञ्ज्याङमा १ जुलाई, १९४८ मा जन्मिएका टी टी लामा स्व. छेडुप लामा र स्व. रत्नदेवी लामाका छोरा हुन्। उनका बाबु पुबुङ जुनियर बेसिक स्कूलका हेडमास्टर थिए। घूम बोइज् हाई स्कूलबाट स्कूल फाइनल पास गरेपछि दार्जीलिङ सरकारी महाविद्यालयमा विज्ञान लिएर पढ्दा पढ्दै उनी ब्रिटिश सेनामा भर्ती भएर गएका हुन्। शिक्षाको क्षेत्रमा यता खरसाङमा मात्र नभएर उनले कालेबुङका दुर्गम गाउँहरू बियोङ, पेचोक, डाब्लिङ, सामसिङ, सिद्दिम, कोबुङ, प्रिमताम, समथारजस्ता ठाउँहरूमा धेरै नै महत्त्वपूर्ण कार्यहरू गरेका छन्।
गजबका सूर्यमणि: संस्कृति संरक्षण गर्न घरैमा बनाए संग्राहलय सञ्जय प्रधान- ‘रक रक एनी बडी रक, सासु भन्छे बुहारी...सिङमाङमा राखेको कसले खायो घीऊ...’ बच्चा बेलामा निक्कै सुनेको यो गीत सूर्यमणि प्रधानको ‘सुसीता संग्रहालय’मा सिङमाङ देख्दा झल्झल्ती सम्झना आयोl केही काम विशेषले दार्जीलिङको हरिदास हट्टा स्थित उनको घरमा गएको थिएँl केही सामाजिक, प्रतिष्ठित व्यक्तिहरूका बारेमा कुरा हुँदाहुँदै सुर्यमणि प्रधानले भने, ‘अहिले माथिल्लो तलामा म तपाईंलाई केही देखाउँछु हैl’ उनले यति भने पछि मेरो सबै ध्यान माथिल्लो तलामा नै केन्द्रित हुन थाल्योl माथिल्लो तलामा के रहेछ भन्ने बारेमा मभित्र कौतुहल जाग्न थाल्यो, अनि मन भित्र छटपटी हुन थाल्योl केही बेरमै उनले मलाई माथिल्लो तलामा लगेl माथिल्लो तलाको छतमा छुट्टै रुपमा राम्रो गुणस्तरको छानाले बनाइएका घरको मूल दैलोमा लेखिएको ‘सुसीता संग्राहलय’ देख्दा अलिक उदेक लाग्यो ‘घरमा संग्राहलय?’ मनमा प्रश्न उप्ज्योl भित्र पसेर हेर्दा चकित परेl कारण त्यहाँ सिङ्गो नेपाली संसार देखेl मेरो आँखा सिङमाङमा पर्दा उही गीत ‘सिङमाङमा राखेको कसले खायो घ...
Comments
Post a Comment