१३१औँ जन्म जयन्तीमा सिक्किमका ११औँ छोग्याल सर टासी नामग्यालको प्रतिमा अनावरण
गान्तोक: सिक्किमका ११औं छोग्याल सर टासी नामग्यालको १३१औँ जन्म जयन्तीमा उनीद्वारा स्थापित टासी नामग्याल हायर सेकेण्डरी स्कूल (टीएनएसएसएस) को परिसरमा अर्धकद् प्रतिमा स्थापना गरेर अनावरण गरेर उनलाई श्रद्धार्पण गरिएको छ। कार्यक्रममा सिक्किम सरकारका पीएचई तथा धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने पाठशालाका पूर्व विद्यार्थीसमेत रहेका शहरी विकास तथा आवास मन्त्री अरुण उप्रेती, शिक्षा मन्त्री राजु बस्नेत, मुख्यमन्त्रीका सल्लाहकार केएन लेप्चा र राजाकी नातिनी तथा राजकुमारी होप लिजुम नामग्याललगायत भूतपूर्व विद्यार्थी तथा सिक्किम सरकारका पूर्व मन्त्री विधायक सरकारी उच्च पदाधिकारीगणको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्वराजाको शालिकको
उद्घाटन गरिए पछि भूतपूर्व विद्यार्थीहरूको सम्मिलनको कार्यक्रम रहेको थियो। राजा तथा विद्यालयका संस्थापक टासी नामग्यालको
१३१ औँ जन्मजयन्तीका अवसरमा (टीएनएसएसए) को पूर्व विद्यार्थी संगठन टिनाइट्सले
शालिक उद्घाटन तथा विद्यार्थी भेलाको आयोजना गरेको थियो। विद्यालय स्थापना गर्ने
राजाको सम्झनामा यो शालिक स्थापना गरिएको हो भने मूर्ति राजस्थानमा संगमरमरबाट
बनेको छ। उक्त मूर्ति स्थापनाले विद्यालयको नामलाई अर्थ दिनेछ। टासी नामग्याल २६
अक्टोबर १८९३ मा जन्मिएका थिए भने उनको निधन
२ दिसम्बर १९६३ मा भएको थियो। उनी सन् १९१४ देखि १९६३ सम्म सिक्किमका शासक
छोग्याल थिए। उनी थुटोब नामग्यालका छोरा
थिए भने सिक्किमका पहिलो स्वतन्त्र राजा
रहेको मानिन्छ।
Comments
Post a Comment