एमआई एण्ड बीका डीजी (एनईजेड)ले आईपीआर विभाग, सिक्किमकी सचिवसित गरे भेट
प्रेस क्लब अफ् सिक्किम, पीआईबी र
आकाशवाणीको भ्रमण गरे
गान्तोक: भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयमा पूर्वोत्तर क्षेत्रका महानिर्देशक के सतीश नम्बुदिरीपादले आज गान्तोकमा पत्र सूचना कार्यालय (पीआईबी) को प्रचार एवं मिडिया आउटरिच गतिविधिहरूको समीक्षा गरे। उनले आकाशवाणीको पनि भ्रमण गरे, जहाँ उनले राज्यमा चलिरहेका प्रचार कार्यक्रमहरूको मूल्यांकन गरे। यसभन्दा अघि नम्बुदिरीपादले सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आलेसँग भेट गरे। आफ्नो भ्रमणको क्रममा सरकारी योजनाहरूको उचित प्रचारप्रसार र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई मजबुत बनाउने विषयमा विचार आदानप्रदान गरियो। नम्बुदिरीपादले सामाजिक सञ्जालको माध्यमबाट दैनिक समाचार र वृत्तचित्रको संग्रहको लागि आईपीआर विभागको पहलको प्रशंसा गर्दै यस सम्बन्धमा आफ्नो सहयोगको आश्वासन दिए।
मिडिया सहयोगलाई मजबुत बनाउनका लागि नम्बुदिरीपादले प्रेस क्लब अफ् सिक्किममा स्थानीय मिडिया प्रतिनिधिहरूसँग बैठक गरे। यो भेटमा उनले सरकारी एजेन्सी र स्थानीय सञ्चारमाध्यमबीचको सहयोग बढ़ाउने, सरकारी नीति तथा कार्यक्रमको प्रभावकारी प्रचारप्रसारका लागि रणनीतिमाथि चर्चा गरे। प्रेस क्लब अफ् सिक्किमका महासचिव डिल्लीराम दुलालले केही मुद्दाहरूसँग सम्बन्धित एक ज्ञापनपत्र पेश गरे।
नम्बुदिरीपादले यसलाई उचित समाधानका लागि मन्त्रालयसमक्ष उठाउने आश्वासन दिए। यसभन्दा अघि, आफ्नो भ्रमणको एक हिस्साको रूपमा नम्बुदिरीपादले पाकिममा भारतीय कृषि अनुसन्धान परिषद- राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र (आईसीएआर-एनआरसीओ) को भ्रमण गरे।
Comments
Post a Comment