पवन चामलिङ `विश्व शिखर साहित्य अभिनन्दन´ले सम्मानित

गान्तोक: काठमाडौंमा  सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङलाई विश्व शिखर साहित्य अभिनन्दनले सम्मानित गरिएको छ। आजदेखि दुई दिवसीय तेस्रो वृहत् साहित्यिक सम्मेलन आरम्भ भएको कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी ओलीको बाहुलीबाट पूर्व मुख्यमन्त्री चामलिङलाई उक्त सम्मान प्रदान गरिएको एसडीएफले जारी गरेको प्रेस बयानमा उल्लेख छ। कार्यक्रममा नेपालका प्रधानमन्त्री  के पी ओली मुख्यअतिथिका रूपमा उपस्थित रहेका थिए यस सम्मेलनमा प्रसिद्ध एवम् वरिष्ठ साहित्यकार वैरागी काईलालगायत विश्वभरीका प्रतिष्ठित साहित्यिक व्यक्तित्व तथा साहित्य अनुरागीहरूले उपस्थिति जनाएको छ।  विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित यस ऐतिहासिक कार्यक्रममा एसडीएफका अध्यक्ष एवं साहित्यकार पवन चामलिङ विश्व शिखर साहित्य अभिनन्दनले सम्मानित भएका छन्। प्रधानमन्त्री  ओलीले उनलाई विश्व शिखर साहित्य अभिनन्दन पुरस्कार प्रदान  गरे।

Comments

Popular posts from this blog