'लौ नाँचौ' नृत्य प्रतोयोगिता: नृत्यबाटै समाजलाई आहवान ‘सेभ गर्ल चाइल्ड’

  • विजेता:  वाङ्देन तामाङ
  • प्रथम उपविजेता: आराधना प्रधान
  • दोस्रो उपविजेता: निवाङ तामाङ

खरसाङ: बालबालिका सशक्तिकरणलाई प्रमुखता दिँदै दार्जीलिङ पहाडी भेकको लोकप्रिय टीभी च्यानल नमस्ते खरसाङ च्यानलले आज १५ वर्षसम्मका बालबालिकाहरूका लागि नृत्य प्रतियोगिता ‘लौ नाँचौं’ आयोजना गर्योl यस प्रतियोगीतामा बालबालिकाहरूले खुलेर आफ्नो प्रतिभा प्रदर्शन गरेl नृत्यकै क्रममा सन्त अगस्टिन स्कूलकी कक्षा ७ की बालिका लोवर चैतेपानी सिपाहीधुरा निवासी वैष्णवी सिंहले ‘सेभ गर्ल चाइल्ड’को ब्यानर लिएर आफ्नो नृत्यबाट नै बालिकाहरूको सुरक्षा गर्न समाजलाई आहवान गरिन्l उनको यो आहवान हो वर्तमान समयको जल्दोबल्दो मुद्दाl  

          

हिजोदेखि खरसाङको क्याम्ब्रिज इङ्गलिश स्कूलको हलमा शुरु भएको यस प्रतियोगितामा २० जना  बालबालिकाहरूले भाग लिएका थिएl आज  प्रतियोगिताको फाइनल राउण्ड थियोl यस प्रतियोगितामा भोटे बस्ती, सिपाहीधुरा निवासी ९ वर्षीय वाङ्देन तामाङले विजयी भएर १० हजार रुपियाँको पुरस्कारका साथमा आकर्षक ट्रफी जितेका छन्l प्रतियोगितामा प्रथम उपविजेता कालेबुङको बडा भालुखोप निवासी १३ वर्षिया आराधना प्रधानले ५ हजार रुपियाँको पुरस्कारका साथमा आकर्षक ट्रफी प्राप्त गरिन् भने घैयाबारी निवासी निवाङ तामाङले दोस्रो उपविजेता बनेर ३ हजार रुपियाँको पुरस्कारक साथमा आकर्षक ट्रफी प्राप्त गरेl टप टेनमा आएका प्रतियोगीहरूलाई स्मृति चिन्ह प्रदान गरियोl यसमा निर्णायकहरू अशोक थापा, अरुणा छेत्री, जमुना शर्मा र सिलभेस्टर लेप्चा थिएl कार्यक्रमको संचालन सुपरिचित उदघोषिका सबिना गिरी र दिव्यतम अधिकारीले गरेका थिएl सबै प्रतियोगीहरूलाई विशिष्टहरू अधिवक्ता रमेश अग्रवाल, समाजसेवी टी टी लामा, केएसएसका प्रतिनिधीहरू बसन्त, सिंह, एस बी सुनवार, र निर्णायक अशोक थापा, सिल्भेस्टर लेप्चाको बहुलीबाट पुरस्कार प्रदान गरियोl

बालबालिकाहरूमा भएका प्रतिभालाई उजागर अनि प्रवर्धन गर्न नमस्ते खरसाङ च्यानलले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छl ‘लौ नाँचौं’ नृत्य प्रतियोगिता पनि बालबालिका सशक्तिकरणकै उदेश्य लिएर आयोजना गरिएको थियोl  बालबालिकाहरूलाई आन्तरिक भयबाट मुक्त बनाएर उनीहरूमा आत्मविश्वास पैदा गराउनु मुख्य उदेश्य रहेको  नमस्ते खरसाङका एमडी निर्मल गुरुङले बताएका छन्l कार्यक्रममा उपस्थित रहेका धर्मगुरु पेम्बा रिम्पोछेले यस्तो प्रतियोगिताले बालबालिकाहरूलाई आत्मविश्वासी बनाउन सक्ने बताएl उनले सहयोग राशी नमस्ते खरसाङका एमडी निर्मल गुरुङलाई प्रदान गरेl नमस्ते खरसाङले यस भन्दा अघि पनि गत महिना २९ सेप्टेम्बरमा किड्स फेशन शोआयोजना गरेको थियोl नमस्ते खरसाङको यसप्रकारको कार्यक्रमले बालबालिकाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच प्राप्त भएको छ भने उनीहरूले मंचमा खडा भएर ठूलै समूहलाई सामना गर्नसक्ने अवसर पाएका छन्l    

 

Comments

Popular posts from this blog