दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव समापन

शोक,भोक अनि लोकको ट्रेङ्गुलर व्यालेनसले लेखिन्छ भने त्यो साहित्य बाँच्ने छः कुलपती हार्तम्छाली

गान्तोक: परी प्रकाशन सोरेङको तत्त्वाधानमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यि महोत्सव-२०२४ को आज दोस्रो अनि समापन कार्यक्रम गान्तोकको मनन केन्द्रमा सम्पन्न भयो। कार्यक्रमको सभा अध्यक्षको रूपमा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारादमणी हार्तम्छालीको उपस्थिति थियो।कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको  उपस्थिति रह्यो। उनका साथमा पूर्व विधायक श्रीमती कृष्णकुमारी राई, सिक्किमलगायत भारत अनि नेपालका गणमान्य व्यक्तित्वहरूको उपस्थितिथि रहेको थियो।

परी प्रकाशनका अध्यक्ष सी पी शर्माले आफ्नो स्वागत सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सोरेङ जिल्लामा निर्माणाधीन टाउन हल चाडै पूरा हुनेछ त्यसपछि परी प्रकाशनको कार्यक्रम सोरेङमा नै गरिनेछ भनी जानकारी गराए। उनले नेपाल अनि भारतका अतिथिहरूलाई स्वगत गर्दै प्रेक्षगृहमा उपस्थित सम्पूर्णलाई स्वागत गरे। परी प्रकाशनले प्रकाशित गर्दै गरेको विभिन्न पत्रिका अनि पुस्तकबारे पनि जानकारी गराए। उनले सिक्किमका सम्पूर्ण साहित्यकाहरूको परिचयलाई समेटिएर निर्माण गरेको पुस्तक आज लोकार्पण भएको पुस्तकबारे बोल्दै, अब उसो कुनै पनि सर्जकका कृति सित्तैमा पाठककोमा नजावोस् भन्ने विचारले किनेर लिनेको लागि मात्र दिने जानकारी गराए। उनले थप रूपमा १ अक्टोबरको दिन किन परी प्रकाशनको कार्यक्रम गरिएको त भन्ने कुरालाई प्रष्ट गर्दै भने, ‘प्रत्येक वर्ष २ अक्टोबरको दिन गान्धीजयन्ती कार्यक्रम हुन्छ त्यसको अघिल्लो दिन परी प्रकाशनको स्थापना दिवस सबैलाई सम्झना रहोस् भन्ने विचारले १ अक्टोबरको दिन आयोजना गरिएको होl’ सिक्किमका सम्पूर्ण साहित्य संस्थाको आँकडा जान्नको निम्ति सजिलो होस् भनेर परी प्रकाशनले यसको पहल गरेको पनि जानकारी दिए।

त्यसपछि सामुहिक/ धमारी शैलीमा रहेको कविता प्रतियोगिता कार्यक्रममा पहिलो दोस्रो अनि तेस्रो हुने सोरेङ, सोमबारे अनि थर्पूका विद्यार्थीहरूको कविता वाचन प्रस्तुति रहेको थियो। महाविद्यालय स्तरका प्रतियोगिताको प्रथम कवि अविगेल राईले पनि कविता प्रस्तुती दिएकी थिइन्। कार्यक्रममा परी प्रकाशनद्वारा प्रकाशित विभिन्न सर्जकका पुस्तक लोकार्पण भयो। परी जर्नल भाग-४ अंक ३ पत्रिका लोकार्पण, सिक्किमेली साहित्य कोश, साथै नन्द हाङ्खिमद्वारा लिखित नाटक, चियाबारी साहित्य, कृति कुञ्ज भाग-१,,, कथाकार अर्जुन यावाद्वारा लिखित कथा संग्रह-अर्को  अनुहार, मुन्ना दुलालको कविता संग्रह-अन्तिम रात, खेम नारायण सुब्बाको कविता संग्रह-शहर पसेपछि, यसैगरी पोखरा नेपालका नाटककार रामचन्द्र पोख्रेलको नाटक संग्रह-नाटक विमर्श लोकार्पण, हरिष मोक्तानका अल्लरेका २ वटा कृति मनका अहुतीहरू अनि निर्झरा कथा संग्रह लोकार्पण, यसैगरी साहित्यका जी आर खुलालद्वारा लिखित कृति कविता र आख्यान संकलन कृति लोकार्पण, अभिचन्द्र दाहालकृत गीता ज्ञान र सामान्य ज्ञान पुस्तक लोकार्पण, थीरूप्रसाद नेपालकृत भारतीय नेपाली कहानी (अनुवाद) संग्रह लोकार्पण, हरिकुमार निरौलाकृत स्वेतास्वर उपनिषद् लोकार्पण, नवीन पौड्यालकृत चिन्तन समीक्षण लोकार्पण यसैगरी, पेम नर्बू शेर्पा ज्योतीको गीति एल्बम- मन सबैको चोखो भए लोकार्पण गरियो भने साथमा सुरेश सुब्बा, वियोगीको- हाम्रो सिक्किम गीति एल्बमको पनि विधिवत लोकार्पण भयो।

यसका साथै कवि प्रेमसिंह तामाङद्वारा लिखित कविता संग्रह "अन्यायले जन्माएका विद्रोहहरू" को लेप्चा भाषामा साम्तेन दोर्जी लेप्चाले अनुवाद गरेका कृतिको पनि लोकार्पण भयो। कार्यक्रममा अनुवादक साम्तेन दोर्जी लेप्चालाई प्रमुख संरक्षकको करकमलबाट माला लगाएर स्वागत गरे भने परी प्रकाशनद्वारा प्रमुख संरक्षक मुख्यमन्त्री  प्रेमसिंह तामाङलाई पनि अभिनन्दन गरियो। त्यसपछि नेपाल राष्ट्रका अतिथि कवि कृष्ण प्रसाईं अनि दिनेश अधिकारीले कविता पाठ गरेका थिए भने साथमा सोरेङ सिक्किमकी कवि सुश्री रञ्जना कार्कीले पनि कविता वाचन गरेकी थिइन्।

परी प्रकाशनद्वारा शुरु गरिएको परी पुरस्कार यस वर्ष दुई सर्जकलाई प्रदान गरियो। नारी सर्जक डा अनिता निरौलालाई कृति काश्यपका महाकाव्य अनि पुरुष सर्जक  भीम ठटाललाई कविता कृति अभिव्यक्तिको सत्ता-को निम्ति परी पुरस्कार प्रमुख संरक्षक मुख्यमन्त्री  प्रेमसिंह तामाङ साथै कार्यक्रमका अध्यक्ष कुलपति, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नारदमणी हार्तम्छालीको करकमलबाट प्रदान गरियो। दुवै सर्जक डा गीता निरौला अनि भीम ठटालको मुखारविन्दबाट पुरस्कृत व्यक्तिको मन्त्व्य रहेको थियो।

सिक्किमका ६ वटै जिल्लाका ४० भन्दा अधिक संघ-संस्थाहरूलाई अभिनन्दन गरियो

१) नेपाली साहित्य परिषद सिक्किम

२) सिक्किम अकादमी

३) डा शोभाकान्ति थेगिम मेमोरियल ट्रस्ट

४) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

५) अभियान साहित्य समिति

६) अलङ्करण प्रकाशन

७) कफी कविता

८) कला साहित्य संस्थान बिकमत खोर्लोङ

९) काव्याक्षर प्रकाशन

१०) जय निर्मला प्रकाशन

११) तुलसीराम शर्मा कश्याप संस्थान

१२) तुलसीदेवी स्मृति प्रतिष्ठान

१३) रविन सिक्किम साहित्य सम्मेलन

१४) नेपाली संस्कृति परिषद, नाम्ची

१५) नेपाली साहित्य सदन दरामदिन

१६) प्रतिभा मिलन, गान्तोक

१७) बसिबियालो साहित्य संस्थन

१८) बाल दर्पण, गान्तोक,

१९) बियड युवा साहित्य संस्था

२०) भालेढुङ्गा साहित्यिक संस्था

२१) प्रतिभा मिलन साहित्यिक समाज गान्तोक

२२) भावतरण साहित्य समिति

२३) मिरमिरे साहित्य मञ्च

२४) ललित कला मञ्च सोमबारे

२५) संस्कृतिक मन्थन, रिनक

२६) साहित्य कला समाज, रिनक

२७) नेपाली साहित्य प्रकाशन, गान्तोक,

२८) सिक्किम गजल मञ्च

२९) प्रज्ञाप्रतिष्ठान, सिक्किम

३०) सिक्किम प्रतिभा प्रतिष्ठान, पाक्योङ

३१) सृजनात्मक वैचारिक मंच, रुमतेक

३२) स्फुरण साहित्यिक प्रकाशन समिति, मङ्गलबारे

३३) हाम्रो आमा साहित्य प्रकाशन, नाम्ची

३४) हाम्रो चिन्हारी

३५) हिन्दी साहित्यिक सिक्किम सेवा समिति

३६) रटन साहित्य अभियान, गान्तोक

३७) अम्बिका साहित्य प्रकाशन

३८) प्रतिभा मंच, रिनक

३९) अलङ्कार प्रकाशन, पिपले

४०) किनार प्रकाशन, गान्तोक

४१) चिया कविता, गान्तोक

४२) सृष्टि साहित्य, रिनोक

४३) विस्फोट साहित्य प्रकाशन, तादोङ

४५) नव प्रभात साहित्य प्रकाशन, रिन्चेनपोङ

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख संरक्षक मुख्यमन्त्री  प्रेमसिंह तामाङले परी प्रकाशनको चौथो स्थापना दिवसमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै भने पहिलो वर्ष सोरेङमा क्षेत्र स्तरीय कार्यक्रम रहेको, त्यसपछि वर्ष-२०२३ मा राज्यस्तरीय कार्यक्रम आयोजनामा सिक्किमका सम्पूर्ण सर्जकहरूलाई सम्मान गरिएको र यस वर्ष सम्पूर्ण साहित्यिक संघसंस्थाहरूलाई अभिनन्दन गर्ने अवसर परी प्रकाशनले प्रदान गरेको खुशी साझा गरे। साहित्य समाजको दर्पण हो भन्ने भनाइलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने हौसला दिए। परी संस्कारमा एकताको शक्ति प्रबल हुने, सामुहिकताको शक्ति प्रबल हुने बताए।

परी प्रकाशनद्वारा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय नेपाली साहित्य महोत्सव-२०२४ लाई सफलता तुल्याउन योगदान पुर्यासउने सम्पूर्णलाई परी प्रकाशनका प्रमुख संरक्षक मुख्यमन्त्री प्रेमसिंह तामाङले आभार व्यक्त गरे। मुख्यमन्त्री सिक्किम अपतन साहित्यबारे पनि विचार राखे। भाषा साहित्य र संस्कृतिको विकासमा सबैले एकभएर काम गर्न अनुरोध गरे। यसका साथै उनले विभिन्न विद्यालय अनि विश्व विद्यालयका परिवार साथै अन्य विभिन्न ठाउँबाट आएका साहित्यकारहरूमा पनि आभार व्यक्त गरे। कार्यक्रमका अध्यक्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले छोटोमा आफ्नो मन्तव्य राखे। उनले शरीर मरे पनि कृति बाँचिरहन्छ भन्दै साहित्य शोक, भोक अनि लोकको ट्रेङ्गुलर व्यालेनसले लेखिन्छ भने त्यो साहित्य बाँच्ने छ भनेर प्रष्ट पारे। उनले अझ तीन कन्टेनलाई विशेष रूपमा प्रष्ट गर्दै भने कि जन्माइँ, बँचाइ अनि मराइ साथै गाँस, बास र कपासको महत्वबारे विचार राखे।

उन अर्को महत्वपूर्ण विषय तीनवटा- प = पहिचान, प =पहल प = पहुँच साहित्यमा चाहिने महत्वपूर्ण विषयलाई मन्तव्यमा राखे। सिक्किममा यी माथिका तीन वटै कुरा पाएको खुशी व्यक्त गरे।  सिक्किम राज्यका समग्र संस्कृति अनि राजनीतिलाई एकै चोटी महत्त्वपूर्ण मानेर अघि लगेको खुशी व्यक्त गरे। 

उनले मन्तव्यको अन्तमा मानिसले जीवनमा, भावना बुद्धि अनि विवेकले काम गरे सबै कुरामा सफल हुने सुझाव राखे। पर्यवेक्षीय मन्तव्य प्रा. डा उदय छेत्रीले राखेका थिए। उनलाई पनि परी प्रकाशनका प्रमुख संरक्षक एवम् मुख्यमन्त्रीद्वारा अभिनन्दन गरियो। कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग गर्ने- पेम नर्बु शेर्पा, टीका ढुङ्गेल रटन, लक्ष्मी गुरुङ, गुमानसिह सुब्बा अनि विष्णु राणालाई पनि स्मृति चिन्हद्वारा सम्मानित गरियो। यसैगरि ड उदय छेत्रीले पर्यवेक्षकीय मन्तव्य राखेका थिए। अन्तमा धन्यवाद ज्ञापन प्रचार सचिव मन्दिरा रावतले राखेपछि कार्यक्रम समापन भयो।

Comments

Popular posts from this blog