Posts

Image
‘ अग्निदहन ’ यही शुक्रबारबाट दर्शकमाझ आउँदै काठमाडौं: फिल्म ‘ अग्निदहन ’ यही शुक्रबारबाट दर्शकमाझ आउँदैछ। समाजमा बोक्सी हुँदैन भन्ने थिममा निर्माण गरिएको यो फिल्मप्रति अहिले सबैको चासो छ। फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्याय आफ्नो फिल्म बोक्सी प्रथा उन्मुलनका लागि निर्माण गरिएको बताउँछन्। ‘ हामीले व्यावसायिक लाभका लागि फिल्म निर्माण गरेका होइनौं। यो विशुद्ध सामाजिक सन्देश समाजमा फैलाउन निर्माण गरेका हौं ’, उनी भन्छन्। उनले आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै फिल्ममार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने भएकाले फिल्म निर्माण गरेको बताए। ‘ हामीले ‘ मान्छे बोक्सी हुन्न कहिल्यै ’ पुस्तक , ‘ अग्निदहन ’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त , सत्यराज आचार्य , स्वरुपराज आचार्य , प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौं। अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो फिल्म बनाएका हौं ’, उनले भने। उनले ‘ बोक्सी ’ का नाममा महिलामाथि कुटपिट गर्ने , मलमुत्र खुवाउने , जिउँदै जलाउन...
Image
म ‘ बोक्सी ’ हुँदैन भन्ने मान्यता राख्छु: प्रकाश घिमिरे काठमाडौं: कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन। दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘ अग्निदहन ’ मार्फत दर्शकमाझ आउँदैछन्। उनीसँग फिल्मसँग सम्बन्धित रहेर गरिएको कुराकानीः – अग्निदहनमा कसरी जोडिनुभयो ? म ‘ घामपानी ’ को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो। उहाँले हामी फिल्म बनाउँदैछौं , काम गर्नुपर्यो भन्नुभयो। म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें। पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो। सामाजिक विषयमा फिल्म बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ। म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो। पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन्। ट्रेलर हेर्दा तपाईं ‘ बोक्सी हुँदैन ’ भन्ने मान्यता राख्नुहुन्छ। वास्तविकतामा तपाईंको मान्यता त्यही हो ? किन ? म ‘ बोक्सी ’ हुँदैन भन्ने मान्यता राख्छु। मानिसमा मानसिक रोग हुन्छ। त्यो रोगलाई चिन्न नसकेर ‘ बोक्सी ’ अथवा अरु नै नाम राख...
Image
  बाल अधिकार: जनजागरणको आवश्यकता सञ्जय प्रधान- वर्षमा एक दिन १४ नोभेम्बरमा बाल दिवस पालन गरिन्छ , विभिन्न कार्यक्रमहरू आयोजना गरेर बालबालिकाहरूलाई रमाइलो गराइन्छ l तर समाजको आधा भन्दा बढी भाग अझ पनि बाल अधिकार बारेमा भने उस्तो जागरुक छैनन् l कति त यस्ता पनि भेटिन्छन् बालबालिकाहरूको अधिकार बारेमा चर्चा गर्दा एक क्षण अकमक्क पर्छन् l जागरूक नभएका कारणले गर्दा नै आज कयौं बालबालिकाहरुले सुरक्षित , शिक्षित , स्वस्थ जीवन जिउन पाएका छैनन्। कयौं बालबालिकाहरुले आफ्नो बाल अधिकार गुमाएर कोही बाल श्रमिकको जीवन जीउन बाध्य भएका छन् , कोही यौन शोषणको शिकार हुन्छन् , कोही राम्रो जीवन जिउन नपाउँदा गलत मार्गमा प्रवेश गर्छन् , कोही विभिन्न कारणले गर्दा अकाल मृत्युको मुखमा पर्छन्। बालबालिकाहरु भनेको समाजको असल भविष्य निर्माण गर्ने बलिया घडेरी हुन्। यसै कारण अभिभावकहरू लगायत समाजका हरेक वर्ग बाल अधिकारबारे जागरुक हुनु आवश्यक छ। हरेक वर्ष २० नोभेम्बरलाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा पालन गरिन्छ l बालबालिकाहरू समाजका भविष्य हुन् l यस वर्ष अन्तर्राष्ट्रिय ‘ बाल अधिकार दिवस २०२४ ’- को थीम रहेक...
Image
एनआईटी सिक्किमद्वारा ७औँ दीक्षान्त समारोह पालन कार्यक्रममा सिक्किमका राज्यपाल मुख्य अतिथिको रूपमा सहभागी गान्तोक: नेशनल इन्स्टिच्युट अफ् टेक्नोलोजी सिक्किमले आज आफ्नो सातौँ दीक्षान्त समारोहको आयोजना गर्यो , बुद्ध पार्क , राभाङ्लामा धेरै विशिष्ट अतिथिहरूको उपस्थितिमा पालन गरेको छ। कार्यक्रममा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिको रूपमा उपस्थित थिए भने आसाम विश्वविद्यालयका कुलपति रिटायर्ड एयर फिल्ड मार्शल अरुप राहाले विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।  समारोहको अध्यक्षता रमेश कुमार सरावगी , बोर्ड अफ् गभर्नर्स , एनआईटी सिक्किमका अध्यक्षले गरेका थिए। ओम प्रकाश माथुरले भेलालाई सम्बोधन गर्दै नयाँ स्नातकहरूलाई नवप्रवर्तन , उद्यमशीलता र अनुसन्धानको भावनाका साथ विक्षित भारत २०४७ मा योगदान दिन प्रेरित गरे। उनले आफ्नो विश्वासलाई कायम राख्न आत्म-विश्वास , अखण्डता र साहसको महत्त्वलाई जोड दिए। प्रतिष्ठानका निर्देशक प्रोफेसर महेशचन्द्र गोभिलले गत वर्षको प्रगति र आगामी तीन चार वर्षभित्र खामदोङको डुङडुङमा स्थायी क्याम्पस बनाउने प्रत्याशित लगायत भावी योजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए...
Image
सर्वश्रेष्ठ वेब सिरिज पुरस्कार: सिनेमाको विकास यात्राको स्मृतिमा आईएफएफआईको पहल   आईएफएफआई २०२४ मा पुरस्कारको निम्ति पाँच वेब सिरिजले प्रतिस्पर्धा गर्ने आईएफएफआई २०२४ मा अत्यधिक सफलताका साथ परिवर्तन देख्न पाइने नयाँ दिल्ली: भारतको ५५औं अन्तरराष्ट्रिय फिल्म महोत्सवले (आईएफएफ) मनोरञ्जन उद्योगको विकास यात्रा अपनाउँदै सिनेमाको उत्कृष्टताको पर्व मनाउने आफ्नो परम्परा जारी राखेको छ। डिजिटल सामग्रीमा रचनात्मकताको लहरलाई मान्यता दिँदै ५४औं संस्करणमा शुरु गरिएको सर्वश्रेष्ठ वेब सिरिज (ओटीटी) पुरस्कार , ओटीटी प्लेटफर्ममा उत्कृष्ट कथा भन्ने गौरव प्रदान गर्ने एउटा परिवर्तनकारी उपलब्धि हो। यस वर्ष यो पुरस्कारले गति पक्रन थालेको छ र १० प्रमुख ओटीटी प्लेटफर्ममा प्रस्तुतिमा ४० प्रतिशतभन्दा धेरै वृद्धिका साथ बढी लोकप्रिय भइरहेको छ। यसले स्पष्ट रूपमा भारतको मनोरञ्जन परितन्त्रमा वेब आधारित सामग्रीको बढ्दो प्रमुखतालाई उजागर गर्दछ। यस वर्ष पाँच वेब शृङ्खलालाई तिनीहरूको कलात्मक प्रतिभा , कथा भन्ने कला , तकनिकी उत्कृष्टता अनि सांस्कृतिक प्रभावको निम्ति चयन गरियो। १.      ...
Image
आईबीएसडीद्वारा गान्तोकमा अन्तर्राष्ट्रिय जैव अर्थव्यवस्था सम्मेलनको क्रममा परम्परागत चिकित्सकहरूको बैठक आयोजना गान्तोक: सोसाइटी फर एथनोफार्माकोलजीको ११औँ अधिवेशन तथा जैव स्रोतहरूबाट जैव अर्थव्यवस्थाः विकसित भारतको लागि पूर्वोत्तरका पारम्परिक स्रोतहरूलाई प्रवद्धन गर्ने विषयमाथि अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन पारम्परिक चिकित्सकहरूको बैठक आयोजन गरियोl जसमा सिक्किम र अन्य भारतीय राज्यका ४० जना परम्परागत चिकित्सकहरूले जैव अर्थव्यवस्थाको विकासका लागि जैव स्रोत र पारम्परिक ज्ञानलाई बढ़ावा दिनुपर्ने आफ्नो विशेषज्ञता साझा गरे।  आईबीएसडीका निर्देशक प्रा. पुलक कुमार मुखर्जीले सोसाइटी फर अथनोफार्माकोलोजी , इण्डियाको सहयोगमा पूर्वोत्तर क्षेत्र (एनईआर) मा परम्परागत ज्ञान र जैव स्रोतहरूको दस्तावेजीकरणका लागि संस्थानको पहलमाथि प्रकाश पारे। उनले सोसाइटीबाट एसएफई-वार्षिक पुरस्कार प्राप्त गर्ने परम्परागत चिकित्सकहरूलाई पनि बधाई दिए। छत्तीसगढका पूर्व राज्यपाल शेखर दत्तले पारम्परिक चिकित्सकहरूको बैठक आयोजना गरेकोमा आईबीएसडी टोलीको प्रशंसा गर्नुका साथै परम्परागत ज्ञानको दस्तावेजीकरणको महत्त्वमाथि ...
Image
जैव स्रोतहरूबाट जैव अर्थव्यवस्थामा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन शुरु भयो गान्तोकमा ब्रिक-आईबीएसडी सम्मेलनमा भारत र विदेशबाट ४०० प्रतिनिधि सामेल भए गान्तोक: बायोटेक्नोलोजी रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट इन्स्टिट्युट (आईबीएसडी) बायोटेक्नोलोजी रिसर्च एण्ड इनोभेशन काउन्सिल (ब्रिक) ,   बायोटेक्नोलोजी विभाग , विज्ञान तथा प्रविधि मन्त्रालय , भारत सरकार अन्तर्गत उत्तर पूर्वी क्षेत्रको एक मात्र संस्थान हो , जो इम्फाल , मणिपु, गान्तोक , सिक्किम, आइजोल , मिजोरम, र शिलङ , मेघालयमा अवस्थित छ। संस्थानले भारत-बर्मा बायोडाइभर्सिटी हटस्पट अन्तर्गत पर्ने भारतीय क्षेत्रमा जैविक स्रोतहरूको वैज्ञानिक व्यवस्थापनको प्रमुख लक्ष्यका साथ क्षेत्रको सामाजिक-आर्थिक वृद्धिको लागि जैव-प्राविधिक हस्तक्षेपहरूको माध्यमद्वारा जैविक स्रोतहरूको विकास र तिनीहरूको दिगो प्रयोगमा काम गर्दछ। आईबीएसडीले पूर्वोत्तरको जैविक स्रोतहरूलाई बढावा दिन्छ र यस क्षेत्रमा उद्यमशीलता र स्टार्टअपहरूको विकासलाई उत्प्रेरित गर्न अनुसन्धान क्षेत्रहरूलाई जीविका उत्पादन र विभिन्न दृष्टिकोणबाट जैविक अर्थव्यवस्थालाई बढावा दिन्छ। आईब...